भूकपीडितका नाममा एनजिओको मनपरी

कामका लागि नगद कार्यक्रम उपभोक्ता समिति र ठेकेदारको पोल्टामा

गोरखा, असोज २६ । दाताको पैसा सक्न कारितासले कामका लागि नगद  कार्यक्रम गलत ढङ्गले सञ्चालन गरेको गुनासो आएको छ ।

 

भूकम्पपीडित जनताको जिवनयापनमा सघाउँदै विकास निर्माणका काम गर्ने उदेश्यले क्याथोलिक रिलिफ सर्भिस (सिआरएस) सँगको साझेदारीमा कारितासले गोरखा नगरपालिका भित्र सञ्चालन गरेको अधिकाशं योजना ठेकेदार मार्फत गर्ने गरेको आरोप लागेको छ ।

 

‘कामका लागि नगद कार्यक्रमको निर्देशिकाले त जहाँ काम भएको छ त्यहिँका नागरिक मार्फत उक्त काम गर्नुपर्छ भन्ने छ, तर यहाँ त्यस्तो पाईएन’ उक्त कार्यक्रमलाई नजिकबाट नियालेका एक एनजिओकर्मीले नेपालीपत्र डटकम सँग नाम नबताउने शर्तमा भने ।

 

कामका लागि नगद कार्यक्रम सञ्चालन गर्दा उपभोक्ता समिति पनि आवश्यक नपर्ने कतिपयको तर्क छ ।‘यो अफ्ठेरोमा परेका जनतालाई पैसा दिने माध्यम हो,उक्त पैसा दिदैगर्दा केही काम पनि होस्, भन्ने उदेश्यले यो कार्यक्रम सञ्चालन गर्ने गरिन्छ’ ती एनजिओकर्मीले थपे ।

 

तर कारितासले समिति बनाएर काम गरेको, समितिमा ठेक्कापट्टा गर्नेको बाहुल्यता रहेकोले उक्त काम उपभोक्ता समिति हुँदै ठेकदारको पोल्टामा गएको उनको तर्क छ ।

 

सिआरएसको आर्थिक सहयोगमा कारितासले गोरखा नगरपालिका भित्र २५४ वटा योजनामा काम गर्नेगरी कुल ६ करोड रकम छुट्याएको छ ।

 

यो पहिलो चरणका लागि छुटिएको रकम हो । गत सप्टेम्बरसम्म उक्त रकम सक्ने समय सिमा निर्धारण गरिएको भएपनि हाल सम्म २३ वटा योजनाको मात्र काम सकिएको, ८ वटा योजनाको काम अन्तिम चरणमा पुगेको र बाँकीको सुरु गर्ने गर्ने तयारी भईरहेको कारितास नेपाल गोरखाका जिल्ला कार्यक्रम अधिकृत कमल श्रेष्ठले जानकारी दिए ।


जसअनुसार गोरखा नगरपालिकाको साबिकका १५ वडालाई आधार बनाएर प्रति वडा ४० लाख रकम बिनियोजन गरिएको छ ।


उक्त परियोजना अन्तर्गत खानेपानी, सडक, गोरेटोबाटो,ढल निकास तथा नाली निर्माण लगायतका शिर्षकमा काम भईरहेको छ ।

 

हाल काम भएका अधिकाशं शहर केन्द्रित क्षेत्रका योजनाहरुमा स्थानीय भुकम्प पिडित भन्दा उपभोक्ता समितिले ठेकेदारले मार्फत काम गरेको उनीहरु नै स्वीर्काछन् ।‘समितिले मलाई कामको जिम्मा दिएको छ, मैले मान्छे खोजेर काम गरेको छु’ उपभोक्ता समिति मार्फत काम गरेका एक ठेकदारले नाम नबताउने शर्तमा भने ।


समितिले नाइके बनाएर उसैको रोहवरमा काम लगाए पनि स्थानियकोे हाजिरी र नागरिकताको फोटोकपी मागेर कारितासको कार्यालयमा बुझाउने गरेको छ ।

 

यता कारितास नेपाल गोरखाका जिल्ला कार्यक्रम अधिकृत श्रेष्ठ भने अहिले उक्त समस्या समाधान भईसकेको दाबी गर्छन ।‘पहिले काम सुरु भएका केही योजनामा समस्या थियो, केही उपभोक्ता समितिको बदमाशी देखिएपछि हामीले करेक्सन ग¥यौं तर अहिले त्यस्तो छैन’ उनले भने । सुरुका ५ वटा योजनामा अन्यत्रबाट कामदारहरु ल्याएर काममा लगाइएको श्रेष्ठले स्वीकार गरेका छन ।


साबिकको गोरखा नगरपालिका वडा नम्बर १,२ र ३ को बजार केन्द्रित क्षेत्रमा कामका लागि नगदको मर्म पुरा गर्न गा¥हो भएको उनले बताए । त्यहाँका स्थानीयले योजना माग गरेको तर काममा भने चासो नराखेकोका कारण उपभोक्ता समितिले अन्य ठाउँका मानिस लगेर पनि काम गरेको हुन सक्ने श्रेष्ठको भनाई छ ।

 

‘सकेसम्म त्यहीँका मानिसले काम गर्नुभएको छ, केही स्किल म्यान पावर नपाएको ठाउँमा आसपासबाट खोजेर समितिले नै काम लगाएको हुन सक्छ’ उनले भने । सबै योजनामा काम गरेका कामदारहरुको नागरिकता, भुकम्प पिडित परिचय पत्र (सेतोकार्ड) को फोटोकपी र हाजिरको स्पष्ट लगत राखिएकाले अन्यत्रको मानिसले काममा आउन सक्ने संभावना कम रहेको कारितासको दाबी छ ।

 

तर कतिपय उपभोक्ता समितिले स्थानीयको नाममा कागजपत्र र हाजिर मिलाएर अन्यत्रबाट नै कामदार ल्याएर लगाएको स्थानीयको दाबी छ ।

 

स्थानीय तह निर्वाचन अघि नै पुर्ननिर्माण समिति र वडा नागरिक मञ्चको सिफारिसमा छलफल गरी योजना छनोट गरे पनि निर्वाचन पछि जनप्रतिनिधिहरुले छलफल गरेर कारितासलाई काम गर्ने स्वीकृती दिएका थिए ।


गोरखा नगरपालिकाको प्रमुख राजनराज पन्तले पनि कामका लागि नगदको मर्म अनुसार काम पुरा गर्न गा¥हो हुने बताए ।‘त्यहाँ भने अनुसार काम गर्ने हो भने त केही काम गर्न सकिदैन, हामीले व्यवहारिकता हेरर सके सम्म स्थानीयलाई काममा सहभागी गराउन जोड दिएका छौ’ नगरप्रमुख पन्तले भने ।

 

कारितासले कामका लागि नगद शीर्षकमा उपभोक्ता समिति मार्फत ठेकेदारबाट काम गरिएको भन्दै उक्त कार्यक्रमको एनजिओ-आएनजिओकर्मीहरुले समेत टिकाटिप्पणी गर्ने गरेका छन् ।

 



Your Comment

थप समाचार

७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

  • 10 hours ago
७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

काठमाडौं, कात्तिक ५ । पहिलो चरणमा ३२ जिल्लामा प्रदेशसभाका ७४ सिटमा हुने चुनावका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले निर्वाधन कार्यालयमा

आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

  • 10 hours ago
आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

काठमाडौं कात्तिक ५ । भक्तपुरको बोलकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा भाईटीकाको भोलिपल्ट पनि तामझाम र रौनक उस्तै थियो । अर्थात्, आइतबार दिउसो ।

प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

  • 11 hours ago
प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

काठमाडौं, कात्तिक ५ । गुन्डा नाइके दीपक मनाङेलाई मनाङबाट उम्मेदवार बनाउने नेकपा एमालेको निर्णयको चौतर्फी आलोचना भएपछि एमालेले मनाङेलाई उम्मेदवार नबनाउने भएको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

काठमाडौं, कात्तिक ५ । नयाँ बसपार्क नजिकै म्हैपीमा आइतबार बिहान गोली प्रहारबाट कल्याण गुरुङ घाइते भएका छन् । घटनापछि घाइतेलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

जीवनशैली

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

नुहाउदा हामीले अक्सर कयौं गल्तीहरु गरिरहेका हुन्छौं । जसले हाम्रो छाला र कपाललाई असर गर्नुका साथै कयोैं स्वास्थ्य समस्याहरुको कारण बन्न सक्छ ।