कविता- खै के खै के तिम्रो र मेरो जात

 

श्रम त मेरै बावुबाजेले गरेका हुन् तिमीले होईन,
फाटेको फरियामा रगत बगाउने मेरै आमा हुन्
तिम्री स्वास्नी होइनन्
तर लहलह धान फल्ने सीमसारहरु
हरिया मकै फल्ने अब्वल बारीहरु तिमै मौजा भए
जिन्सी र नगद तिम्रै भण्डारका सौदा भए ।
अन्न–धन्न सबै तिम्रै ढिकुटीमा गए
म भने तिम्रो घुर्यानमा, खोलाको किनारमा
बारीको डिलमा, पहाडको सिरानमा
आज बास माग्दै भौतारिइरहेछु
जीवनमात्रै सिंगो छ, नाङ्गा मेरा हातहरु
नसोध मेरो जात
खै के खै के आज म भइरहेछु ।।

 

मेरा हजुरवालाई जीवनभरी तिम्रै चरुवा बनायौ
हजुरआमालाई भने कोपरा ठमायौं ।
मेरा बालाई तिम्रा खल्यानका हली बनायौं
तिमीे आफूले भने श्रमै नगरी ढुलीमिुली गर्यौ ।
मेरी आमाको सुन्दर जवानीमाथि फेरि आँखा गाड्यौ
तिम्रो प्रतिकार गर्दा मेरा बाबुलाई कोर्रा लगायौ
घोडाको टाँपले कुल्च्यौ अनि उनको नृशंस ज्यान लियौ ।
मेरी कलकलाउँदी दिदीको जवानीमा र्याल काड्दै
निरिह त्यो शरीरमा आततायी हातहरुले नङ्ग्य्रायौ ।
रगताम्मे बनाई उनको वदन लुट्यौ
अनि मलाई राँडीको नासो, दासको सन्तान भनी
मेरा सबै धनदौलत लुट्यौ र ज्ञानबाट विमुख पार्यौ ।
तिमीले मेरो भाग हर्यौ, लाज लुट्यौ अनि मालिक बन्यौं
तिमीले मात्रै शिक्षा पायौ, शिक्षित भयौ
तिम्रै लागि मात्र खुल्ला भए प्रगतिका ढोकाहरु
दीक्षाको बदलामा मेरो ज्ञान लुट्यौं
फेरि श्रममा मार्यौ, भ्रममा फसायौ,
के हो तिम्रो जात
खै के खै के, गर्नुसम्म गर्यौ ।

 

तिम्रा पाउदेखि शीरसम्मका सुन्दरताका कवचहरु
युद्धका माल र ढालहरु,
श्रम र सीपका मेरा कलाहरु
मैले कमाउने गोल्साराहरु,
करेशाहरु,
झिटी झ्याम्टाहरु,
तिम्रै तमसुकमा सहीछाप लागे
तिमीले जमाउने, मैले रमाइदिनुपर्ने
तिमीले खाने मैले पसिना बगाईदिनुपर्ने
तिमीले लिने मैले मात्र दिने
मैले दान मान दिए स्वर्गमा तिम्रो पुण्य हुने ?
सबैलाई ज्ञात भइसक्यो तिमी अपराधी हौ
विज्ञानको वेदलाई धर्म बनायौं
धर्मलाई तिम्रै धोती अनुकुल बयान गर्दै
मनुस्मृती बनायौ ।
त्यही मनुस्मृतिलाई सिरानीमा हालेर
मलाई दुषित र तुच्छ तुल्यायौ
आफुले आफैंलाई देवता घोषित गर्यौ ।
खै के खै के, कस्तो कानुन बनायौ ?

 

तिमीलाई मेरो धुरीमा पाकेको फर्सी पनि सह््य हुदैंन
मेरो गोठ्मा ब्याएको भैसी उम्काउन पनि भय हुदैंन
मेरो आँगनको परालको कुन्यौ देख्दा तिमीमा छटपटी हुन्छ
मेरो स्वास्नीको सुन्दर जवानीले तिम्रो मुटु कम्पन्छ ।
अड्डा अदालत,
प्रहरी र प्रतिष्ठानमा
प्रशासनमा
राजनीतिमा
संचार र न्यायमा
जतासुकै आज तिम्रै कब्जा
मेरो त पढ्ने जिव्रो नै थुतियो,
ज्ञान सुन्ने मेरा कानमा तातो तेल हालियो
त्यसैले त आज तिमी सधैं गुरु, म सधै चेला,
तिमी न्यायधीस म सधैं अपराधी भए,
तिमी पुलिस म चोर भए,
तिमी नेता भयौ म कार्यकर्ता भए,
तिमी हाकीम भयौ, म कारिन्दै रहेँ
तिमी कर्मचारी म वेकारी
तिमी नै त्वमेवः माता च पिता त्वमेवः भयौ
तिमी नै बढा जात
खै के खै के थिती कस्तो बसायौ ?

 

हामीले रगत बगायौ
यो देशलाई जीवन कुर्वानी दियौं
तर हामी नै हली गोठालो,
बेरोजगार,
गरिव,
सर्वहारा,
आवरा र हत्यारा भयौं ।
हेर आज देश जलिरहेको छ, मानवता मरिरहेको छ
दायाँ वायाँ हेर
गिद्धहरु नंग्रा फिजाएर,
र्याल काडेर
मुख चुच्चो बाएर
दागा धरीरहेका छन्
जसको कारण तिमी नै हौ
तिमीले बनाएको रिती हो,
विधि हो ।
जुन केवल तिम्रा लागि छन्
हाम्रा लागि छैनन् ।
इतिहासलाई सम्झेर गम्दा
तिमीलाई जिउँदै झुण्ड्याएर गाड्दा पाप लाग्दैन ।
तिम्री छोरी–बुहारीलाई नङ्ग्याउँदा अधर्मी होईदैन
तिम्रो ढुकुटी लुट्दा कुनै फरक पर्दैन
किनकी तिमीले हिजो जो गर्यो आज म सोही गर्दैछु ।
तिमी र मेरो जीवनको साँध छुट्टिएको छ
तिमीले मलाई अधर्मी, अछूत र अजात देख्यौ
म पनि तिमीलाई
जातिवादी सामन्त दलाल,
लुटाहा र फटाहा देखिरहेको छु
खै के खै के, म आज सोचिरहेछु ।

 

भैगो, म त्यसो गर्दिन
किनकी म तिमीजति अधर्मी छैन,
पापी होईन, तिमी झैं वैगुनी पनि छैन ।
निकृष्ठ जातिवादी पनि होईन
त्यसैले तिम्रो पुर्खाको प्रतिशोध लिन्न
भैगो तिमीलाई माफ भयो
म प्रतिशोध लिन्न
अब हामी जातिको कुरा नगरौं
पार्टीका लागि नलडौ
माटोको कुरा गरौ
संगसंगै हिड्ने बाटोको बात गरौं
शान्ति जप गरौं
लौ अब जातीको हुँकार नगर
साझा कुरा गर,
समान ब्यवहार गर
समानताको कवुल गर ।
इतिहाससँग माफी माग
भैगो तिमीलाई माफ गरिदिएँ
कुण्ठित गाँठो खोलेर आऊ
हात समाऊ अङ्गालो हाल
किनकी अब नयाँ इतिहास कोर्नु छ
देश त तिमी र मैले नै बनाउनु छ
अब समृद्धिको कुरा गरौं
लौ आऊ हात मिलाऔं ।।

 

 



    Your Comment

    थप समाचार

    मुस्ताङको रमणीय दृश्यहरुमा खिचिएको गायक लवटको ‘माया मेरी साह्रै राम्री’ (भिडियोसहित)

    • 15 minutes ago
    मुस्ताङको रमणीय दृश्यहरुमा खिचिएको गायक लवटको ‘माया मेरी साह्रै राम्री’ (भिडियोसहित)

    काठमाडौँ, असोज ८ । ‘टोखा बजार’का गायक वीर कृष्ण लवटको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायक लवटको ‘माया मेरी साह्रै राम्री’ गीतको भिडियो सामाजिक सञ्जाल युट्युव मार्फत रि

    सराङगकोटी एनआरएन यूकेको प्रवक्ता

    • 18 minutes ago
    सराङगकोटी एनआरएन यूकेको प्रवक्ता

    एनआरएन यूकेले रमेश सराङगकोटीलाई प्रवक्ता नियुक्त गरेको छ ।

    होस् गर्नुस्, दशैँको मौका छोपी बढी भाडा लिए हुन्छ यस्तो कडा कारवाही

    • 4 hours ago
    होस् गर्नुस्, दशैँको मौका छोपी बढी भाडा लिए हुन्छ यस्तो कडा कारवाही

    काठमाडौँ, असोज ८ । दशैँको अवसर छोपी सार्वजनिक यातायातमा टिकटमा कालाबजारी गर्ने, तोकिएभन्दा बढी भाडा लिने र राज्यले सहुलियत दिएकालाई सहुलियत नदिएमा कडा कारवाही हुने भएको छ ।


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    होस् गर्नुस्, दशैँको मौका छोपी बढी भाडा लिए हुन्छ यस्तो कडा कारवाही

    होस् गर्नुस्, दशैँको मौका छोपी बढी भाडा लिए हुन्छ यस्तो कडा कारवाही

    काठमाडौँ, असोज ८ । दशैँको अवसर छोपी सार्वजनिक यातायातमा टिकटमा कालाबजारी गर्ने, तोकिएभन्दा बढी भाडा लिने र राज्यले सहुलियत दिएकालाई सहुलियत नदिएमा कडा कारवाही हुने भएको छ ।

    जीवनशैली

    महिनावारी अनियमित हुन्छ ? नियमित गराउन गर्नुस् यी घरेलु उपायहरु

     महिनावारी अनियमित हुन्छ ? नियमित गराउन गर्नुस् यी घरेलु उपायहरु

    एजेन्सी । अनियमित महिनावारीलाई चिकित्सकीय भाषामा ‘ओलिगोमेनोरिया’ भनिन्छ, जुन अधिकांश महिलाहरूका लागि साझा समस्या बन्दै आएको छ।

    विचित्र विश्व

    एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

    एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

    मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ