दाहालको घुर्कीपछि ओली आत्तिएका हुन् ?

काठमाडौं, फागुन १ । शनिबार गृह जिल्ला चितवन पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले घुर्कीको भाषामा भने, ‘देशलाई अप्ठेरो पर्छ भने फड्को मार्न तयार छु ।’ अनि, चितवनबाट काठमाडौं फर्कने बेला सञ्चारकर्मीसित भने, ‘पार्टी एकतामा अझै ढिला गरियो भने निर्मम निर्णय गर्न बाध्य हुनेछु ।’

 

उनका यी भनाईपछि एमाले नेताहरुले पनि चेतावनीपूर्ण भाषा बोले । एमाले सचिव योगेश भट्टराईले भने, ‘फड्को मार्न खोज्दा झन् फसिएला नि ।’ त्यस्तै अरु माओवादी नेताले पनि सम्मानजन एकता नभए बामगठबन्धन टुट्न सक्ने प्रतिक्रिया दिए ।

 

यसरी एकाएक एमाले र माओवादी नेताहरुबीच बढेको वाकयुद्धपछि सोमबार दुवै पार्टीका अध्यक्षहरु बसे र पार्टी एकताको प्रारम्भिक मोडालिटी तयार गरे । आलोपालो नेतृत्व गर्ने गरी गरिएको भनिएको सहमतिपछि पार्टी एकता हुने सम्भावना बढेको छ । तर, रातारात बिग्रिएको सम्बन्ध रातारात कसरी सुधार भयो ? प्रश्न उठेको छ ।

 

पार्टी एकता गराएरै छाड्ने गरी लागि परेका एमाले उपाध्यक्ष वामदेव गौतमकै प्रस्तावमा दुई अध्यक्षबीच सहमति भएको भनिएको छ । यससँगै प्रचण्डको घुर्कीबाट ओली डराएका कारण सोमबार उक्त सहमति भएको आँकलन पनि गरिएको छ । प्रचण्डको अभिव्यक्तिबाट ओली आत्तिएरै भए पनि नभए पनि सोमबार भएको सहमतिबाट पार्टी एकता पक्षधरहरु खुसी भएका छन् ।



Your Comment

थप समाचार

मोबाइल, ल्यापटपसम्बन्धी प्राविधिक बन्ने युवाहरुलाई समेट्दै एलाइन्स

  • 8 minutes ago
मोबाइल, ल्यापटपसम्बन्धी प्राविधिक बन्ने युवाहरुलाई समेट्दै एलाइन्स

काठमाडौं । विगत ८ वर्षदेखि काठमाडौंको पुतलीसडकमा रहेर बेरोजगारीको समस्याले जरा गाडेको अवस्थामा युवाहरुलाई दक्ष बनाई रोजगारीको अवसर प्रदान गर्दै आएको एलाइन्स ल्यापटप एण्

प्रचण्डको प्रष्टोक्तिः पाँच वर्ष ओली नै प्रधानमन्त्री

  • 9 minutes ago
प्रचण्डको प्रष्टोक्तिः पाँच वर्ष ओली नै प्रधानमन्त्री

काठमाडौं, फागुन ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पाँच वर्षका लागि केपी शर्मा ओली नै प्रधानमन्त्री हुने बताएका छन् । एक कार्यक्रममा सहभागी हुन चितवन पुगेका

यी बलिउड अभिनेत्रहरुले बिकिनी पोज नदिएकै राम्रो !

  • 16 minutes ago
यी बलिउड अभिनेत्रहरुले बिकिनी पोज नदिएकै राम्रो !

एजेन्सी । बलिउड अभिनेत्रीहरुको फिल्मी उद्योगमा लामो यात्रा गरिसकेका छन् । अब उनीहरु फिल्ममा बोल्ड सिन दिन पनि पछि पर्दैनन् ।


Loading...

भिडियो

hamropatro

जीवनशैली

वैज्ञानिकले गरे भविष्यवाणी, यति वर्षपछि पृथ्वीबाट हराउने छ मानव अस्तित्व

वैज्ञानिकले गरे भविष्यवाणी, यति वर्षपछि पृथ्वीबाट हराउने छ मानव अस्तित्व

उनले यसको विकल्प स्वरुप अर्को ग्रह खोज्नुपर्ने बताएका छन् । हकिङ्सले भनेका छन्,‘मलाई लाग्दैन कि अर्को ग्रह नखोजी पृथ्वीमा एक हजार सालसम्म मानिसहरु जीवित रहन सक्छन् ।’

विचित्र विश्व

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

एजेन्सी । अमेरिकी राष्ट्रपतिहरु कतिपय राजनैतिक चर्चाभन्दा पनि सेक्स स्क्याण्डलका कारण चर्चामा आए । उनीहरुको यही चर्चाले कतिपय राष्ट्रपतिहरु आलोचित छन् । सेक्स स्क्याण्डलको रहस्य खुलेपछि