यस्ता छन् नेयमारबारे अजबगजब तथ्यहरु

  • बिहीबार, २६ असोज, २०७४
  • 3 months ago
  • खेल

एजेन्सी । यो वर्ष सर्वाधिक चर्चामा रहे ब्राजिलियन स्टार नेयमार । बार्सिलोनामा छदाँ लियोनल मेस्सीको ओझलमा परेको महसुस गरेका यी खेलाडीले अन्ततः बार्सिलोना छोड्ने निर्णय गरे । बार्सिलोनाले नेयमारको वाइ आउट क्लब २२२ मिलियन युरो राखेको थियो ।

 

फ्रेन्च क्लब पिएसजीले उक्त रकम तिर्न आफु तयार रहेको बताएपछि बार्सिलोना एकपटक झस्किएको थियो । तर, नेयमारले बार्सिलोना छोड्ने मनस्थिति बनाएपछि क्लबले उनलाई रोक्न चाहेन । लिग सिजन सुरुवात हुनुअघि नै वाइ–आउट क्लज तिर्दै पिएसजीले नेयमारलाई अनुबन्ध गर्यो । यो ट्रान्सफरसँगै उनी विश्वकै महँगा खेलाडी समेत भए । केही वर्ष पिएसजीले विश्वका उत्कृष्ट खेलाडीहरु आफ्नो क्लबमा अनुबन्ध गर्दै आइरहेको छ । यसको पछिल्लो उदाहरण हुन् नेयमार । युरोपका प्रतिष्ठित उपाधि जित्ने उसको लक्ष्य रहेको छ ।


विश्वकै महँगा खेलाडी नेयमारको सफलताको यात्रा


व्यवसायिक फुटबल खेलाडी नेयमार फरवार्ड लाइन वा विइगर दुवै स्थानबाट खेल्न सक्छन् । उनको पेश पनि उच्च रहेको छ । ब्राजिलको राष्ट्रिय टोली र हाल पिएसजी क्लबमा आवद्ध भएका उनलाई लालिगामा पनि राम्रै सफलता मिलेको थियो । सन् १९९२, ५ फ्रेबअरी, मोगी डास क्रुजेज, साओ पाउलोमा जन्मिएका नेयमार युथ टिम पोर्चुगुइसा सानिस्टाबाट खेल्न सुरु गरे । उनको ट्यालेन्ट देखेर सान्टोस एफसीले उनलाई आफ्नो क्लबमा ल्याउने मनसाय बनायो । तर, केही समय पश्चात नेयमारको परिवार नै सान्तोस सर्ने निर्णय गर्यो । अन्ततः नेयमार सन्तोस क्लबमा आवद्ध भए ।


१४ वर्षको कलिलो उमेरमा नेयमारले रियल मड्रिडको भ्रमण गर्ने मौका पाए । रियलबाट उनी फुटबल खेल्न चाहन्थे । तर, उनलाई बोनसको अफर गरेपछि  सान्तोसमा नै रहने निर्णय गरे । उनले खेल्ने समय पनि अधिक पाउन थाले । यसले उनको खेल्ने शैलीलाई परिष्कृत गर्यो ।


मार्च ७, २००९ मा उनले ओस्टेविरुद्धको खेलमा डेब्यु गरे । उनी त्यतिखेर १७ वर्षका मात्र थिए । पहिलो सिजनमा उनलाई सबै गरेर ४८ वटा खेल खेल्ने मौका दिइयो ।


उनले उक्त सिजनको भरपुर उपयोग गर्दै क्लबका लागि १४ महत्वपुर्ण गोल गरे ।


सन् २०१० मा नेयमारको चर्चा तब चुलियो जब उनले १९ खेलमा १४ गोल गर्दै क्यामीपियोनेटो पोलिस्टा लिग उपाधि जिताउन महत्वपुर्ण भुमिका खेले ।


‘बेस्ट पर्फमेन्स’ दिएका कारण उनी त्यस सिजन लिगको उत्कृष्ट खेलाडीको उपाधि जित्न सफल रहे ।


त्यसपछि उनलाई किन्न विश्वका चर्चित र धनी क्लबहरु लागि नै परे । तर, सान्तोसले उनलाई रोकेर राख्यो । उनलाई दिने सेवा सुविधामा ५० प्रतिशत वृद्धि गरियो । युरोपियन क्लबले दिने सुविधा उनले पाउन थाले ।


सन् २०११ मा पनि उनले क्लबलाई क्यामीपियोनेटो पोलिस्टा लिग उपाधि जिताउन सफल रहे भने फिफा क्लब वल्र्डको फाइनलमा समेत पुर्याउन सफल रहे । सन् २०११ मा उनको योगदानको कदर गर्दै उनलाई ‘साउथ अमेरिकन फुटबल अफ द इयर अवार्ड’ बाट सम्मानित गरियो ।


सन् २०१२ मा पनि पुन सोही अवार्डबाट उनी सम्मानति भए ।


२० वर्षको उमेरमा उनले क्लबका लागि १०० गोल गरे । हाल उनी ब्राजिलका नम्बर वन खेलाडी भएको र उनको कला कौशल उत्कृष्ट खेलाडीहरुमध्ये रहेको फुटबल पण्डितहरुको बताए ।
सन् २०१७, जुन २७ मा उनले बार्सिलोना जाने निर्णय गरे । पाँच वर्षको सम्झौता गर्दै ५७ मिलियन युरोमा उनी बार्सिलोना गए । युरोपियन उपाधिका लागि खेल्ने उनको सपना पुरा भयो । बार्सिलोनामा उनले लियोनल मेस्सी, एद्री इनिएष्टा, जाभी हर्नानडेज, पिक्यु जस्ता विश्वकै उत्कृष्ट खेलाडीको साथ पाए ।


सन् २०१० मा अमेरिकाविरुद्धको खेलमा नियमारले राष्ट्रिय टोलीबाट डेब्यु गरे । पहिलो खेलमा नै उनलाई सफलता मिल्यो । उनले २८ औ मिनेटमा सानदार गोल गरे । उनी राष्ट्रिय टोलीमा लगातार पहिलो रोजाइको खेलाडी बन्न पुगे । सन् २०१२ मा भएको ओलम्पिक खेलमा उनले राष्ट्रिय टोलीबाट तीन गोल गर्दै सिल्भर मेडल जिताउन सफल रहे ।


सन् २०१३ मा भएको कन्फेडेरेशन कपमा उनीमाथि ठुलो दबाब रह्यो । तर, उनले आफ्नो जिम्मेवारी निकै राम्रोसँग बुझेका थिए । उनले उक्त कपमा चार गोल गरे । उनको खुसीको क्षण त्यतिखेर आयो जब उनले ‘गोल्डेन बल अवार्ड फर द बेस्ट प्लेयर’ को उपाधि जिते ।


आज उनी एक सफल खेलाडी बनिसकेका छन् । उनको अपेक्षा भनेको मेस्सी र रोनाल्डोले जितेको बेलोन डि’ओरको उपाधि जित्नु हो । बार्सिलोनामा रहँदा लियोनल मेस्सीको ओझेलमा परेको अनुभत गरेका उनले अन्तत पिएसजी जाने अन्तिम निर्णय गरे । उनले पिएसजीबाट अब कस्तो खेल प्रदर्शन गर्ने हुन् र उनको सफलताको उचाइ अझ कति माथि पुग्ने हो त्यो भने हेर्नै बाँकी रहेको छ ।

 



Your Comment

थप समाचार

एनआरएन सल्लाहकार डा. शर्मा र कोषाध्यक्ष थापालाई युथ इन्स्पाइरेसन अवार्ड

  • 3 hours ago
एनआरएन सल्लाहकार डा. शर्मा र कोषाध्यक्ष थापालाई युथ इन्स्पाइरेसन अवार्ड

लण्डन । गैरआवासीय नेपाली संघका सल्लाहकार डा. हेमराज शर्मा र कोषाध्यक्ष हिक्मत थापा युथ इन्स्पाइरेसन अवार्डले सम्मानित भएका छन ।

परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

  • 9 hours ago
परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

 काठमाडौँ, माघ २ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल कात्तिक-मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोस्रो वर्ष २०७३ आंशिकको संस

अब वाम गठबन्धनको नेतृत्वले संविधान परिष्कृत गर्दै लैजान्छ

  • 10 hours ago
अब वाम गठबन्धनको नेतृत्वले संविधान परिष्कृत गर्दै लैजान्छ

काठमाडौँ, माघ २ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वामपन्थीको नेतृत्वमा संविधानलाई परिष्कृत गर्दै लगिने बताएका छन् ।   अनेरास्ववियूद्वारा आयोजित दुईदिने


Loading...

भिडियो

hamropatro

नेपाल

परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

 काठमाडौँ, माघ २ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल कात्तिक-मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोस्रो वर्ष २०७३ आंशिकको संस्कृति, पत्रकारिता तथा आमसञ्चार र इतिहास विषयको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

जीवनशैली

हरेक रातमा ३ देखि ५ बजेको बीचमा निन्द्रा खुल्छ ? हुनसक्छ अन्जान शक्तिको यस्तो इशारा

हरेक रातमा ३ देखि ५ बजेको बीचमा निन्द्रा खुल्छ ? हुनसक्छ अन्जान शक्तिको यस्तो इशारा

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ ? चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ ।

विचित्र विश्व

पढ्ने खर्च जुटाउन भर्जिनिटी लिलाममा !

पढ्ने खर्च जुटाउन भर्जिनिटी लिलाममा !

एजेन्सी–राम्रो शिक्षा लिन आजकल जोकोही चाहान्छ । तर, पैसाको अभावमा मानिसले राम्रो शिक्षा लिनबाट बञ्चित हुने गरेको छ । राम्रो शिक्षा पाउनका लागि धेरै समस्याहरुको सामना गर्न पनि केही मानिसहरु पछि पर्दैनन् ।