ट्रम्प र पुटिनको तस्वीर अंकित सुनको 'नोकिया ३३१०' मोबाईल बजारमा, मुल्य कति छ त ?

जमर्नीको ह्याम्बर्गमा गत जुलाई ७–८ सम्म भएको जि ट्वान्टी देशहरुको सम्मेलनको उपलक्ष्यमा रुसी कस्टम फोन डिजाइन कम्पनी क्याभियरले एक विशेष मोबाईल फोन निर्माण गरेको छ ।


रुसी कम्पनी क्याभियरले सुन र टाइटानियको केस रहेको 'नोकिया ३३१०' लञ्च गरेको हो । जसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको तस्वीर अंकित गरिएको छ ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको तस्वीर अंकित उक्त मोबाईल फोन सुन र टाइटानियमले बनाइएको छ ।


प्रख्यात मोबाईल कम्पनी नोकियाको सबैभन्दा सफल र लाेकप्रिय ब्रान्ड 'नोकिया ३३१०' को उक्त विशेष संस्करणको मोबाईल फोनको मुल्य २५ सय अमेरिकी डलर अर्थात नेपाली रुपैंया साँढे दुईलाख भन्दा धेरै राखिएको छ ।


यो मोबाईल फोन जी–२० सम्मेलनमा ट्रम्प र पुटिनको भेटवार्ताको प्रतिकको रुपमा बनाइएको कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो वेभसाइटमा अमेरिका र रुसको सुध्रदैँ गरेको सम्बन्धको प्रतिकको रुपमा यसलाई निमार्ण गरेर बजारमा ल्याएको जनाएको छ ।


यस भन्दा पहिला क्याभियरले पुटिनको गोल्ड प्लेटेड तस्वीर अंकित आईफोन पनि बनाएको थियो । -एजेन्सी



Your Comment

थप समाचार

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

  • 2 hours ago
तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

महिलाको नाइटोमा लुकेको हुन्छ यस्ता राजहरु

  • 2 hours ago
महिलाको नाइटोमा लुकेको हुन्छ यस्ता राजहरु

एजेन्सी । महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको ।

वेस्ट मिडल्याण्डमा हाम्रो नेपाली समाजले मनायो नयां वर्ष

  • 3 hours ago
वेस्ट मिडल्याण्डमा हाम्रो नेपाली समाजले मनायो नयां वर्ष

लण्डन । हाम्रो नेपाली समाज वेस्ट मिडलण्डले हरेक वर्ष जस्तै यस वर्ष पनि एक कार्यक्रमका साथ नेपाली नयां वर्ष मनाएको छ ।


Loading...
The British College

भिडियो

hamropatro

जीवनशैली

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।