प्रदेश नम्बर २ काे सपथ ग्रहण कार्यक्रममा उठेकाे भाषा विवाद यसरी हल गरियाे

जनकपुर, माघ ७ । प्रदेश नम्बर २ मा आज भएका प्रदेशसभा सदस्यकाे सपथ ग्रहण कार्यक्रममा भाषाकाे कारण केही समय विवादित भयाे ।

 

जनकपुरमा भएको सपथ ग्रहण कार्यक्रममा अाज पनि भाषाकाे विवाद देखिएको हो । प्रदेश सांसदहरुले आ–आफ्नो मातृभाषामा सपथ लिने बताएपछि धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी दीलिपकुमार चापागाईले आ–आफ्नो मातृभाषामा सपथ लिए पनि रेकर्डका लागि नेपाली भाषाको सपथ पत्रमा हस्ताक्षर गर्नुपर्ने बताएका थिए ।

 

त्यसपछि प्रदेश सांसदले होहल्ला गरेका थिए । प्रमुख जिल्ला अधिकारीको निर्णयलाई कोही स्वीकार गर्न तयार भएनन् । ‘रेकर्डमा मातृभाषाको सपथग्रहण राखिएन भने त्यो शपथग्रहण लिनुको केही अर्थ रहँदैन’, भन्दै प्रदेश सांसदहरुले त्यसलाई अस्वीकार गरेको प्रदेश सांसद योगेन्द्र राय यादवले जानकारी दिए ।

 

विवादका कारण केहीबेर सपथग्रहण कार्यक्रम प्रभावित भएको थियो, त्यसपछि प्रदेश प्रमुख रत्नेश्वर कायस्थले सांसदहरुले आ–आफ्नो मातृभाषामा लिएका सपथग्रहणलाई नै रेकर्डमा राख्न निर्देशन दिएपछि मात्र सांसदहरुले सपथग्रहण गरेका थिए ।

 

एक सय ७ जना सांसदमध्ये ४७ जनाले मैथिली, ११ जनाले हिन्दी, २५ जनाले भोजपुरी र २३ जनाले नेपाली भाषामा सपथग्रहण गरेको बताइएको छ । रौतहट, बारा, पर्साका सांसदहरुले भोजपुरी भाषामा सपथ लिएका थिए भने सर्लाहीदेखि सप्तरीसम्मका अधिकांश सांसदले मैथिली भाषामा लिएका थिए । पहाडी समुदायका सांसदले मात्र नेपाली भाषामा सपथ लिएको बताइएको छ ।

 

जेष्ठ सदस्य लगनलाल चौधरीले रत्नेश्वरलाल कायस्थबाट नेपाली भाषामा सपथ लिएपछि उनले अन्य सांसदलाई सपथ ग्रहण गराएका थिए । चौधरीले नेपालीमा सपथग्रहण गराउँदा अन्य सांसदले आ–आफ्नो मातृ भाषामा सपथ लिएका थिए ।

 

यद्यपि नेपाली भाषाबाहेक अन्य भाषामा सपथग्रहण गर्नुपर्दा प्रदेशसभा सचिवालयमा तीन दिन अघि नै जानकारी गराउनु पर्ने प्रदेशसभा निर्वाचनसम्बन्धी ऐनमा उल्लेख छ । तर, संसद नभएको हुनाले प्रदेश प्रमुख कायस्थले नै त्यसको निर्णय गरेर शपथ ग्रहण गराएका थिए ।



Your Comment

थप समाचार

संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

  • 8 minutes ago
संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

संयुक्त राष्ट्रसंघ । विगत सात वर्षदेखि द्वन्द्व जारी रहेको सिरियाको समस्या समाधानको लागि संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतले बिहीबार आग्रह गरेका छन् । 

पहिरोमा पुरिएका आठ शव निकालियो

  • 13 minutes ago
पहिरोमा पुरिएका आठ शव निकालियो

जाकार्ता । इन्डोनेसियाको जाभा प्रान्तमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका आठ व्यक्तिको शव उद्धारकताहरुले बाहिर निकालेका छन् । 

जनार्दन शर्मा ओली सरकारमा मन्त्रीको सूचीमा किन परेनन् ?

  • 22 minutes ago
जनार्दन शर्मा ओली सरकारमा मन्त्रीको सूचीमा किन परेनन् ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेको छ । मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेसँगै स्रोतका अनुसार रामबहादुर थापाले माओवादीबाट गर्ने


Loading...

भिडियो

hamropatro

नेपाल

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

नुवाकोट, फागुन ११ । यहाँका एक नागरिक जन्मनु भन्दा तीन वर्ष अघिनै चोरी मुद्दामा दोषी ठहरिएर जेल चलान भएका छन् ।

जीवनशैली

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

एजेन्सी । भन्छन् रुनु कमजोरीको प्रतिक हो । तर, अनुसन्धानकर्ता भन्छन् रुनु स्वास्थको लागि राम्रो हो । कहिले कामदेखि वाक्क लागेर, सुमुधुर सम्बन्ध टुट्दा तथा फिल्म हेरेर हामी रुने गर्छौ । आँखाबाट

विचित्र विश्व

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

वेइजिङ—चीनका एक ब्यक्ति पृथ्वीमा सबैभन्दा बढी उमेर बाँचेका ब्यक्तिका रुपमा चिनिन्छन् । आयुर्वेदिक चिकित्सक तथा मार्सल आर्टका खेलाडी लिचिङ युन सबैभन्दा लामो उमेर बाँच्ने मानिसका रुपमा परिचित छन् ।