संविधान संशोधन गरेरमात्रै भारत भ्रमण गर्न देउवालाई स्वराजको दबाव !

काठमाडौं, साउन २७ । प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधान संशोधन टुंगो लगाएरमात्रै भारत भ्रमणमा जान दबाव बढेको छ । विमस्टेक सम्मेलनमा भाग लिन काठमाडौं आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको भेटपछि देउवालाई संविधान संशोधन गरेर मात्रै भारत भ्रमण जान दबाव बढेको हो ।

 

भारतीय विदेशमन्त्री स्वराजले प्रधानमन्त्री देउवा र संशोधनको माग गरिरहेको राजपाका नेताहरुसँग भेटेर संविधान संशोधनलाई टुंगो लगाउन दबाव दिएको बुझिएको छ । स्वराजसँगको भेटपछि राजपा पनि संशोधन विधेयकउपर संसदमा प्रक्रिया अघि बढे चुनावमा सहभागी हुन सहमत भएको छ ।

 

स्वराजले संविधान संशोधनलाई टुंगो लगाएर मात्रै भारत भ्रमणमा आउन प्रधानमन्त्री देउवालाई अप्रतक्ष दबाव दिएपछि उनी त्यसैअनुसार अघि बढ्ने सुरमा छन् । भदौ सात गतेका लागि तय भएको भारत भ्रमणअघि नै संशोधनलाई किनारा लगाउन देउवा लागि परेका छन् ।

 

अबको एक÷दुई दिनभित्रै संशोधन प्रक्रिया अघि बढे पनि उक्त विधेयक पारित हुने सम्भावना भने एकदमै कम छ । किनकि, प्रमुख प्रतिपक्षी नेकपा एमाले, राप्रपा नेपाल, माले, जनमोर्चा, नेमकिपालगायतका दलहरु संशोधन प्रस्तावको विपक्षमा छन् । यो स्थितिमा संविधान संशोधन विधेयक पारित नहुने निश्चितप्रायः छ । किनकि, उक्त विधेयक पारित गर्न दुई तिहाई मतको आवश्यकता पर्छ ।



Your Comment

थप समाचार

 बेलायतका ग्रयाजुएट नेपाली उद्यमीहरुको वार्षिक सम्मेलन

  • 17 minutes ago
 बेलायतका ग्रयाजुएट नेपाली उद्यमीहरुको वार्षिक सम्मेलन

लण्डन । बेलायतबाट डिग्री पूरा गरी विभिन्न उद्यममा लागेका नेपालीहरुको संस्था ग्रयाजुएट इन्टरप्रेनर्स नेप्लिज सोसाइटी (जेन्स) यूकेको वार्षिक सम्मेलन सम्पन्न भएको छ ।

बे लिफ रेष्टुरेन्ट ब्रिटिश करी अवार्डको उत्कृष्ट चारमा

  • 32 minutes ago
बे लिफ रेष्टुरेन्ट ब्रिटिश करी अवार्डको उत्कृष्ट चारमा

लन्डन । बेलायतको वकिंगस्थित ग्रेसट भिलेजमा अवस्थित नेपालीद्वारा सञ्चालित इण्डियन रेष्टुरेन्ट द बे लिफ यस वर्ष ब्रिटिस करी अवार्डसको फाइनलिष्टमा पर्न सफल भएको छ ।

वतानिया एयरवेज्ले सुरु गर्यो काठमाडौंदेखि कुवेतका लागि सिधा हवाई सेवा

  • 36 minutes ago
वतानिया एयरवेज्ले सुरु गर्यो काठमाडौंदेखि कुवेतका लागि सिधा हवाई सेवा

काठमाडौं, मंसिर २७ । कुवेतको निजी स्वामित्वमा रहेको वतानिया एयरवेजले डिसेम्बर १३ देखि त्रिभूवन अन्तरराष्ट्रिय विमान स्थलमा आफ्नो सेवा सञ्चालनमा ल्याउने भएको छ । सेवा सञ्चालन संगै वतानिया एयरवेज् कुवेत


Loading...

भिडियो

hamropatro

नेपाल

अमेरिकामा एकै परिवारका ३ जना भुटानी शरणार्थीको मृत्यु

अमेरिकामा एकै परिवारका ३ जना भुटानी शरणार्थीको मृत्यु

काठमाडौँ, मंसिर २७ । अमेरिकामा नेपाली मूलका एक परिवारका तीन सदस्यको सडक दुर्घटनामा परी मृत्यु भएको छ । झापाको बेलडाँगी शरणार्थी शिविरबाट अमेरिका गएका थिए ।

जीवनशैली

अमेरिकामा रिपब्लिकनलाई ठूलो धक्का

अमेरिकामा रिपब्लिकनलाई ठूलो धक्का

बिबिसी । अमेरिकामा सत्तारुढ रिपब्लिकन पार्टीलाई निराश बनाउँदै डेमोक्र्याटिक पार्टीका एक जना नेता अलाबामा राज्यको सिनेट सदस्यमा निर्वाचित भएका छन्।