एनआरएन यूकेका उम्मेदवारहरुसंग साक्षात्कार गरिंदै

  • शनिबार, २८ साउन, २०७४
  • 4 months ago
  • युके

लण्डन । लण्डनस्थित एक्सप्रेस स्टुडियोले अगामी साता एनआरएनए युकेका उम्मेदवारहरुसंग साक्षात्कार गर्ने भएको छ ।

 

१८ अगस्टमा साउथ ह्यारोस्थित गोल्डेन सिप रेस्टुरेन्टमा बेलुकी ६ बजेदेखि ८ बजे सम्म साक्षात्कार कार्यक्रम गरिने स्टुडियोका संचालक बिरेन्द्र श्रेष्ठले जानकारी दिए ।

 

आगामी सेप्टेम्बर ९ मा हुन लागेको एनआरएनए युकेको अधिबेसन नजिकिदै गर्दा उम्मेद्वारी घोषणा गर्ने आकांक्षीहरु र एनआरएनए युकेमा संलग्न व्यक्तिहरुको बीचमा साक्षात्कार गर्न लागिएको हो ।

 

कार्यक्रममा अध्यक्ष , उपाध्यक्ष , महासचिव लगायत अन्य उमेद्वारहरुको एजेन्डा प्रस्तुत गराइने र प्रत्यासीहरु र उपस्थित व्यक्तिहरुमाझ प्रश्नउत्तर चलाइनेछ ।

 

साक्षात्कारको सहजीकरण र संचालन भने बेलायतका चर्चित पत्रकारहरु नबिन पोखरेल, नरेश कांगमांग राई र चिरन शर्माले गर्नेछन् ।

 

साक्षात्कार कार्यक्रमको बेलायत र नेपालका प्रमुख समाचारका समाजिक संजालबाट प्रत्यक्ष प्रशारण गरिने छ ।


हालसम्म अध्यक्षमा हिराधन राई , कृष्ण तिमिल्सेना , योग फगामीले उम्मेदवारी घोषणा गरिसकेका छन । यसैगरि उपाध्यक्षहरुका सुशिला राई ,ललित न्यौपाने , दिपक श्रेष्ठ , शेर सुनार , दयानीधि सापकोटा , पार्वती गुरुंग , डा.प्रेम आले , पुनम गुरुगंले उम्मेदवारी घोषणा गरेका छन् ।


महासचिवमा खुशी लिम्बु , कर्मा पहाडी शेर्पा , अर्जुन कटुवालले उम्मेदवारी घोषणा गरेका छन् भने कोषाध्यक्षमा सचिन श्रेष्ठ र शालिक सापकोटाले उम्मेदवारी घोषणा गरेका छन् ।


यसैगरी महिला संयोजकमा लिला सेलिंग माबो ले उम्मेदवारी घोषणा गरेकी छिन भने युवा संयोजकमा बिरेन्द्र श्रेष्ठ , राजन खकुरेल , सन्तोष गुरुगं र कुमार थापाले उम्मदेवारी घोषणा गरेका छन् ।



    Your Comment

    थप समाचार

     बेलायतका ग्रयाजुएट नेपाली उद्यमीहरुको वार्षिक सम्मेलन

    • 28 minutes ago
     बेलायतका ग्रयाजुएट नेपाली उद्यमीहरुको वार्षिक सम्मेलन

    लण्डन । बेलायतबाट डिग्री पूरा गरी विभिन्न उद्यममा लागेका नेपालीहरुको संस्था ग्रयाजुएट इन्टरप्रेनर्स नेप्लिज सोसाइटी (जेन्स) यूकेको वार्षिक सम्मेलन सम्पन्न भएको छ ।

    बे लिफ रेष्टुरेन्ट ब्रिटिश करी अवार्डको उत्कृष्ट चारमा

    • 43 minutes ago
    बे लिफ रेष्टुरेन्ट ब्रिटिश करी अवार्डको उत्कृष्ट चारमा

    लन्डन । बेलायतको वकिंगस्थित ग्रेसट भिलेजमा अवस्थित नेपालीद्वारा सञ्चालित इण्डियन रेष्टुरेन्ट द बे लिफ यस वर्ष ब्रिटिस करी अवार्डसको फाइनलिष्टमा पर्न सफल भएको छ ।

    वतानिया एयरवेज्ले सुरु गर्यो काठमाडौंदेखि कुवेतका लागि सिधा हवाई सेवा

    • 47 minutes ago
    वतानिया एयरवेज्ले सुरु गर्यो काठमाडौंदेखि कुवेतका लागि सिधा हवाई सेवा

    काठमाडौं, मंसिर २७ । कुवेतको निजी स्वामित्वमा रहेको वतानिया एयरवेजले डिसेम्बर १३ देखि त्रिभूवन अन्तरराष्ट्रिय विमान स्थलमा आफ्नो सेवा सञ्चालनमा ल्याउने भएको छ । सेवा सञ्चालन संगै वतानिया एयरवेज् कुवेत


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    अमेरिकामा एकै परिवारका ३ जना भुटानी शरणार्थीको मृत्यु

    अमेरिकामा एकै परिवारका ३ जना भुटानी शरणार्थीको मृत्यु

    काठमाडौँ, मंसिर २७ । अमेरिकामा नेपाली मूलका एक परिवारका तीन सदस्यको सडक दुर्घटनामा परी मृत्यु भएको छ । झापाको बेलडाँगी शरणार्थी शिविरबाट अमेरिका गएका थिए ।

    जीवनशैली

    अमेरिकामा रिपब्लिकनलाई ठूलो धक्का

    अमेरिकामा रिपब्लिकनलाई ठूलो धक्का

    बिबिसी । अमेरिकामा सत्तारुढ रिपब्लिकन पार्टीलाई निराश बनाउँदै डेमोक्र्याटिक पार्टीका एक जना नेता अलाबामा राज्यको सिनेट सदस्यमा निर्वाचित भएका छन्।