नजन्मेको छोरो !

कविता 



दिन र रात नभनी

घाम र पानी नभनी

सजिलो र अफ्टेरो नभनी

बालपन र बैँस नभनी

निन्द्रा, भोक र प्यास नभनी

केही केही नभनी

खटेकै छु त आमा

बश तिमी खुशी हुन्थ्यौ कि भनी

अनि तिमी सुखी हुन्थ्यौ कि भनी

 

कतै नझुक्ने तिम्री छोरीको यो शिर

झुकाकै छु त तिमीले पुज्ने दैवसङ्ग

किन थाह छ आमा ?

तिम्रै सुस्वास्थ्य र दिर्घायुको आशामा !

 

तिम्रो नजन्मिएको छोरो बन्न

भन न आमा मैले अझ के के गर्नुपर्छ ?

 

अब त मुडुलिन मात्र बाँकी छ र

फ्याक्न बाँकी छ यो नाकको फुली !

 

भनन आमा तिम्रो नजन्मेको छोरो बन्न

मैले अझ अरू के के गर्नुपर्छ ?

कि काटिदिउ यो वक्षस्थल ?

र, शल्यक्रिया गरेर परिबर्तन गरौ लिङग नै ?

 

 



    Your Comment

    थप समाचार

    विद्यालयबाट हराएका बालक अझै भेटिएनन्

    • 2 hours ago
    विद्यालयबाट हराएका बालक अझै भेटिएनन्

    काठमाडौँ, १३ साउन । बिहीबार राजधानीको विद्यालयबाटै हराएका एक बालकको अझै पत्तो लाग्न सकेको छैन । 

    बार्सिलोनामा रेल दुर्घटना

    • 2 hours ago
    बार्सिलोनामा रेल दुर्घटना

    बार्सेलोना (स्पेन), १३ साउन । स्पेनको बार्सेलोनामा शुक्रबार बिहान रेल दुर्घटनामा परी ५६ जना यात्रु घाइते भएको जनाइएको छ । 



    भिडियो

    hamropatro

    नेपाल

    टाटा सुमो दुर्घटनामा चौध घाइते

    टाटा सुमो दुर्घटनामा चौध घाइते

    पाँचथर, साउन १३ । सदरमुकाम फिदिम नगरपालिका– ४ सारान्थामा केही बेरअघि भएको टाटा सुमो दुर्घटनामा १४ जना घाइते भएका छन् ।

    जीवनशैली

    यी ८ कुरामा ध्यान दिनुस् घरमा सधैँ सुख र शान्ति हुन्छ

    यी ८ कुरामा ध्यान दिनुस् घरमा सधैँ सुख र शान्ति हुन्छ

    एजेन्सी । बास्तु शास्त्रका अनुसार विभिन्न कारणले घरमा केहि न केहि नराम्रो भइरहेको हुन्छ । बास्तु नमिल्दा घर परिवारमा अशान्ति भइरहेको पाइन्छ ।