साथी दिवसमा बालसखीको सम्झना

सबैले एकएक माना चामल, दाल, थाल, गिलास र बोड्को लैजाने कुरा सर्वसम्मत भयो । तर, दुध लैजाने कि नलैजाने भन्नेमा पुगेर विवाद चर्कियो । सबैको घरमा दुहुनु छैन । हुनेले पनि डेरीमा बेच्न लैजानु पर्छ । बाआमाले निर्बाध दुध दिने सम्भावना सबैको हुँदैन । ईश्वरेको बाऊ लोभी छन्, दुधमा पानी मिसाएर बेच्न लैजान्छन्, त्यसको बाऊले मरे दिदैनन् ।

 

तर, मलाई पिर छैन । बनभात खान जाने भनेपछि मलाई एक माना दुध बुबाले पानी नमिसाई दिने कुरामा ढुक्क थिएँ । दुध नलैजानेलाई बनभात खानै नलैजाने जस्तो घातक निर्णय झन्नै नभएको । यसमा तम्सने चै रामे हो ।

 

किनकि, उसको घरमा भैंसी भर्खर ब्याएको थियो । भर्खर फाट्न छाडेको । लाउरी भैसीको दुघ धेरै भएकाले उल्टो भैसीलाई नै खुवाउने गरेको हल्ला पनि गाउँमा नचलेको होईन । ठेकी नसच्चिइएको कारण दही गन्हाउँने गरेको कुरा ढुक्न जानेहरुले वताउँथे । तर, रामेका बाऊले वल्लाघरपल्ला घरमा कसैलाई पनि दुध दिंदैनथें । उनी गाउँका कहलिएका लोभी हुन् । विवादकाबीच दुध नलैजाने सहमति भो । शान्तेले नोट आफ डिसेन्ट लेख्न तम्सिए पनि लेखेन ।

 

सकेसम्म पसलमा किन्न केही नपरोस् भन्ने मान्यता अनुसार अघि बढियो । तै पनि केही सीप नलाग्ने छाँट देखिएपछि प्रतिब्यक्ति रु। २० उठाउँने कुरा उप्कियो । २० रुपैयाँ पनि बाआमाले नदिने खतरा धेरैको थियो । सकेसम्म पैसा उठाउँने निर्णय नहोस् भन्ठान्नेहरुले पनि सतहमै उत्रिएर विरोध गरेनन । किनकि, अरु साथीका सामू आफू कमजोर देखाउँन कोही पनि चाहदैनथे ।

 

अलिकति दाल सबैले जैजाने । पानी बोक्ने बाल्टिन लैजाने जिम्मा, निर्मलीको । कराई र कसौडी शान्तेको भागमा पर्‍यो । दाउरा बनमै खोज्ने सहमति भो । नुन, बेसार, तेल, जिरा, चिनी लगायतका कुरा उठाएको पैसाले किन्ने । किनमेल गर्न स्वस्थानी दिदी र म जाने । बजारमा किनेको कुराको बिल पेस गर्नु पर्ने, नत्र, आर्थिक हिनामिनाको शंका थियो साथीहरुको । यी लगायत बिभिन्न कुरामा आधारभूत सहमति भो ।

 

अब पालो आयो, ठाउँ र मितिको ।

 

मिति त पक्का नै थियो । स्कुलले सरस्वती पूजाको दिन ५ कक्षा भन्दा माथिकालाई टारी खेतमा पिकनिक खान लैजाने टुङ्गो गरेपछि हामी पनि के कम भनेर नै बनभातको सोच बनाएका थियौं । घरका दाजु दिदीलाई पाचासपचास रुपैयाँ दिएर पिकनिक खान पठाएपछि हामीलाई २० रुपैया दिनै पर्छ भन्ने मान्यता पनि थियो ।

 

एउटा बाल विद्रोह गर्न हामीलाई कस्ले सक्ने रु ठाउँको बिषयमा व्यापक भए पनि, पानी, दाउरा धेरै हिसाबमा हाम्रो माख्लाबारी फईनल भयो । मलाई बुबाले पनि ‘बनभात खान जाने भए माख्लाबारी जानु’ भनेर भन्नु भएको थियो । सबै कुरा लेख्ने हो भने लेखी साध्ये नै छैन । २० रुपैयाँ बाउले नदिएपछि ईश्वरेले चोरेर कोदो बेच्न हिंडेको बेला हजुरबाले फेला पारेछन् । बिचरालाई त्यो रात गोठमा बाँधेर सिस्नुपानी लगाएछन् । ‘बनभात खान गईस् भने खुट्टा भाँचिदिन्छु’ भनेर बाऊले साफ थर्काएछन् ।

 

ईश्वरेलाई मेरो बुबाले पैसा हाल्दिएर वनभात खान लगियो । पछि, बाऊबाऊको झगडा नै पर्‍यो । हाम्रो बुबाले ईश्वरेलाई विगारेको भनेर । जसोतसो अरुले पैसा जम्मा गरे । मैले उठाएँ । किनमेल गरियो ।

 

चिनी: आधा किलो, तेल: आधा लिटर, जिरा: एक पाउ, बाह्र मसलाः दश रुपैयाँको, मैदाः आधा किलो, बेसार, खुर्सानी अलिकति आदि ।

 

बनभात खान जाने दिन आयो । स्कुलको सरस्वतीको मन्दिरमा पूजा सकेर ठूला ग्रुप र सरमिस टारी खेततर्फ लागे । उनीहरुमा छुछ्टै उमङ्ग थियो । हामी पनि कम्ती उत्साहित थिएनौं । तर, ठूला कक्षाकाले नगनेकोमा बेग्लै पीडा थियो । तै पनि हतारहतार पूजा सकेर हाम्रो ११ जनाको टोली स्कुल बाहिरको चौरमा भेला भयो ।

 

छिटोछिटो घरमा गएर लुगा लगाएर सामान सहित माख्ले डाँडोमा भेट्ने सहमतिमा पुगियो । बेलुका नै ठीक पारेको पोकोपन्तुरो बोकेर सबै डाँडोमा भेला भयौं । मलाई पुर्‍याउन बुबा डाँडोमै आउँनु भएको थियो । उहाँले हामीलाई सिकाउँनु भयो ।

 

‘पानी त्याहाँबाट लैजानु, पहिला चुलो बनाएर चिया पकाउनू, मैदाको मालपा पकाउँनू, अनि खित्रो वसाल्नु आदी । अरु खाईसकेपछि लास्टमा खीर पकाउँनु ।’

 

खीर अन्तिममा भन्नुको पछाडि कारण थियो, अरु खाएर अघाएपछि खीर कसले बढी खाने भन्ने झगडा नपरोस् भन्ने नै हो । योजनाअनुसार हामी गयौं । ईश्वरेको अनुहार मलिन थियो । किनकि, उसलाई पिकनिक गए बाऊले खुट्टा भाँच्ने चेतावनी दिएका थिए ।

 

तै पनि उसलाई खुसी पार्न हामीले गीत गायौं । नाच्यौं, नचायौं । मुर्दो, मुस्कुरायो । हामी व्यापक हास्यौं । दाउरा, सिटा, झिक्रा खोजियो । ढुङ्गाको चुल्हो बनाईयो । आगो सल्काउँन खोज्दा सलाई भेटिएन । सलाईको जिल्मा विदुरेलाई दिएको थियो ।

 

ऊ विर्सिएछ भनेर पन्छन खोज्यो । प्रतिकेले ‘मुजी विदुरेलाई जिम्मा लगाएको काम कहिल्यैं राम्रो हुँदैन ।’ विदुरे पनि के कम रु ‘तँ जाँठाले ल्याएको भए पनि भैहाल्थ्यो नि १’ उ च्याठ्ठियो । सलाईको निहूँमा झण्डै हानाहानै पर्‍यो ।

 

अन्ततः छापालीको घरमा गएर आगो मागेर ल्याउँने कुरा भो । फेरि विवाद को जाने भन्नेमा । लास्टमा विदुर र म गयौं । सलाई वा लाईटर मागेको छापालीले छैन भन्यो । करिब पाँच मिनेटको दुरीमा थियो हाम्रो मख्लाबारी र छापालीको घर । ल्याउँदा ल्याउँदै बाटैमा आगो निभ्ला भन्ने भय उत्तिकै थियो । तै पनि ल्यायौं । सालको दाउराको आगो भएकाले निभेनछ । पहिला ढोड सल्काएपछि झिक्रा हाली स्वस्थानीले । आगो हुर्हुरी बल्यो । त्यही उपलक्षमा पर्रर्रररर ताली बज्यो । चिया पकाईयो, पिईयो खित्रो वसालियो । पकाउँन अरुलाई भन्दा स्वस्थानी दिदीलाई नै आउँथ्यो । ऊ पकाउँनमा रमाईलो पनि मान्थी ।

 

हामीलाई झर्को । फेरि उसले भन्ने वित्तिकै अराएको काम मानेन भने साह्रो हातले बेस्मारी ढाँडमा हान्थी । अनि बुबालाई कुरा लाईदिन्छु भनेर थर्काउँथी । म थर्कन्थें पनि । बनभातमा चुङगी खेलियो । हाईजम्प, लङजम्प गरियो । थाल ठटाएर गीत गाईयो नाचियो । मल बोक्ने मेलो परेकाले शुशीला ठुलेमाले हामीलाई बीचमा आएर पकाउँन सघाउँ गर्नु भयो । एकपल्ट बुबा पनि आउँनु भएको थियो । के गरेछन् केटाकेटीले भनेर बुझ्न ।

 

हाम्रो प्रस्तुति पट्यारलाग्दो नदेखेपछि बुबाले काउलीको तरकारी चाखेर जानु भयो । हिड्ने बेलामा भन्नु भयो, ‘घर फर्कन ढिला नगर है । घाम अस्ताउँदा घर आईपुग्नु ।’ लास्टमा खीर पनि पाक्यो । सबै अघाए पनि खीर धेरै पाउँनेमा सबैको लोभ थियो । सबै थालमा दामासाही भाग लगाई स्वस्थानीले । भाँडोमा अलिकति राखी । उसको नियतमाथि शंका भए पनि मुख फोर्न कसैले सकेन । सबैले भाग अठ्यायौं । पहिलामा डाह भएको रैछ । पछि भाग हात परेपछि कसैले पनि बुत्याउँन सकेन ।

 

अरु त अरु विक्रमेले समेत भागको खीर वुत्याउँन सकेन । धेर कोठा खीर सबैले घरमा लगे । जुठो नहालेको खीर पनि भोर्लाको पातमा पोको पारेर घरको लागि बाँडियो । स्वस्थानीमाथि शंका निमिट्यान्न भयो । नाच्दैगाउँदै घर अवतरण गरियो । हामीले बनभातमा पकाएको खीर ममीलाई चखाएँ । बुबाले चाख्ने रहर गर्नु भएन । हल्का खीसीको भाषा ममीले ‘आफैंले पकाएको त खुब मीठो भयो होला नि १’ तर, घोर ब्यङ्ग्य थियो । किनकि, दुधको क्षमताभन्दा बढी चामल परेर खीर जरखट्टो भएको थियो । सारमा एउटा वनभात बयान हो, यो ।

 

पछि धेरै वटा बनभोज गईयो, अहिले पिकनिक गईन्छ । अहिले बफे सिस्टममा क्याटरिङवालाले पकाएको पुलाउ र आयातित सभ्यताको मधुप्याला पिएर मदहोश होईन्छ । तर, त्यो बेलाको जस्तो उमङ्ग हुँदैन । रमाईलो अनुभूति हुदैन । एक पटक फेरि, त्यस्तै बनभात खाने रहर छ । सायद पूरा हुँदैन होला...



Your Comment

थप समाचार

बार्सिलोनामा आक्रमण १३ जनाको मृत्यु, १ सय भन्दा बढी घाइते

  • 47 minutes ago
बार्सिलोनामा आक्रमण १३ जनाको मृत्यु, १ सय भन्दा बढी घाइते

स्पेन, भदौ २ । स्पेनको बार्सिलोनामा इस्लामिक स्टेट (आइएस)ले गरेको आक्रमणमा १३ जना मारिएका छन् भने एक सय जनाभन्दा बढी ब्यक्ति घाइते भएका छन् ।

आजबाट राजधानीमा साफ यू १५ फुटबल

  • 1 hour ago
आजबाट राजधानीमा साफ यू १५ फुटबल

काडमाडौं, भदौ २ । साफ यू १५ फुटबल च्याम्पियनसिप आजबाट राजधानीमा सुरु हुँदैछ ।

उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी सुरक्षा अधिकारीको भनाई

  • 1 hour ago
उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी सुरक्षा अधिकारीको भनाई

बेइजिङ, भदौ २ । उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी उच्च सुरक्षा अधिकारीले बिहीबार बताएका छन् ।


Loading...

भिडियो

hamropatro

नेपाल

साहसी सुस्ताबासीः तर सधैं दुखिरहन्छ नेपाली स्वाभिमान

साहसी सुस्ताबासीः तर सधैं दुखिरहन्छ नेपाली स्वाभिमान

काठमाडौं, भदौ १ । सुस्तामा प्रायः नेपाली स्वाभिमान दुखिरहेको हुन्छ । र, सुस्ताबासीले बारम्बार त्यासको प्रतिकार पनि गरिरहेका हुन्छन् । तर, सरकारीस्तरबाट दुखेको सुस्ताबासीको घाउमा मल्हम लगाउने कुनै ठोस प्रयास गरेको छैन ।

जीवनशैली

यी हुन् भिन्टी खाँद हुने सात फाइदा

यी हुन् भिन्टी खाँद हुने सात फाइदा

भिन्टी तरकारीमा सबैभन्दा बढी प्रयोग गरिन्छ । नेपालमा यसको धेरै परिकार समेत बनाइन्छ । अचार, तरकारी लगायत विभिन्न परिकारहरु भिन्टीबाट बनाइन्छ ।

विचित्र विश्व

कपाल हेरेर पत्ता लाग्छ महिलाको स्वाभाव, जान्नुहोस् कस्तो कपाल हुने महिला कस्ता

कपाल हेरेर पत्ता लाग्छ महिलाको स्वाभाव, जान्नुहोस् कस्तो कपाल हुने महिला कस्ता

एजेन्सी । कपालको सौन्दर्यता केवल आर्कषकको लागि मात्रै हुँदैन्, त्यसले तपाईंको व्यक्तित्व पनि झल्काउँछ । कपाल व्यक्तित्वको मानक पनि हो । व्यक्तिको विचार, स्वभाव र जीवनशैलीजस्ता कुराहरु उसको कपाल देखेर बुझ्न सकिन्छ ।