कवि पराजुलीका कविताले भावुक बनाए अष्ट्रेलियावासीलाई

काठमाडौं, साउन ८ । पश्चिम अस्ट्रेलियाको पर्थमा गत साता भानु जयन्तिको अवसरमा कवि नवराज पराजुलीको कविता कन्सर्ट सम्पन्न भयो । सोलान्चरको आयोजनामा अष्ट्रेलियामा पहिलो पटक भएको कविता कन्सर्टलाई पर्थमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पर्थ च्याप्टरले आयोजना गरेको थियो ।

 

कविता कन्सर्टमा कवि पराजुलीलाई बासुरीमा सम्यक महर्जन तथा किबोर्डमा स्थानीय प्रतिभा विभुषित घिमिरेले साथ दिएका थिए । कविता कन्सर्ट आयोजना गर्न अनेसासलाई नेप्लिज एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलियाले सहयोग गरेको थियो ।

 

कवि पराजुलीले बासुरी र किबोर्डको धुनमा एक पछि अर्को गर्दै आफ्ना कविता वाचन गर्दै जाँदा सहभागीहरुका आँखा उत्तिकै रसाउँदै गइेरहेका थिए । मिठो धुन सँगैको मन छुने रचना र वाचन शैलीले करिब ५५ मिनेट कार्यक्रमस्थल कवितामय भयो ।

 

कवि पराजुलीले आफ्ना चर्चित ५ कविताहरु सुनाउदा दर्शकदिर्घामा अझै प्यास मेटिएको थिएन । समसामयिक नेपाली कविताहरुलाई नयाँ प्रयोगका साथ सुरु गरिएको कविता कन्सर्टपछि सहभागीहरुले अब बिस्तारै नेपाली साहित्यको स्तर बृद्धि हुनेमा शंका नरहेको प्रतिक्रिया दिए ।

 

अस्ट्रेलियाको काव्य यात्रामा पहिलो कन्सर्ट आयोजना भएको पर्थमा कवि पराजुलीले ‘हेब्बी बड्डे’, ‘सगरमाथाको गहिराई’, ‘खोया’, ‘मोक्ष’ लगायतका कविताहरु सुनाएका थिए । कविता कन्सर्ट अवधिभर कवि पराजुलीको हालै प्रकाशित कृति ‘सगरमाथाको गहिराई’ बिक्रीमा समेत राखिएको थियो ।

कार्यक्रमको प्रारम्भमा नेप्लिज एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलियाका अध्यक्ष आङ्ग दावा शेर्पाको स्वागत मन्तब्यसँगै भानु जयन्ति सुरु भएको थियो । जहाँ स्थानीय कवि कलाकारहरुले आफ्ना सृजनाहरु बाचन गरेका थिए ।

 

भानु जयन्ति मनाउँदै कवि पराजुलीलाई सुन्न रिभरभेल कम्युनिटी हल खचाखच भरिएको थियो । अन्त्यमा अनेसासका अध्यक्ष गणेश घिमिरे तथा उपाध्यक्ष निरज क्षेत्रीले पाहुनाहरुलाई मायाको चिनो प्रदान गरेका गरेका थिए ।



Your Comment

थप समाचार

एनआरएन यूकेको सल्लाहकार परिषद बैठकमा आए यस्ता 'सल्लाह र सुझाव'

  • 1 hour ago
एनआरएन यूकेको सल्लाहकार परिषद बैठकमा आए यस्ता 'सल्लाह र सुझाव'

लण्डन । गैरआवासीय नेपाली संघ एनआरएन यूकेको सल्लाहकार परिषदको बैठक आइतबार फार्नबरोस्थित भिलेज होटेलमा सम्पन्न भएको छ । झण्डै दुई सय सल्लाहकार सहभागी बैठकमा विभिन्न सल्लाह तथा सुझावहरु संकलन गरिएको छ ।

ईनास युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिताका लागि बेलायतबाट छानिए ६ प्रतियोगी

  • 5 hours ago
ईनास युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिताका लागि बेलायतबाट छानिए ६ प्रतियोगी

शनिबार प्लमस्टिडमा सम्पन्न अडिसनबाट गायन तथा नृत्य दुवै विधामा ३ / ३ जना प्रतियोगी छनौट भएका छन् ।

नाइटोले खाेल्छ महिलाको यस्ताे राज

  • 11 hours ago
नाइटोले खाेल्छ महिलाको यस्ताे राज

एजेन्सी । महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको ।


Loading...

भिडियो

hamropatro

विचित्र विश्व

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

एजेन्सी । अमेरिकी राष्ट्रपतिहरु कतिपय राजनैतिक चर्चाभन्दा पनि सेक्स स्क्याण्डलका कारण चर्चामा आए । उनीहरुको यही चर्चाले कतिपय राष्ट्रपतिहरु आलोचित छन् । सेक्स स्क्याण्डलको रहस्य खुलेपछि