ज्ञानेन्द्रको विज्ञप्तिमा ओलीको प्रतिक्रिया : देशको माया जसले पनि गर्न पाउँछ

फाइल तस्वीर

दमक, पुस २७  । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्रले विज्ञप्ति प्रकाशन गर्दैमा केही फरक नपर्ने बताएका छन् ।  

 

झापाको दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकारसम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले मङ्गलबार दिएको व्यक्तव्य राजकीय हैसियतमा नभई एउटा नागरिकले दिएको विचार जस्तो मात्रै भएको  टिप्पणी गरे । ‘देशप्रति माया मात्र ज्ञानेन्द्रको आशय हो । नेपालको नागरिकले नेपालको माया गर्न पाउँछ,’ उनको भनाइ थियो ।

 

कार्यक्रमलार्इ सम्बोधन गर्दै ओलीले वर्तमान सरकार निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की प्रकरणमा जस्तै आलोचित भएको टिप्पणी पनि गरेका छन् ।

 

नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसको गठबन्धनबाट बनेको सरकारको गठन प्रक्रिया नै गलत ढङ्गले भएकाले त्यसको परिणाम अहिले देशवासीले भोग्नु परेको उनको भनाइ थियो । उनले सरकारको योग्यता नै निलम्बित अख्तियार प्रमुख लोकमानजस्तै अपुग भएको तुलना गरे ।

 

वर्तमान सरकारले राष्ट्रको हितको पक्षमा काम गर्न नसक्ने ठोकुवा ओलीले गरेका छन् । लोकमान जसरी नाङ्गिए त्यसरी नै यो सरकार जनताका बीच आफै नाङ्गिँदै गएको उनको जिकिर थियो ।

 

वर्तमान सरकारले संविधान कार्यान्वयन गर्न निर्वाचनमा जानुपर्ने उल्लेख गर्दै उनले भने, “सरकारको अहिलेसम्मको गतिविधि निर्वाचन गराउनु सट्टा संविधान संशोधनको बहानामा अल्झिएर देशलाई द्वन्द्वमा धकेल्न मात्र उद्यत भएको छ । निर्वाचन बिना संविधान कार्यान्वयन हुन सक्दैन । देशलार्इ द्वन्द्वमा लैजाने गम्भीर षडयन्त्र भइरहेको छ ।

 

उनले संविधान संशोधन विधेयक संसदमा लुकेर दर्ता गरिए पनि त्यो कुनै हालतमा पारित हुन नसक्ने दोहोर्याए । संशोधन विधेयक देश र जनताका हितविरुद्ध तथा केही मधेसी नेताको हितमा ल्याइएको उहाँको विचार थियो । उनले संशोधन विधेयक फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन लागे मात्र एमालेले सरकारलाई साथ दिने बताए ।

 

 


    Loading...

    Your Comment


    भिडियो


    Related Post

    राष्ट्रिय युवा परिषद गठन, सम्भावना र चुनौतीहरु

    • 11 months ago

    यो वर्ष विश्वमै युवाको संख्या सवैभन्दा बढी हुने वर्ष हो । युवाको संख्या बृद्धि हुँदा अपेक्षितरुपमा काम गर्ने क्षेत्रहरुसमेत विस्तार हुनेछ । नत्र शुन्यताले प्रश्रय पाउछ । यसो हुँदा युवाको पलायनताको वृद

    पूर्वराजा ज्ञानेन्द्रको चेतावनीपूर्ण वक्तब्यका यी हुन् प्रमुख ९ बुँदा

    • 10 months ago
    पूर्वराजा ज्ञानेन्द्रको चेतावनीपूर्ण वक्तब्यका यी हुन् प्रमुख ९ बुँदा

    काठमाडौं—पूर्वराजा ज्ञानेन्द्र शाहले राज्य संयन्त्रलाई ब्यक्ति लाभमा दुरुपयोग गर्ने शासकीय शैलीका कारण नेपाल कमजोर भएको बताएका छन् । नेपालीका नाममा उनले शुभकामना सन्देशमा रुपमा प्रेषित गरेको विज्ञप्ति

    डा केसीको समर्थनमा हातमा कालोपट्टी

    • 7 months ago
    डा केसीको समर्थनमा हातमा कालोपट्टी

    काठमाडौँ-प्राडा गोविन्द केसी अनशन बसेको चौथो दिन बित्दा पनि सम्बन्धित निकायबाट ठोस प्रतिक्रिया नआएको भन्दै नेसनल रेजिडेन्ट डाक्टर्स एसोसियसनले आजदेखि हातमा कालोपट्टी बाँधेर काम गर्न थालेका छन् ।

    hamropatro

    नेपाल

    मधेसी मोर्चाले ४८ घण्टाभित्र सरकारलाई दिएको समर्थन फिर्ता लिने

    मधेसी मोर्चाले ४८ घण्टाभित्र सरकारलाई दिएको समर्थन फिर्ता लिने

    काठमाडौं, फागुन १४ । आन्दोलनरत संघीय गठबन्धनले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको २४ घण्टा नबित्दै मधेसी मोर्चाले पनि सरकारलाई दिएको समर्थन फर्ता लिने बताएको छ ।

     

    शनिबार काठमाडौंमा आयोजित अन्तक्र्रियामा उनले भने,‘हामी २४ देखि ४८ घण्टाभित्रै सरकारलाई दिएको समर्थन कुनैपनि क्षण तोड्न सक्छौं, सरकारसँगको सम्बन्ध विच्छेद गर्छौं ।’ यद्धपी उनले अहिले नै समर्थन फिर्ता लिएपनि ओली र देउवा मध्य एक जना नेतृत्वमा आउने भएकोले ती सबै टेष्टेड अनुहार भएको जिकिर गरे ।

    जीवनशैली

    पेट फुल्ने समस्याले हैरान हुनुहुन्छ भने अपनाउनुहोस यी १० घरेलु उपाय

    पेट फुल्ने समस्याले हैरान हुनुहुन्छ भने अपनाउनुहोस यी १० घरेलु उपाय

    खानपानको गलत बानीको कारणले पेटमा ग्याँस जम्मा हुनु वा पानि जम्मा भएर पेट फुल्ने गर्छ । आजकाल धेरै मानिसहरुमा बारम्बार पेट फुल्ने समस्या देखिन्छ । यो सामान्य जस्तो लाग्ने समस्याको कारणले धेरै मानिसहरु हैरान भएका हुन्छन ।