सरकारी निर्णयको चर्को विरोध भएपछि प्रधानमन्त्री सचिवालयले भन्योः टीकापुर घटनाका दोषीको मुद्धा फिर्ता हुँदैन

काठमाडौँ, जेठ ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयले कैलालीको टीकापुरलगायतका स्थानमा भएका घटनामा संलग्न जघन्य अपराधका दोषीहरुको मुद्दा फिर्ता नहुने स्पष्ट गरेको छ ।

 

सचिवालयले आज एक विज्ञप्ति प्रकाशित गर्दै जघन्य अपराधका घटनामा कुनै पनि मुद्दा फिर्ता नलिइएको र लिने अवस्था पनि नरहेको जनाएको छ ।

 

बिहीबारको मन्त्रिपरिषद् बैठकले तराई–मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रुपमा स्वीकार गर्ने निर्णय गरेको थियो ।

 

बैठकको निर्णयलाई लिएर सञ्चारमाध्यममा आएका समाचारबारे प्रतिक्रिया दिँदै प्रधानमन्त्री सचिवालयले जघन्य अपराधका दोषीको मुद्दा फिर्ता लिने सरकारी निर्णयसम्बन्धी प्रकाशित समाचारको खण्डन गरेको हो ।

 

मन्त्रिपरिषद्को बैठकले टीकापुरलगायतका हत्याका घटनामा संलग्न नभएका तर आशङ्का र पूर्वाग्रहकै आधारमा झुट्ठा मुद्दा लगाइएका व्यक्तिहरुका मुद्दा कानुनबमोजिम मिल्ने गरी फिर्ता गर्ने प्रक्रियाको गृहकार्य थाल्न कानुन मन्त्रालयको परामर्शमा गृह मन्त्रालयलाई निर्देशन दिएको थियो ।

 

दोस्रो चरणको स्थानीय तह निर्वाचनको वातावरण बनाउन सरकारले घटनामा असंलग्नहरुमाथि लगाएका झुट्ठा मुद्दा कानुनबमोजिम फिर्ताको प्रक्रिया थाल्ने निर्णय गरेको थियो । प्रधानमन्त्री सचिवालयले दोस्रो चरणको निर्वाचन बाँकी नै रहेकाले संयमित भएर निर्वाचनको तयारीमा जुट्नसमेत सबैमा अपिल गरेको छ ।



    Your Comment

    Related Post

    भूपू प्रहरीले भन्यो, ‘टीकापुर घटनाका दोषीलाई उन्मुक्ति दिन हुँदैन’

    • 7 months ago
    भूपू प्रहरीले भन्यो, ‘टीकापुर घटनाका दोषीलाई उन्मुक्ति दिन हुँदैन’

    बैतडी । छुट्टै थरुहट स्वायत्त प्रदेश माग गर्दै गरिएको आन्दोलनका क्रममा गत वर्ष भदौ ७ गते कैलालीको टीकापुर घटनाका दोषीलाई उन्मुक्ति नदिन भूपू प्रहरी सङ्गठनले सरकारसँग आग

    प्रधानमन्त्रीको सचिवालयले भन्यो, 'कैलाली घटनाका आरोपित रेशम चौधरीसँग प्रधानमन्त्रीको कुरा भएको छैन'

    • 8 months ago
    प्रधानमन्त्रीको सचिवालयले भन्यो, 'कैलाली घटनाका आरोपित रेशम चौधरीसँग प्रधानमन्त्रीको कुरा भएको छैन'

      काठमाडौँ-भारत भ्रमणका बेला प्रधानमन्त्री पुष्पकमल दाहालको एक कार्यक्रममा कैलाली घटनाका एक आरोपित रेशम चौधरी सहभागी भएको विषय

    टीकापुर घटनाका सबै मुद्दा फिर्ता, फेरी के गर्ला सर्वोच्चले ?

    • 1 week ago
    टीकापुर घटनाका सबै मुद्दा फिर्ता, फेरी के गर्ला सर्वोच्चले ?

    काठमाडौं । सरकारले थरुहट–मधेस आन्दोलनसँग सम्बन्धित सबै मुद्दा फिर्ता लिने निर्णय गरेको छ । 


    भिडियो


    Loading...
    hamropatro


    नेपाल

    राष्ट्रपतिको चियापानमा जे देखियो, हेर्नुहोस् ८ रोचक तस्वीरः

    राष्ट्रपतिको चियापानमा जे देखियो, हेर्नुहोस् ८ रोचक तस्वीरः

    काठमाडौँ, जेठ १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले दशौं गणतन्त्र दिवसका अवसरमा चियापान समारोहको आयोजना गरेकी छिन् ।

    जीवनशैली

    यो हो विश्वकै सबैभन्दा महँगो कार

    यो हो विश्वकै सबैभन्दा महँगो कार

    एजेन्सी–उक्त बलिस्टिक मिसाइल ४५० किलोमिटर उडेको र पुर्वी समुन्द्रमा खसेको थियो जुन पेनिसुला र जापानको बीचमा रहेको छ ।

    विचित्र विश्व

    विचित्र विचित्रका विवाहः कसैले कोब्रा सर्पसँग त कसैले आइफल टावरसँग गरे विवाह

    विचित्र विचित्रका विवाहः कसैले कोब्रा सर्पसँग त कसैले आइफल टावरसँग गरे विवाह

    संसारमा धेरै नै अजिव किसिमका मानिसहरु देख्न पाइन्छ । यस्ता अजिव किसिमका मानिसहरुले कहिलेकाँहि यस्ता अजिव हर्कतहरु गर्छन् कि त्यस्ता हर्कतहरु थाहा पाएर हामी अाश्चर्यचकित हुन्छाै ।