तपाइलार्इं पिनास हुन्छ ? ख्याल गर्नुुस् दिमाग नै पाक्न पनि सक्छ !

काठमाडौं, । विगत एक साता यता मौसम निकै चिसिएको छ । चिसो मौसममा रुघा खोकीले त सताउँछ नै, धेरैजसो मानिसलाई त पिनास नै पनि हुने गर्छ । चिसो मौसममा पिनासको जोखिम बढी हुन्छ । रुघा विग्रियो भने पनि पिनास हुन्छ । सामान्यतया, नामका किटानुको संक्रमण भयो भने पिनासको जोखिम हुन्छ । पिनासको पीडा पनि उत्तिकै चर्को हुन्छ ।

 

अझ पिनासको समयमा उपचार भएन भने त त्यसको असर आँखा र दिमागमा पनि पर्ने स्वाथ्यकर्मीहरु बताउँछन् । तर, कतिपय मानिसले पिनास विग्रिसक्दा पनि त्यसलाई रुघाकै रुपमा बुझ्ने गरेका हुन्छन । यतिबेलासम्म उपचार ढिलो भइसक्छ र अनावश्यक पीडा भोग्नुपर्ने हुन्छ ।

 

त्यसो त पिनासका केही लक्षणहरु हुन्छन जसलाई ख्याल गर्न सकियो भने यसबाट जोगिन सकिन्छ । जस्तै, नाक बन्द हुने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने जस्ता समस्या पिनासको लक्षण हुन सक्छन् । कतिपयको नाकबाट पहेलो पानी निरन्तर बग्यो भने पनि त्यसलाई पिनासको लक्षणको रुपमा बुझ्नुपर्छ ।

 

पिनासलाई लामो समयसम्म रहन दियो भने त्यसले सबैभन्दा पहिले आँखामा असर गर्छ । किनकी, आँखा नाकको सबैभन्दा नजिक हुन्छ । अझ पनि यसमा खेलाची गरियो र उपचारमा ध्यान दिइएन भने यसको असर दिमागका पुग्छ र यसले निकै गम्भिर समस्या निम्त्याउन सक्छ । यसरी दिमागमा पुगेको पिनासको कारण दिमाग नै पाक्ने पनि हुन सक्छ ।

 

कसरी जोगिने त पिनासबाट ?

 

पिनासको आशंका हुनसाथ त्यसको रोकथाममा लागि हाल्नुपर्छ । समयमै स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधि सेवन गर्ने हो भने पिनास चाँडै निको पार्न पनि सकिन्छ । तातोपानीको वाफ लिदाँ पनि पिनास कम हुन्छ । यदी पिनास धेरै नै जमेको छ भने इन्डोसाइकोसाइनेक्स सर्जरी गरेर नाकको प्वाल फराकिलो पारिन्छ र संक्रमणजन्य कुराहरु बाहिर निकालिन्छ ।

 

नाकको हड्डी बाङ्गो भएर पिनास भएको हो भने सर्जरी गरेर नाक नै सोझो बनाउनुपर्ने हुन्छ । कतिपय मानिसको जन्मजात नै नाक बाङ्गो हुने हुन्छ भने कतिपय अवस्थामा दुर्घटनामा परेर वा नाक ठोक्किदा पनि नाकको हड्डी बाङ्गीन सक्छ । यसरी नाकको हड्डी बाङ्गीदा पनि पिनास निम्तिने हुन्छ । त्यस्तो अवस्थामा अप्रेशन गरेर नै नाकको हड्डी सोझ्याउनु पर्छ ।



Your Comment

थप समाचार

एनआरएन सल्लाहकार डा. शर्मा र कोषाध्यक्ष थापालाई युथ इन्स्पाइरेसन अवार्ड

  • 3 hours ago
एनआरएन सल्लाहकार डा. शर्मा र कोषाध्यक्ष थापालाई युथ इन्स्पाइरेसन अवार्ड

लण्डन । गैरआवासीय नेपाली संघका सल्लाहकार डा. हेमराज शर्मा र कोषाध्यक्ष हिक्मत थापा युथ इन्स्पाइरेसन अवार्डले सम्मानित भएका छन ।

परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

  • 9 hours ago
परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

 काठमाडौँ, माघ २ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल कात्तिक-मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोस्रो वर्ष २०७३ आंशिकको संस

अब वाम गठबन्धनको नेतृत्वले संविधान परिष्कृत गर्दै लैजान्छ

  • 9 hours ago
अब वाम गठबन्धनको नेतृत्वले संविधान परिष्कृत गर्दै लैजान्छ

काठमाडौँ, माघ २ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वामपन्थीको नेतृत्वमा संविधानलाई परिष्कृत गर्दै लगिने बताएका छन् ।   अनेरास्ववियूद्वारा आयोजित दुईदिने


Loading...

भिडियो

hamropatro

नेपाल

परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

 काठमाडौँ, माघ २ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल कात्तिक-मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोस्रो वर्ष २०७३ आंशिकको संस्कृति, पत्रकारिता तथा आमसञ्चार र इतिहास विषयको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

जीवनशैली

हरेक रातमा ३ देखि ५ बजेको बीचमा निन्द्रा खुल्छ ? हुनसक्छ अन्जान शक्तिको यस्तो इशारा

हरेक रातमा ३ देखि ५ बजेको बीचमा निन्द्रा खुल्छ ? हुनसक्छ अन्जान शक्तिको यस्तो इशारा

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ ? चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ ।

विचित्र विश्व

पढ्ने खर्च जुटाउन भर्जिनिटी लिलाममा !

पढ्ने खर्च जुटाउन भर्जिनिटी लिलाममा !

एजेन्सी–राम्रो शिक्षा लिन आजकल जोकोही चाहान्छ । तर, पैसाको अभावमा मानिसले राम्रो शिक्षा लिनबाट बञ्चित हुने गरेको छ । राम्रो शिक्षा पाउनका लागि धेरै समस्याहरुको सामना गर्न पनि केही मानिसहरु पछि पर्दैनन् ।