Techie IT
२०८० चैत्र १५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठस्वास्थ्यगेटालाई विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलन

गेटालाई विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलन


सुदूरपश्चिम । गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आज सुदूरपश्चिममा आमहड्ताल गरिएको छ ।

विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिले आज सुदूरपश्चिम प्रदेशमा आमहड्ताल गरेको हो । बन्दले कञ्चनपुरमा बिहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यहाँ स्वस्फूर्तरुपमा शैक्षिक संस्था, बजार, व्यवसाय पनि बन्द गरिएको छ ।

“बिहानैदेखि छोटो तथा लामो दूरीको यातायात बन्द छ । बजार पनि आंशिक बन्द छन्”, प्रहरी निरीक्षक हर्षबहादुर चन्दले भने, “बजारमा फाट्टफुट्ट मोटरसाइकल चलेका छन् ।” बन्दले कञ्चनपुरबाट बाहिर जिल्ला जाने समस्यामा परेका छन् ।

सरकारले गत २९ माघमा मन्त्रिपरिषद्को बैठकबाट गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । यही जेठ १५ मा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रुपमा अघि बढाउने र एक सय शय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरिएपछि सुदूरपश्चिममा चरणबद्ध आन्दोलनको घोषणा गरिएको हो ।

विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेयले सरकारले बजेटमा गेटालाई विश्वविद्यालय बनाउने निर्णय उपेक्षा गरेकाले आन्दोलनमा उत्रिनुपरेको बताए ।

“मन्त्रिपरिषद्ले विश्वविद्यालय बनाउने निर्णय ग¥यो नीति तथा कार्यक्रममा पनि आयो तर बजेटमा आएन”, उनले भने, “यहाँ अर्बौंका भवन बनेका छन्, अब सुदूरपश्चिमलाई ठग्न पाइँदैन ।” उनले सरकारले यथाशीघ्र विश्वविद्यालय बनाउन पहल गर्नुपर्ने बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु

चितवन । सबैतिर दसैँको टीका लगाइरहँदा यहाँको भरतपुर अस्पतालमा २० शिशुको जन्म भएको छ। प्रसूतिका कारण टीका लगाउनसमेत छोडेर दुई

प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा एम्बुलेन्स नहुँदा बिरामीलाई समस्या हुने गरेको छ । प्रत्येक सरकारी अस्पतालमा एम्बुलेन्स हुनुपर्ने

नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’

काठमाडौँ । दसैँमा घर जाने यात्रुलाई लक्षित गरी काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ । महानगर प्रहरी

स्तन क्यान्सरको बहिरङ्ग सेवा निः शुल्क

चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटमा स्तन क्यान्सरको परीक्षण निः शुल्क गरिएको छ ।

खैरहनी नगरपालिकाले ल्यायो गर्भवतीलाई परीक्षणदेखि एम्बुलेन्ससम्मको निःशुल्क सेवा

चितवन । खैरहनी नगरपालिकाले गर्भवतीलाई विभिन्न परीक्षणसहित निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । खैरहनी नगरपालिकाभित्र स्थायीरुपमा बसोबास गर्ने

धौलागिरि अस्पताल बागलुङमा सिटी स्क्यान सेवा सुरु

बागलुङ । बागलुङको धौलागिरि अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको छ । गत साउनमा आवश्यक उपकरण भित्रिएपछि जनशक्ति व्यवस्थापन गरी

Techie IT