सबैभन्दा खतरनाक ‘अनलाइन गेम’

एजेन्सी । तपाईले अहिलेसम्म दुनियाँको कैयौं यस्ता गेमहरुको बारेमा थाहा पाउनु भएको छ होला जसले शारीरिक र मानसिक विकास गर्छ । तर, के सोच्नुभएको छ कुनै गेम यस्ता पनि हुन्छन जसले खेल्ने बच्चाको ज्यानै लिन्छ ?


के तपाईले सोच्नुभएको छ कुनै गेम खेल्दा यस्तो कुनै स्टेज आउन सक्छ जसलाई खेल्दै जाँदा बच्चा र युवाले आफ्नो ज्यानै दिन बाध्य हुन्छन् ।


यो सुन्दा साँच्चै आश्र्चय लाग्छ तर, यो सत्य हो । ‘ब्लु ह्वेल च्यालेन्ज‘ नामक एक यस्तो अनलाइन गेम छ जसले विश्वभरमा सयौं निर्दोष बच्चा र युवाहरुको जिन्दगीलाई बर्बाद गरिदिएको छ ।

 

यो गेम खेल्नेले अन्तिममा ज्यानै गुमाउने भएकाले यसलाई सुसाइड गेम पनि भन्न थालिएको छ । यो गेम हाम्रै छिमेकी देश भारत र पाकिस्तान सम्म पनि आइसकेको छ । केही दिन अघिमात्रै मुम्बईका एक १४ वर्षिय स्कुले विद्यार्थी मनप्रित सिंह सहनीले उक्त ब्लु ह्वेल च्यालेन्ज नामक अनलाइन गेमको अन्तिम स्टेज कटाउनको लागि ७ तले भवनको छतबाट हाम फालेर आत्महत्या गरेका छन् ।

यसरी भैरहेका छन् बच्चा र युवा शिकार


यो गेमक्लोज्ड ग्रुपमा खेलिन्छ । फेसबुक, इन्स्टाग्राम, ट्विटर, ह्वाट्सएप जस्ता साइटबाट इन्भिटेसनको माध्यमबाट बच्चा यो गेममा सहभागी हुन्छन् । यो गेममा ५० स्टेज हुन्छ जसलाई ५० दिनमा पुरा गर्नुपर्छ । हरेक स्टेजमा प्रयोगकर्ताले स्टेजमा कटाएको प्रमाण स्वरुप एक तस्वीर ग्रुपमा पठाउनुपर्छ ।


यो गेमको सबैभन्दा खतरनाक कुरा के छ भने जब बच्चा यो गेमबाट बाहिर निस्कने कोसिस गर्छ तब गेम चलाउनेले उसको परिवारमा हानी गर्ने धम्की दिन्छ ।

 

१९ देशका २५० जनाले गरिसके आत्महत्या


ब्लु ह्वेल च्यालेन्ज गेम नामक खेल्ने मानिसहरुमध्ये अहिलेसम्म करिब २८५ भन्दा धेरै बच्चाले आत्म हत्या गरिसकेका छन् । यसमा रुसकामात्रै १३० जनाको मृत्यु भएको दावी गरिएको छ ।


अमेरिका, पाकिस्तान समेत गरि विश्वका १९ देशमा यो गेमको कारणले आत्महत्या गर्ने वा कोशिस गरेका सयौं घटनाहरु आइसकेका छन् ।


२५ वर्षिय रुसी नागरिकले बनाएका हुन यो गेम


द ब्लु ह्वेल गेमलाई २५ वर्षका फिलिप बुडेकिनले सन् २०१३ मा बनाएका थिए । रुसमा यो गेमबाट आत्महत्याको पहिलो घटना सन् २०१५ मा आएको थियो । यसपछि फिलिपलाई जेल सजाँय भएको थियो । तर फिलिप दावी गर्छन् कि यो गेम समाजमा सफाइको लागि हो । आत्महत्या गर्ने मानिसहरु ‘बायोलोजिकल वेस्ट’ हुन् । के छ गेमको ५० टास्कमा?


‘द ब्लु ह्वेल गेम’ मा ५० दिनसम्म टास्क बताइन्छ । यसलाई इन्टरनेटमा खेलिन्छ । हरेक टास्कलाई पुरा गरेपछि हातमा एकपटक काट्नको लागि भनिन्छ । यसमा हातमा ब्लेडले एफ–५७कोरेर फोटो पठाउनको लागि भन्निछ । यसको साथै बिहान ४ः२० मा उठेर डरलाग्दो फिल्मवा भिडियो हेर्नको लागि र क्युरेटरलाई पठाउनको लागि भनिन्छ ।


विहान अग्लो भन्दाअग्लो छतमा जान भनिन्छ । कागजको पानामा ह्वेलको चित्रबनाएर क्युरेटरलाई पठाउन भनिन्छ ।


ह्वेल बन्नको लागि तयार भएमा आफ्नो खुट्टामा ब्लेडले काटेर ‘यस’ लेख्नुपर्छ र तयार नभएमा आफैलाई चक्कुले कैयौं पटक काटेर सजायँ दिनुपर्छ । चार स्टेजमा छतमा जानुपर्छ । क्युरेटरले पठाएको म्युजिक सुन्नुपर्छं ।


यस खालका ४९ स्टेप पुरा गर्दै गएपछि ५० औं दिनमा यो खेल खेल्नेलाई कुनै अग्लो भवनको छतबाट हामफालेर आत्महत्या गरि विजेता बन्नको लागि भनिन्छ ।



Your Comment

थप समाचार

कार्यक्रम गर्न लण्डन आएकी नायिका छुल्ठिमलाई म्युजिक भिडियो बोनस

  • 6 hours ago
कार्यक्रम गर्न लण्डन आएकी नायिका छुल्ठिमलाई म्युजिक भिडियो बोनस

निर्देशक कुशल श्रेष्ठले लण्डनबासी गायक सन्तोष विकको 'जुनीजुनी' बोलको गीतमा छुल्ठिमलाई अभिनय गराएका हुन् ।

नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा

  • 7 hours ago
नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा

मे १३ तारिख आइतबार लण्डनको एक्टनस्थित एबिआई कलेजमा परिषदको अधिवेसन हुंदैछ । अधिवेसनबाट संस्थाको नयां नेतृत्व चयन गर्न कृष्ण भट्टको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने

  • 8 hours ago
महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने

कमलनवेल्थ अन्तर्गतका ५३ मुलुकहरुको यो नेटवर्कको प्रमुखमा अहिले बेलायती महारानी एलिजावेथ द्धितिया छन् । महारानी स्वयमले पनि आफ्नो यो जिम्मेवारी आफुपछि युवराज चार्ल्सलाई नै दिने ईच्छा जाहेर गरेको बताइएक


Loading...
The British College

भिडियो

hamropatro

जीवनशैली

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।

विचित्र विश्व

२७ वर्ष काटेपछि बुढीकन्ये !

२७ वर्ष काटेपछि बुढीकन्ये !

एजेन्सी । २७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजमा ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।