‘एग्री टु डिसएग्री’ मोडेलमा एमालेसँग सहमति भएको प्रधानमन्त्रीको खुलासा

  • सोमबार, २५ पुष, २०७३
  • 2 months ago
  • नेपाल
फार्इल तस्विर

चितवन, २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख विपक्षी दल नेकपा (एमाले)सँग सहमति गरेर नै आइतबार संसद्मा संविधान संशोधनको प्रस्ताव पेस गरिएको दावी गरेका छन् ।

 

प्रेस सेन्टर चितवनले सोमबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमाले अध्यक्ष केपी ओली र आफ्नो बीचमा एकखालको सहमत भएर नै प्रस्ताव टेबल गरिएको बताए ।

 

प्रधानमन्त्री दाहालले भने–“उहाँहरुले विरोध गरिराख्ने, सरकारले प्रस्तावहरु टेबुल गर्ने भन्ने एकखालको सहमति भएकै हो” उनले थपे–“हामीले एग्री टु डिसएग्री ग¥यौँ । यो अन्तर्राष्ट्रिय रुपमा नै प्रचलन भएको तरिका हो ।”

 

बाहिर सञ्चारमाध्यममा भनिएजस्तो जबर्जस्ती प्रस्ताव टेबल नभएको भन्दै उनले केपी ओलीसँग आफूले एक घन्टा कुराकानी गर्दा समझदारी बन्न नसकेपछि यो सहमति भएको बताए ।

 

प्रधानमन्त्री दाहालले भने–“हामीबीचमा प्रक्रिया अगाडि बढाउनेतिर जाऔँ र विषयमा छलफल गर्दै गरौँ भन्ने सहमतिसँगै प्रस्ताव टेबल गरिएको हो । त्यसमा झुक्याउने केही कुरा छैन ।”

 

एमाले अध्यक्ष ओलीसँग गम्भीर रुपमा कुराकानी भएको भन्दै उनले देशलाई समझदारीका साथ अगाडि बढाउन सबै दल मिल्नुको विकल्प नभएको बताए ।

 

अरु सबै विषयमा सहमति, सहकार्य गरेर निर्वाचनसम्म जाने विषयमा पनि कुराकानी भएको उनले बताए । गृहमन्त्री अर्काे कार्यक्रममा व्यस्त भएकाले सभामुखले कानुन मन्त्रीलाई प्रस्ताव पेस गर्न भनेको पनि प्रधानमन्त्री दाहालले जानकारी दिए ।

 

दलहरुका बीचमा रहेको असहमति टुङ्गिने प्रक्रिया हिजोबाटै सुरु भएको पनि उनले बताउनुभयो । हिजै राष्ट्रपतिसँग तीन दलका प्रमुख नेताले लामो कुराकानी गरेको भन्दै प्रधानमन्त्रीले कुनै न कुनै उपाय खोजेर यो स्थितिलाई अगाडि बढाउने र निर्वाचनतिर देशलाई लैजाने भन्ने सहमति भएको बताए ।

 

बीचैमा सरकार छाड्दिन

 

अर्काे फरक प्रश्नमा प्रधानमन्त्री दाहालले पहिले झैँ बीचैमा आफूले नछाड्ने बताए । आफू कति महिना प्रधानमन्त्री हुने भन्ने विषय नभएको भन्दै उनले भने–“महिनासँग यो सम्बन्धित छैन, कामसँग सम्बन्धित छ । तर म सहमतिभन्दा बाहिर जान्नँ ।”

 

आफू रिबन काट्नमात्रै नहिँडेको बताउँदै उनले भने–“मेलम्चीबाट सुरु गरेको यात्रा हिल्सा र किमाथान्कादेखि देशका चारवटै कुनामा पुगेको छु । दोधारा चाँदनीको सुख्खा बन्दरगाहादेखि झापाको धानको सुपरजोन बनियानी हुँदै थाप्लेजुङको पाथीभरासम्म गएको छु ।”

 

उनी सोमबारबाट सुरु भएको चितवन महोत्सवलगायतका कार्यक्रममा सहभागी हुन चितवन पुगेका हुन् । रासस


Loading...

Your Comment


भिडियो


Related Post

प्रचण्डलाई टेन्सन, आफ्नै पार्टीको एउटा खेमा एमालेसँग मिलेको आरोप

  • 4 months ago
प्रचण्डलाई टेन्सन, आफ्नै पार्टीको एउटा खेमा एमालेसँग मिलेको आरोप

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टी माओवादी केन्द्रको एउटा खेमा एमालेसँग मिलेर वर्तमान सरकारलई असफल तथा बदनाम गर्न लागिपरेको भन्दै आक्रोश व्य

केपी ओली भन्छन्–‘छक्कापञ्जा चलचित्र मात्रै चल्छ, एमालेसँग चल्दैन’

  • 2 months ago
केपी ओली भन्छन्–‘छक्कापञ्जा चलचित्र मात्रै चल्छ, एमालेसँग चल्दैन’

काठमाडौं, ८ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग छक्कापन्जा नचल्ने बताएका छन् ।

पुलको कमाइ दसैँमा साढे १० लाख

  • 5 months ago
पुलको कमाइ दसैँमा साढे १० लाख

पर्वत । मुलुककै पहिलो व्यावसायिक यान्त्रिक पुल कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले यसबर्षको दसैँमा १० लाख ४१ हजार आम्दानी गरेको छ ।

hamropatro

नेपाल

आफ्ना कुरा सुन्न प्रधानमन्त्रीलाई संसदहरुको आग्रह

आफ्ना कुरा सुन्न प्रधानमन्त्रीलाई संसदहरुको आग्रह

काठमाडौँ, चैत्र १० । नेकपा माओवादी केन्द्र संसदीय दलका नेताहरुले आफ्ना आवाज सुन्न प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

 

सिहदरवारस्थित संसदीय दलको कार्यालयमा बिहिबार बसेको संसदीय दलको बैठकमा नेताहरुले प्रधानमन्त्री दाहालसँग यस्तो आग्रह गरेका हुन् । बैठकमा नेताहरुले लामो समयपछि मात्रै संसदीय दलको बैठक आह्वान गरिएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने माग राखेका थिए ।

जीवनशैली

विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

विवाह गर्नु एउटा ठुलो निर्णय लिनु हो । तर, कुनै ठाउँमा भने यो ठुलो मुस्किल समेत बन्ने गरेको छ । जापानका अविवाहित युवाहरु विवाह विवाहको लायक बन्न केही विशेष कुराहरु सिक्ने गर्छन् । जापानमा यो अचम्म लाग्दो परम्परालाई ‘इकुमेन’ भनिन्छ ।

विचित्र विश्व

महँगो पर्यो माया–प्रेमीद्वारा एसिड प्रहार

महँगो पर्यो माया–प्रेमीद्वारा एसिड प्रहार

दक्षिणपुर्वी संगम बिहार इलाकामा मायामा धोका भएको भन्दै एक युवकले १८ वर्षीय एक युवतीलाई एसिड हानेका छन् जसका कारण ती युवतीको हालत गम्भिर रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।