उत्तर कोरियाको विषयमा बल्ल बोल्यो बेलायत

 

लण्डन (बेलायत), साउन । बेलायतले अहिलेको सङ्कट उत्तर कोरिया जिम्मेवार रूपमा प्रस्तुत नभएका कारण आएको जनाउदै लण्डनले प्योङयाङ र अमेरिकाबीच देखिएको सङ्कटको कुटनैतिक रूपमा समाधान चाहेको बताएको छ । 

बेलायती विदेशमन्त्री बोरिस जोनसनले ट्वीट गर्दै भनेका छन्, “उत्तर कोरियाली सत्तामा रहेका व्यक्ति अहिलेको समस्याको कारक हुन् र उनीहरूले नै यसको समाधान गर्नुपर्छ ।” 

अन्तर्राष्ट्रिय समुदायले उत्तर कोरियाद्वारा भएका उत्तेजित गतिविधि रोक्ने कुराको प्रत्याभूत गराउन काँधमा काँध मिलाएर अघि बढ्ने उनले बताए । 

हामी संयुक्त राज्य अमेरिका र यस क्षेत्रका हाम्रा साभेदार राष्ट्रसँग सङ्कटको कुटनैतिक समाधानमार्फत् अन्त्य गर्न हामीहरू लागिपरेका छौँ । 

क्षेत्रीय तनाव बढिरहेका बृला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ट्वीट् गर्दै अमेरिकी भूमी गुवाम सुरक्षित रहेको बताए । ट्रम्पले अमेरिकी सैनिक बल आफ्नो प्यासिफिक टापूमा हुनसक्ने उत्तर कोरियाली सम्भावित आक्रमणबाट सुरक्षाका लागि ‘तयार भई’ बसेको बताए । 

उत्तर कोरियाले आफ्ना ब्यालेस्टिक क्षेप्यास्त्रलाई जापानको पर्यटकीय क्षेत्रमाथि पनि आक्रमण गर्नसक्ने चेतावनी दिएको छ । प्योङ्याङ र वासिङटनबीच भनाभन चलिरहेका वेला मस्कोले उनीहरूको गतिविधिले आफूलाई निकै चिन्तित बनाएको मस्कोले बताएको छ। 

रसियाली विदेशमन्त्री सेर्गेइ लाभरोेभले युद्धको सम्भावनालाई ‘अति उच्च’ भन्दै संकटको समाधान गर्ने रसिया र चीनको संयुक्त योजना अघि सारेका छन् । 

केही दिन अघि अर्थात् यसै हप्ता ट्रम्पले प्योङयाङमाथि ‘आगो र आक्रोश बर्साउने’ धम्की दिए । 


तर आफू वार्ताका लागि सधैं तयार रहेको पनि उनले बताए । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले संकटको शान्तिपूर्ण समाधान खोज्ने भन्दै तनाव घटाउने प्रयास गरेको केही घण्टाभित्रै ट्रम्पले अर्को धम्की दिए । 

चिनियाँ राष्ट्रपति सि जिनपिङले अमेरिकी राष्ट्रपति ट्रम्पलाई शब्दको आडम्बरतालाई हटाउन भन्दै त्यस्ता अभिव्यक्तिले अवस्थालाई थप उत्तेजित बनाउने बताउनु भएको थियो । त्यसैगरी फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले ‘तनावको वृद्धि’ भएको भन्दै चेतावनी दिए । 



Your Comment

थप समाचार

७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

  • 10 hours ago
७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

काठमाडौं, कात्तिक ५ । पहिलो चरणमा ३२ जिल्लामा प्रदेशसभाका ७४ सिटमा हुने चुनावका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले निर्वाधन कार्यालयमा

आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

  • 10 hours ago
आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

काठमाडौं कात्तिक ५ । भक्तपुरको बोलकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा भाईटीकाको भोलिपल्ट पनि तामझाम र रौनक उस्तै थियो । अर्थात्, आइतबार दिउसो ।

प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

  • 11 hours ago
प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

काठमाडौं, कात्तिक ५ । गुन्डा नाइके दीपक मनाङेलाई मनाङबाट उम्मेदवार बनाउने नेकपा एमालेको निर्णयको चौतर्फी आलोचना भएपछि एमालेले मनाङेलाई उम्मेदवार नबनाउने भएको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

काठमाडौं, कात्तिक ५ । नयाँ बसपार्क नजिकै म्हैपीमा आइतबार बिहान गोली प्रहारबाट कल्याण गुरुङ घाइते भएका छन् । घटनापछि घाइतेलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

जीवनशैली

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

नुहाउदा हामीले अक्सर कयौं गल्तीहरु गरिरहेका हुन्छौं । जसले हाम्रो छाला र कपाललाई असर गर्नुका साथै कयोैं स्वास्थ्य समस्याहरुको कारण बन्न सक्छ ।