Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालसभामुख घिमिरेद्वारा तीजको शुभकामना

सभामुख घिमिरेद्वारा तीजको शुभकामना


काठमाडौँ । सभामुख देवराज घिमिरेले हिन्दू महिलाले महादेवको पूजा आराधना गरी मनाउने हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास रहीआएको पर्व तीज भएको उल्लेख गर्दै उनले सत्ययुगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत बसी महादेवलाई प्राप्त गरेको धार्मिक मान्यता अनुसार तीज मनाउने चलन सन्देशमा उल्लेख गरेका छन् ।

सभामुख घिमिरेले शुभकामना सन्देशमा भनेका छन्, “तीज बालीनाली रोपिसकेपछि फुर्सदको समयमा मनाइने पर्व हो । तर, यस पर्वको धार्मिक–सांस्कृतिकसँगै सामाजिक चेतना अभिवृद्धि गर्नका लागि पनि महत्त्वपूर्ण रहेको छ । लैंगिक तथा पारिवारिक विभेदलाई तीजका अवसरमा विभिन्न माध्यमद्वारा सार्वजनिक गर्ने चलन रहेको थियो । तसर्थ तीज महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रुपमा समेत विकास हुँदै गएको छ ।”

मौलिक पर्वहरूलाई भावी पुस्तामा हस्तान्तरण गर्दै समयक्रममा विकास भएका कतिपय तडकभडकको शैली भने त्याग्न जरुरी उल्लेख गदै उनले मौलिक संस्कृति अनुरूप हरितालिका पर्व मनाउने संकल्प गरेमात्र तीजको महत्त्व झन् बढ्दै जाने विश्वास व्यक्त गरेका छन् ।

सभामुख घिमिरेले तीजले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कुरीति अन्त्य गरी समतामूलक समाज निर्माण गर्न उत्साह र जाँगर प्रदान गरोस् भन्ने कामना गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने सहमति

काठमाडौँ । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको

सांसद हसिना खानद्वारा शपथ ग्रहण

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन्

दीपेश पुन धरौटीमा रिहा

बुटवल । सुप्रिम सहकारी ठगीमा जोडिएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन रिहा भएका छन्। उनलाई जिल्ला अदालत रुपन्देहीले

बेपत्ता विपिन जोशीको सकुशल उद्धार गरिदिन प्रधानमन्त्रीसँग आग्रह

काठमाडौँ । हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सकुशल उद्धारको पहल गरिदिन आग्रह गरेको

स्वीकृतिबिना निर्माण कार्य गर्नेलाई कारबाही

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सम्बन्धित पक्षबाट अनिवार्य स्वीकृत नलिएका निर्माण कार्यमा सङ्लन्न व्यक्ति वा कम्पनीलाई कारबाहीको प्रक्रिया सुरु भइसकेको बताएको

भारतीय नागरिकको अपहरण गरी हत्या

काठमाडौँ । कपिलवस्तुमा एक भारतीय युवाको अपहरण गरी हत्या गरिएको छ । भारत सिद्धार्थनगर जिल्ला पोखरभिटवाका ४२ वर्षीय जमाल अहमदको

Techie IT