राष्ट्रिय पुरुष फुटबल प्रतियाेगिताको उपाधी पुलिस क्लबलाई

दाङ, माघ ७ । दाङमा गत माघ २ गतेदेखि सञ्चालन भएको २८ औं राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । शनिबार सम्पन्न भएको फाइनलमा नेपाल पुलिस क्लबको विभागीय टिमले उपाधि हात पारेको हो ।

 

घोराहीको भरतपुर मैदानमा भएको फाइनल खेलमा चीरपरिचित प्रतिष्पर्धी नेपाल आर्मीको विभागीय क्लव त्रिभुवन आर्मीलाई हराउँदै पुलिसले उपाधि हात पारेको हो । यस्तै फाइनल खेलमा पराजित भएसँगै त्रिभुवन आर्मी त्रिभुबन आर्मी क्लव दोस्रो भएको छ । निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि टाइब्रेकरमा पुगेर पुलिस विजयी भएको हो ।

 

पुलिसको तर्फबाट सुमन लामा, बुद्ध लामा, तेज तामाङ, निदेश राजवंशी र निरकुमार राईले गोल गरेका थिए । आर्मीका तर्फबाट जर्जप्रिन्स कार्की, हिरन्य मगर, विवेक बस्नेत र रुपेश केसीले गोल गरेका थिए । ट्राइबेक्ररमा त्रिभुवन आर्मी क्लवका खेलाडी राजिव गुरुङले गोल गर्न सकेनन् ।

 

त्यस्तै प्रतियोगितामा सशस्त्र प्रहरीको विभागीय टिम (एपिएफ) तेस्रो भएको छ । तेस्रो स्थानका लागि सुदुरपश्चिमाञ्चल क्षेत्रीय टिमसँग भएको खेलमा एपिएफ विजयी भएको हो ।

 

निर्धारित समयमा दुवै टिमले बराबर २÷२ दुई गोल गरेपछि उक्त खेल पनि टाइबेक्ररमा पुगेको थियो । टाइबेक्ररमा एफिएफका आशिष लामा, सन्तोष कटुवाल, मनबहादुर राना र सुमित आलेले गोल गरे पनि एपिएफकै दिपक खड्काको बललाई गोलकिपरले रोकिदिएका थिए ।

 

यसैबीच सुदुरपश्चिमाञ्चल क्षेत्रीय टिमका तर्फबाट पाँच खेलाडीहरू मध्ये राकेश हमाल, सुनिल दामी, कृष्ण कठायत, राजेन्द्र ठकुन्ना र मनिराम चौधरीले ट्राइबेक्ररको मौका पाए पनि कृष्ण कठायत र मनिराम चौधरीले गोल गर्न नसकेपछि सुदुरपश्चिमाञ्चलले हार ब्यहारेको हो ।



Your Comment

थप समाचार

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

  • 5 hours ago
सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

  • 5 hours ago
कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । 

माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

  • 5 hours ago
माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओली र माधव नेपालले तोकेको बरियता कुनै पनि हालतमा नमान्ने बताएका छन् ।


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

जीवनशैली

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

तपाईले हारवर्ड विश्वविद्यालयको नाम सुन्नु भएको छ, प्रिन्सटन विश्वविश्वविद्यालयको नाम सुन्नु भएको छ । तर कहिल्यै यो विश्वविद्यालयको अवधारण कहाँबाट आएको हो त्यो बारे भने धेरै जना अनविज्ञ छन् ।

विचित्र विश्व

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एजेन्सी । बंगलादेशमा विश्वको त्यस्ता मुस्लिम राष्ट्रहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता दिइएको छ । बंगलादेशमा टंगेल जिल्लामा रहेको सबैभन्दा पुरा बेश्यालय हो कन्दापारा बेश्यालय ।