दोस्रो चरणको निर्वाचनमा एमालेलाई एक्ल्याउँछौं: प्रधानमन्त्री दाहाल

जेठ ८ भित्र प्रधानमन्त्रीले राजीनामा दिने

फाइल तस्वीर


काठमाडौं, जेठ २ । प्रधानमन्त्री पुष्पकमल दाहालले इमान्दारीपूर्वक कांग्रेस गठबन्धनको सरकारलाई लम्ब्याउने र दोस्रो चरणको निर्वाचनमा एमालेलाई एक्ल्याउने बताएका छन् ।

 

सोमबार दाहालले राष्ट्रिय जनता पार्टी(राजपा)का नेताहरुसँगको भेटमा उनले दोस्रो चरणको निर्वाचन कांग्रेससँगको गठबन्धन सरकारले नै गराउने बताएका छन् ।


दाहालको निमन्त्रणामा राजपाको अध्यक्ष मण्डलका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र महेन्द्र यादव भेटमा सहभागी भएका थिए ।


‘पहिलो चरणको निर्वाचनमा इमान्दारीपुर्वक कांग्रेससँग गठबन्धन गरेका छौं । दोस्रो चरणको निर्वाचनमा पनि इमान्दारीपूर्वक गठबन्धन गर्छौ, गठबन्धनमा बेइमानी गर्दैनौ र एमालेलाई एक्ल्याउँछौं’, दाहालको भनाई उदृत गर्दै राजपाका एक नेताले बताए ।


दाहालले भेटमा आफूले चाँडै पदबाट राजीनामा दिएर कांग्रेस नेतृत्वको सरकार गठनको लागि मार्गप्रशस्त गर्न लागेको पनि बताएका थिए । ‘दोस्रो चरणको निर्वाचन नयाँ सरकारले गराउँछ’, राजपाका नेताहरुसँग दाहालले भने, ‘तपाईहरु निर्वाचनमा सहभागी हुने वातावरण जसरी पनि मिलाउँछु ।’


एमालेले पहाडी अहंकारवाद झनै बढाउन खोजेकाले उसलाई एक्ल्याउनु परेको दाहालको तर्क थियो । उनले भने, ‘दोस्रो चरणको निर्वाचनमा एमालेलाई एक्लै पारेर अघि बढ्नुपर्छ भनेर नै हामीले कांग्रेसँग इमानदारीपूर्वक गठबन्धन गरेका हौं । यो गठबन्धनमा हामी इमान्दार बन्नेछौं ।’ राजपाका नेताहरुसँग प्रधानमन्त्री दाहाल एमाले विरुद्ध निकै आक्रामक रुपमा प्रस्तुत भएका थिए ।


यसैगरी, दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि सोमबार नै भेट गरेर आफूले चाँडै प्रधानमन्त्री पदबाट राजीनामा दिने जानकारी गराएका छन् । कांग्रेस स्रोतका अनुसार दाहालले ढिलोमा जेठ ८ गतेसम्ममा पदबाट राजीनामा दिइसक्ने वचन देउवालाई दिएका छन् ।


कांग्रेस माओवादीको गठबन्धन बन्ने बेलामा नै कांग्रेस र माओवादी केन्द्रले आलोपालो प्रणालीमा सरकार चलाउने लिखित सहमति नै गरेका थिए । भलै, दुवै पक्षले लिखित सहमति भने अहिलेसम्म सार्वजनिक गरेका छैनन् ।

 

उक्त सहमतिमा गत चैत्रभित्रमा दाहाल नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन गराउने र सत्ता कांग्रेसलाई हस्तान्तरण गर्ने विषय उल्लेख रहेको बताइएको थियो । तर, दाहाल सरकारले चैत्रमा स्थानीय तहको निर्वाचन गराउन नसकेपछि गत वैशाख ३१ गते तीन वटा प्रदेशका ३४ वटा जिल्लामा गरी पहिलो चरणको निर्वाचन सम्पन्न गरेको हो । बाँकी चारवटा १, २, ५ र ७ नम्बर प्रदेशको निर्वाचन यही जेठ ३१ गतेको लागि तोकिएको छ ।

 



Your Comment

थप समाचार

पोखराको बिजयपुरमा टाईम बम विस्फोट

  • 3 minutes ago
पोखराको बिजयपुरमा टाईम बम विस्फोट

पोखरा । पोखराको बिजयपुर खोलामा टाईम बम विष्फोट हुँदा पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन् ।

मोबाइल, ल्यापटपसम्बन्धी प्राविधिक बन्ने युवाहरुलाई समेट्दै एलाइन्स

  • 12 minutes ago
मोबाइल, ल्यापटपसम्बन्धी प्राविधिक बन्ने युवाहरुलाई समेट्दै एलाइन्स

काठमाडौं । विगत ८ वर्षदेखि काठमाडौंको पुतलीसडकमा रहेर बेरोजगारीको समस्याले जरा गाडेको अवस्थामा युवाहरुलाई दक्ष बनाई रोजगारीको अवसर प्रदान गर्दै आएको एलाइन्स ल्यापटप एण्

प्रचण्डको प्रष्टोक्तिः पाँच वर्ष ओली नै प्रधानमन्त्री

  • 13 minutes ago
प्रचण्डको प्रष्टोक्तिः पाँच वर्ष ओली नै प्रधानमन्त्री

काठमाडौं, फागुन ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पाँच वर्षका लागि केपी शर्मा ओली नै प्रधानमन्त्री हुने बताएका छन् । एक कार्यक्रममा सहभागी हुन चितवन पुगेका


Loading...

भिडियो

hamropatro

नेपाल

पोखराको बिजयपुरमा टाईम बम विस्फोट

पोखराको बिजयपुरमा टाईम बम विस्फोट

पोखरा । पोखराको बिजयपुर खोलामा टाईम बम विष्फोट हुँदा पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन् ।

जीवनशैली

वैज्ञानिकले गरे भविष्यवाणी, यति वर्षपछि पृथ्वीबाट हराउने छ मानव अस्तित्व

वैज्ञानिकले गरे भविष्यवाणी, यति वर्षपछि पृथ्वीबाट हराउने छ मानव अस्तित्व

उनले यसको विकल्प स्वरुप अर्को ग्रह खोज्नुपर्ने बताएका छन् । हकिङ्सले भनेका छन्,‘मलाई लाग्दैन कि अर्को ग्रह नखोजी पृथ्वीमा एक हजार सालसम्म मानिसहरु जीवित रहन सक्छन् ।’

विचित्र विश्व

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

एजेन्सी । अमेरिकी राष्ट्रपतिहरु कतिपय राजनैतिक चर्चाभन्दा पनि सेक्स स्क्याण्डलका कारण चर्चामा आए । उनीहरुको यही चर्चाले कतिपय राष्ट्रपतिहरु आलोचित छन् । सेक्स स्क्याण्डलको रहस्य खुलेपछि