Techie IT
२०८१ वैशाख ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘मायावी’मा पल शाह अनुबन्धित

‘मायावी’मा पल शाह अनुबन्धित


काठमाडौँ। अभिनेता पल शाह फिल्म ‘मायावी’मा अनुबन्धित भएका छन्। प्रेमकथाका फिल्ममा रुचाइने अभिनेता पल निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘मायावी’मा देखिन लागेका हुन्।

डेढ वर्षपछि कमव्याकको तयारी गरिरहेका पलले अन्ततः दिवाकरको फिल्ममार्फत कमव्याक गर्न लागेका हुन्। निर्देशक दिवाकरले फिल्ममा पललाई प्रमुख अभिनेताका रुपमा भित्र्याइएको बताए। निर्देशक श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बुधबार ‘मायावी’को घोषणा गरेका थिए।

फिल्ममा भट्टराई स्वयंको कथा रहनेछ। फिल्ममा यसअघि नै अभिनेत्री दीपिका प्रसाई नायिकाका रुपमा फाइनल भइसकेकी छन् । फिल्म ‘ऐश्वर्या’ पछि दिवाकर र दीपिकाको यो दोस्रो सहकार्य हो।

फिल्मका अन्य कलाकार र प्राविधिक समय अनुकुल सार्वजनिक गरिँदै जाने निर्देशक भट्टराईले जानकारी दिए। क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ। फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ। फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए।

दिवाकरले फिल्म ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

१०८ जनाको स्वर रहेको ‘बुद्धम् शरणम् गच्छामी’ सार्वजनिक

काठमाडौँ । नेपालका १०८ जना गायक गायिकाहरुको स्वरमा रेडर्क गरिएको श्लोक राखिएको ‘त्रिशरण गमनम्’ एल्बममा काठमाडौँमा सार्वजनिक गरिएको छ ।

Techie IT