भैरवी गाउँपालिकाका जनप्रतिनिधि भ्रमणमा, स्थानीयवासी चन्दा उठाउँदै सडक निर्माणमा

दैलेख । दैलेख जिल्लाको भैरवी गाउँपालिका–५ (साविकको भैरीकालिकाथुम–९ बाहाँचौर) का स्थानीयवासीले चन्दा उठाएर सडक निर्माण गरेका छन् । 

 

गाउँपालिकाको डाडाँमाडी बजारदेखि बाहाचौर जोड्ने सडकअन्तर्गत डोक्रासम्म गाउँपालिको बजेटमा सडक निर्माण भएको थियो । डोक्रादेखि बाहाँचौर जोड्ने सडकका लागि गाउँपालिकाले कुनै चासो नदेखाए पनि स्थानीयवासीले चन्दा उठाएरै सडक निर्माणको काम थालेका हुन् ।

 

स्थानीयवासी रामबहादुर विकका अनुसार १७ घरधुरीले रु. ८१ हजार उठाएर सडक निर्माण गरेका हुन् । उनीहरुले यसअघि पनि गाउँका प्रतिघरधुरी १०/१० हजार उठाएर सडक निर्माण गरेका थिए । स्थानीयवासी कृष्णप्रसाद जैसीका अनुसार हालसम्म स्थानीयवासीले दुई लाख ६६ हजारभन्दा बढी रकम चन्दा उठाएर सडक निर्माण गरेका हुन् । 

 

महिला अगुवा सरिता पौडेलका अनुसार डोक्रादेखि बाहाँचौर जोड्ने सडकका लागि गाउँपालिका र वडापालिकाले कुनै पनि चासो नदेखाएपछि स्थानीयवासीले चन्दा उठाएर सडक निर्माणको काम गरेको बताइन् । 

 

गाउँपालिकाभित्रका स्थानीयवासीले चन्दामार्फत सडक निर्माण गरिरहँदा भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बूढाको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी र पत्रकारसहित ३९ जनाको जम्बो टोली स्थानीय संरचना सञ्चालन तथा पशुपालनको विषयमा अध्ययन गर्ने भन्दै गाउँपालिकाको रु. १० लाखको बजेट छुट्याएर एकहप्ते भ्रमणमा निस्किएका हुन् । 

 

स्थानीय सरिता पौड्यालले भनिन्, 'भ्रमणमा खास किसान एक जना पनि गएका छैनन् । गाउँपालिकाभित्रका विभिन्न वडामा स्वास्थ चौकी नै छैन । भएका स्वास्थ्य चौकीमा जीवनजल छैन, धारामा पानी छैन, सडक छैन, बिजुली छैन, यस्तो अवस्थामा पनि गाउँपालिकाको सिंगो टोली १० लाख खर्च गरी भ्रमणमा निस्किएका छन् ।”

 

जनप्रतिनिधिमार्फत स्थानीयस्तरमा विकास हुने आशा गरेको भए पनि गाउँपालिकामा आएको बजेट भ्रमणमा खर्च गरेको भन्दै उनले आलोचना गरिन् । गाउँपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कर्मचारी, वडासदस्य, पत्रकारसहितको टोली भ्रमणमा निस्किएपछि गाउँपालिकाबाट प्रदान गरिने सेवा सुविधाहरु समेत प्रभावित भएको छ । 



Your Comment

थप समाचार

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

  • 2 hours ago
तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

महिलाको नाइटोमा लुकेको हुन्छ यस्ता राजहरु

  • 2 hours ago
महिलाको नाइटोमा लुकेको हुन्छ यस्ता राजहरु

एजेन्सी । महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको ।

वेस्ट मिडल्याण्डमा हाम्रो नेपाली समाजले मनायो नयां वर्ष

  • 2 hours ago
वेस्ट मिडल्याण्डमा हाम्रो नेपाली समाजले मनायो नयां वर्ष

लण्डन । हाम्रो नेपाली समाज वेस्ट मिडलण्डले हरेक वर्ष जस्तै यस वर्ष पनि एक कार्यक्रमका साथ नेपाली नयां वर्ष मनाएको छ ।


Loading...
The British College

भिडियो

hamropatro

जीवनशैली

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।