'ज्येष्ठ नागरिकलाई मर्यादित जीवनयापन गर्ने आबश्यक ब्यबस्था मिलाउनु पर्छ'

ज्येष्ठ नागरिकहरुलाइ शारीरिक सक्षमताका हिसाबले यथासक्य योग्य कार्यमा लगाउनु पर्ने छ । अहिले देखिएको अन्तरपुस्ता फरक कम गर्दे उनीहरुको हक , हित , सुबिधा तथा कल्याणका लागि अन्य सबै उपायहरु अवलम्ब्न्ँ गर्ने जरुरी छ । यसै सन्र्दभमा जेष्ठ नागरिक कोषका सभापति एवं सस्थापक अध्यक्ष रामकृष्ण कर्मार्चाय संग नेपाली पत्रका राधेश्याम तिमल्सिना (पुकार) ले गरेको कुराकानीः

 

ज्येष्ठ नागरिक कोषको उद्देश्य केहो ?

 

यो कोष नेपाल सरकार , महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय अन्र्तगत रहेको समाज कल्याण ऐन २०४६ को धारा १७ र समाज कल्याण परिषद कोष स्थापना र संचालन नियमावली २०५५ को चौथो संशोधन २०७२ बमोजिम स्थापना भएको हो । नेपालको संबिधान २०७२ भाग ३ धारा ४१ म ज्येष्ठ नागरिक सम्बन्धिहरु राज्यबाट बिशोष संरक्षण तथा सामाजिक हक उल्लेख भएको बमोजिम संबिधानको मर्म र भाबना अनुरुप ज्येष्ठ नागरिकको संरक्षण र सम्बद्र्धनका साथै सामाजिक सुरक्षाको ब्यबस्था गराउन यो कोषको स्थापना गरिएको हो ।

 

ज्येष्ठ नागरिकको संरक्षण र सम्बद्र्धनका लागि यो कोषले गरेका कार्यहरु के–के हुन ?

 

कोषले ललितपुरको बाडेगॉउमा स्थानियको अग्रसरमा र जर्मनीहरुको सहयोगमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको संचालनमा ल्याएको छ । सोही ठॉउमा बृद्ध आश्रमका लागी भबनहरु निर्माणको काम भइरहेको छ । यसका साथै बिश्वमा २६ औं र नेपालमा प्रथम अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस समाज कल्याण मंत्रालयको नेतृत्वमा मनाएको छ । सोही दिन ज्येष्ठ नागरिक प्रबचन कार्यक्रम सम्पन्न गरिएको थियो । बिभिन्न सरकारी , गैर सरकारी संघ सस्थाहरु संग संमन्वय गरि अन्तक्र्रिया कार्यक्रमको आयोजना गरि ज्येष्ठ नागरिकको बिशेष सम्मान एवं संरक्षणका लागि बिशेष पहल गरिएको छ । गणतान्त्रिक सहित स्मृति बाटिका निर्माण अभियान समिति द्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा बरिष्ठ अधिबतmा एवं जेष्ठ नागरिक कृष्ण प्रसाद भण्डारी लाई सम्मान स्वरुपम कार्यक्रमको प्रमुख अतिथि बनाइएको थियो भने मन्त्रीलाई बिशेष अतिथि बनाइएको थियो । साथै सगरमाथा आरोहण घोषणा गर्ने ८६ बर्षका मिन बहादुर शेरचनलाई सम्मान स्वरुप उहॉको कार्यक्रममा एक्यबद्धता जनाएको छ । ज्येष्ठ नागरिक कोषले अन्तरपुस्ता नितिलाई अगाडी बढाउने कार्य गरेको छ ।


कोषको स्थापना गर्ने सोच कसरी आयो ?

 

सन् १९९० मा अन्र्तराष्ट्रिय पत्रकार महासंको ११ औं महाधिवेसनमा भाग लिने क्रममा संयुतm राष्ट्र संघले जेष्ठ नागरिकहरुको हक अधिकारलागी आवाज निकाल्ने संस्थाको आवश्यतmाको महसुस गरायो र १९९५ मा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीको शुभकामना सन्देश लिएर जोडनको अब्मानमा भएको अन्र्तराष्ट्रिय पत्रकार महासंको १२ औं महाधिवेसनमा भाग लिने क्रममा आफु कार्यसमितिमा चयन भए लगतै ज्येष्ठ नागरिकको संरक्षण र सम्बद्र्धनका लागि केही गर्ने सोच आयो र नेपालको अन्तरीम संबिधान २०७२ बमोजिम स्थापना गरिएको हो ।

 

जेष्ठ नागरिक कोषले आङ्खना कार्यहरु कसरी संचालन गरिरहेको छ ?

 

कोषले काठमाडौको भृकुटीमण्डपमा कार्यालय स्थापना गरी केही कर्मचारीहरुको ब्यबस्था गरेको छ । नेपाल सरकारले यसको सम्पूर्ण ब्यबस्थापन गरेको छ । कोषको हरेक गतिबिधि बैज्ञानिक र आधुनिक तरिकाले गरिदै आएको छ ।

 

कोषको आगामी योजनाहरु के – के छन ?

 

ज्येष्ठ नागरिकको बिशेष सम्मान एवं संरक्षणका लागि बिशेष पहल गर्दे जाने , सामाजिक सुरक्षा र स्वास्थ उपचार ब्यबस्था मिलाउने , शारीरकि सक्षमताका हिसाबले यथासक्य योग्य कार्यमा लगाउन ब्यबस्था मिलाउने , बिभिन्न निति नियम र उपलब्ध सेवा सुबिधाहरु एवं संस्थागत संरचनाहरु अध्ययन गरि जेष्ठ नागरिकलाई मानबअधिकारका मापदण्डबमोजिम मर्यादित जीबनयापन गर्ने आबश्यक ब्यबस्था मिलाउने रहेको छ ।



    Your Comment

    Loading...

    भिडियो


    Related Post

    ज्येष्ठ नागरिक धर्ना , १५ वितिसके, माग भने अझै पूरा हुन सकेनन्

    • 1 year ago
    ज्येष्ठ नागरिक धर्ना , १५ वितिसके, माग भने अझै पूरा हुन सकेनन्

    यातायात व्यवस्था विभाग अघि ज्येष्ठ नागरिकको धर्ना ३ वर्षदेखि जारी छ । यो अविधिमा विभागको गेटमा धर्ना बसेका १५ ज्येष्ठ नागरिकको मृत्यु भइसेको छ ।

    ज्येष्ठ नागरिक कोषमा पत्रकार कर्माचार्य

    • 9 months ago

    काठमाडौँ । समाज कल्याण परिषद्ले ज्येष्ठ नागरिक कोषको सभापतिमा ललितपुर निवासी वरिष्ठ पत्रकार रामकृष्ण कर्माचार्यलाई मनोनयन गरेको छ ।

    वैदेशिक रोजगारी मर्यादित र व्यवस्थित बनाउने कार्ययोजना पेस गर्न निर्देशन

    • 7 months ago
    वैदेशिक रोजगारी मर्यादित र व्यवस्थित बनाउने कार्ययोजना पेस गर्न निर्देशन

    काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने गरी कार्ययोजना पेस गर्न परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालयलाई मंगलबा

    hamropatro


    जीवनशैली

    थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

    थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

    नियमित व्यायाम र स्वस्थ खानपानबाट नै स्वस्थ रहन सकिन्छ । विहानै उठेपछि राती सुत्नेबेलासम्म हाम्रा यस्ता कैयौ खराब बानीहरु हुन्छन् जसले स्वास्थमा समस्या हुन सक्छ ।

    विचित्र विश्व

    प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

    प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

    तपाई आफ्नी प्रेमिका अर्कै व्यक्तिसँग बेडमा सुतिरहेको देख्नुभयो भने के गर्नुुहुन्छ ? प्रेमिका तथा उनीसँगै बेडमा रहेका व्यक्तिसँग झगडा गर्नुहुन्छ ? तर एक व्यक्तिले अचम्म हर्कत गरेर देखाएका छन् ।