'अप्ठेरो परेर रोल्पा आएँ'–प्रधानमन्त्री दाहाल

तस्वीरः रासस

रोल्पा, फागुन ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धि र विकासबाट मात्रै संविधानले परिकल्पना गरेको समाजवादसम्म पुग्न सकिने बताएका छन् ।

 

रोल्पाको सदरमुकाम लिबाङमा शुक्रबार आयोजित प्रथम रोल्पा महोत्सव उद्घाटनको क्रममा प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् । विगतमा गरिएको त्याग तपश्या र बलिदानले युगान्तकारी परिवर्तन सम्भव भएको बताउँदै समानुपातिक समावेशी, सङ्घीयता, धर्म निरपेक्षता र गणतन्त्र बलिदानीको सम्पत्ति भएको उनले उल्लेख गरे।


राजनीतिक परिवर्तनमा उल्लेखनीय भूमिका खेलेको रोल्पा युद्ध पर्यटनको उच्च सम्भावना भएको जिल्ला भएको पनि उनले बताए । युद्धकालमा समेत कठिन र अप्ठेरा दिनमा रोल्पा आएर ऊर्जा थप्ने गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले भने, 'अहिले पनि संविधान कार्यान्वयनमा रोल्पालीको साथ सहयोग माग्न रोल्पा आएको छु ।'

 

अब क्रान्ति र आन्दोलनबाट भन्दा विकास निर्माणबाट समाजवादको आधार तयार गर्न सकिने नेकपा माओवादी (केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले बताए । एकथरी शक्ति सिंहदरबारको अधिकार गाउँसम्म पुग्न दिने पक्षमा नभएको र अर्कोथरी शक्ति पछाडितर्फ फर्कन खोजेको प्रधानमन्त्री दाहालको आरोप थियो ।


प्रधानमन्त्री दाहालसँगै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, पूर्व अर्थमन्त्री वर्षमान पुन पनि रोल्पा पुगेका छन् ।

 

रोल्पा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सव शुक्रबार उद्घाटन भई फागुनु १२ गतेसम्म चल्ने आयोजकले बताएका छन् । रासस



Your Comment

थप समाचार

विद्यालयबाट हराएका बालक अझै भेटिएनन्

  • 2 hours ago
विद्यालयबाट हराएका बालक अझै भेटिएनन्

काठमाडौँ, १३ साउन । बिहीबार राजधानीको विद्यालयबाटै हराएका एक बालकको अझै पत्तो लाग्न सकेको छैन । 

बार्सिलोनामा रेल दुर्घटना

  • 2 hours ago
बार्सिलोनामा रेल दुर्घटना

बार्सेलोना (स्पेन), १३ साउन । स्पेनको बार्सेलोनामा शुक्रबार बिहान रेल दुर्घटनामा परी ५६ जना यात्रु घाइते भएको जनाइएको छ । 



भिडियो

hamropatro

नेपाल

टाटा सुमो दुर्घटनामा चौध घाइते

टाटा सुमो दुर्घटनामा चौध घाइते

पाँचथर, साउन १३ । सदरमुकाम फिदिम नगरपालिका– ४ सारान्थामा केही बेरअघि भएको टाटा सुमो दुर्घटनामा १४ जना घाइते भएका छन् ।

जीवनशैली

यी ८ कुरामा ध्यान दिनुस् घरमा सधैँ सुख र शान्ति हुन्छ

यी ८ कुरामा ध्यान दिनुस् घरमा सधैँ सुख र शान्ति हुन्छ

एजेन्सी । बास्तु शास्त्रका अनुसार विभिन्न कारणले घरमा केहि न केहि नराम्रो भइरहेको हुन्छ । बास्तु नमिल्दा घर परिवारमा अशान्ति भइरहेको पाइन्छ ।