Techie IT
२०८१ वैशाख ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालकांग्रेस चितवनको १५ दिने अभियान सुरु

कांग्रेस चितवनको १५ दिने अभियान सुरु


चितवन । नेपाली कांग्रेस चितवनले ४१औँ बीपी स्मृति दिवसको अवसरमा आज ९शनिबार० देखि १५ दिने सदस्यता वितरण तथा नवीकरण अभियान सञ्चालन गरेको छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालका अनुसार आज जिल्लाका ९८ वटै वडामा एकैसाथ अभियान सञ्चालन गर्न लागिएको हो । अभियानका लागि सबै वडामा जिल्लाबाट प्रतिनिधि खटाइएको उनले जानकारी दिए । अभियानका क्रममा नेपाली कांग्रेसको सदस्यता वितरण, क्रियाशील सदस्यता नवीकरणलगायतका जागरणका काम गरिनेछ ।

नयाँ सदस्यताका लागि अनलाइनबाट समेत फाराम भर्न सकिनेछ । अहिले वितरण गरिएको साधारण सदस्यलाई एक वर्षपछि वडाको सिफारिसमा क्रियाशील सदस्यता दिन सकिनेछ । चौधौँ महाधिवेशनमा जिल्लामा नेपाली कांग्रेसका २८ हजार दुई सय क्रियाशील सदस्य रहेका थिए ।

अभियानका क्रममा पार्टीका गतिविधिमाथि छलफल तथा अन्तरक्रिया हुनेछन् । सबै वडाले यही साउन २० गते वडा सम्मेलन सम्पन्न गरिसकेपछि पालिका, प्रदेश र क्षेत्रको सम्मेलन गरिने उहाँले जानकारी दिनुभयो । पालिका, प्रदेश र क्षेत्रीय सम्मेलन सम्पन्न गरी आगामी भदौ २४ गते जिल्ला सम्मेलन गर्ने गरी अभियानलाई अघि बढाइएको सभापति खनालले जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मोटरसाइकल दुर्घटनामा पत्रकार यादवको मृत्यु

काठमाडौँ । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक पत्रकारको मृत्यु भएको छ । रेडियो धनुषाधामका सञ्चालक तथा इन्युज ब्युरोका कार्यकारी सम्पादक

लगानी सम्मेलनमा ‘विस लिष्ट’ होइन व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताएका छन्

यस्तो छ कतारी अमिरको नेपाल भ्रमण तालिका

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज साढे चार बजे नेपाल आइपुग्ने कार्यक्रम छ । हाल

कतारसँग विभिन्न सम्झौताको तयारी

काठमाडौँ । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको आज हुने नेपालको दुई दिने भ्रमणका क्रममा दुई देशबिच

आज बालाजुको बाइसधारामा मेला

काठमाडौँ । आज बालाजुको बाइसधारामा मेला लागेको छ । चैत शुक्ल पूर्णिमामा लाग्ने मेलामा स्नान गर्न भक्तजनको भीड लागेको छ

कतारका राजालाई राष्ट्रपतिले विमानस्थलमा स्वागत गर्ने

काठमाडौँ । कतारका राजा शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन्

Techie IT