"वाम गठबन्धनको बहुमत पुग्नु भनेको भ्यागुताले धार्नी उचाल्ने जस्तै" - प्रम देउवा

बाजुरा, मंसिर २ । नेपाली काँग्रेसका सभापति एवँ प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले जनताको अधिकारलाई रक्षा गर्न नसक्ने बताएका छन् । 

 

नेपाली काँग्रेस बाजुराको चुनावी आमसभालाई आज सम्बोधन गर्दै उनले वाम गठबन्धनको बहुमत पुग्नु भनेको भ्यागुताले धार्नी उचाल्ने जस्तै भएको संज्ञा दिएका हुन् ।

 

सभापति देउवाले काँग्रेस लोकन्त्रको रक्षाको गर्ने पार्टी भएकाले अबको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काँग्रेसलाई जिताउन सबैमा आग्रह गर्दै आफू फेरि प्रधानमन्त्री भएपछि सुदूरपश्चिमको विकासका लागि लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । 

 

थुप्रै सम्भावना बोकेको बाजुराको विकास र समृद्धिका लागि काँग्रेस बाहेकको विकल्प नभएको उल्लेख गर्दै उनले मार्तडी थामलेख सडक कालोपत्रे गर्ने बताए । 

 

प्रधानमन्त्री देउवाले प्रत्येक बाजुरावासीलाई उज्यालो बाजुरामा सहभागी गराउने र स्वास्थ्यको पहुँचमा पुर्‍याउने बताउँदै काँग्रेस नेतृत्वको वर्तमान सरकारले बाजुराको सडक, शिक्षा, स्वास्थ्य र विद्युतलाई बढी प्रथामकिता दिएको छ भन्नुभयो । 

 

सो अवसरमा काँग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले भने- “लोकतन्त्रको रक्षा नभए जनताको अधिकार सकिन्छ, त्यसैले लोकतन्त्रको रक्षाका लागि काँग्रेसलाई जिताउनुपर्छ ।”

 

वाम गठबन्धनले कुनै पनि हालतमा बहुमत ल्याउन नसक्ने उल्लेख गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा सेती लोकमार्ग र तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा कर्णाली करिडोर र साँफे मार्तडी पक्की बनाउन पहल भएको बताए । 

 

काँग्रेसका नेता अरुण प्रकाशसिंह राठोरले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन जनतम संग्रह भएकाले अव अधिनायकवादको अन्त्य गर्न बाजुरावासीलाई आग्रह गरे । 

 

प्रतिनिधिसभा सदस्यका उम्मेदवार कविराज पण्डितले बाजुराको विकासका लागि एक भएर लाग्ने बताउँदै अहिले वाम एकताले बाजुरामा कुनै प्रभाव नपारेको धारणा व्यक्त गरे । बाजुरामा भोकमरीको समस्या भएको हुँदा काँग्रेसले भोकमरी र बेरोजगारी अन्त्य गर्नेमा पनि उनले जोड दिए । 



Your Comment

थप समाचार

राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

  • 58 minutes ago
राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मार्कलबीचको बिहे आउंदो वर्ष सन् २०१८ को मे महिनाको १९ तारिखमा हुने भएको छ ।

आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

  • 5 hours ago
आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

नेपाल आइडलका शीर्ष ४ प्रतियोगी सागर आलेले यहि आइतबार डिसेम्बर १७ तारिखमा लण्डनको प्लमस्टिडमा प्रस्तुति गर्ने भएका छन् ।

शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

  • 5 hours ago
शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

काठमाडाैँ, मंसिर २९ । वाम गठबन्धनले प्रदेश नं. ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् ।    प्रदेश नं. ३ प्रदेशसभामा वा


Loading...

भिडियो

hamropatro

नेपाल

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

काठमाडौँ, मंसिर २९ । नेकपा (एमाले) का नेता तथा नवनिर्वाचित सांसद रामवीर मानन्धरले निर्वाचनपछि मुलुकमा लामो समयदेखि कायम रहेको राजनीतिक अस्थिरता र संक्रमणकालीन अवस्था अन्त्य हुन लागेको बताएका छन् ।

जीवनशैली

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

एजेन्सी । युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने समाग्रीभन्दा पनि केही घरेलु उपाय बढी फाइदाजनक हुने गर्छन् ।

विचित्र विश्व

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ–उनलाई क्रुर शासकको रुपमा विश्वभर परिचीत गराइएको छ । उत्तर कोरियामा के भइरहेको छ र के गर्दैछन् भन्ने विषयले हाल विश्वभर ठुलो चासो राख्ने गर्छ ।