केशवराज जोशीको दमदार कविताः कमरेड ! माफ गर, म जनयुद्ध दिवस मनाउदिनँ

कमरेड मलाई माफ गर,

 

म जनयुद्ध दिवस मनाउन सक्दिनँ
सयौं योद्धाहरु कहाँ हराए पत्तो छैन,
संगैका सहयात्री कति टुक्रा भए गनीसाध्य छैन
तिम्रै रगतले लतपतिएको गणतन्त्र अनि यो परिवर्तन
सोच्छु निकै प्रिय लाग्छ, वाह भन्न मन लाग्छ ।


तर कमरेड,,
सयौं बालकृष्णहरु गणतन्त्रकै लागि लडेबापत
अपराधी बनेर नख्खु कारागारमा बस्छन् भने
हिजो मर्न र मार्न आदेश दिने नायकहरु
पजेरो र सरकारी सुविधामा रम्दै गर्दा
वेपत्ता दाजु सम्झेर मेरी आमा पलपल भक्कानिँदै
मलाई सोध्छिन्,बाबु तिम्रो दाजु कहिले आउछ ?
म निशब्द छु ।


कमरेड,
हिजोका सर्वहारा नेता आज सर्पहारा भए
नपत्याए हेर,हिजो ढिँडो र खोले खाँदै क्रान्तिको नेतृत्व गर्नेहरु
आज कहाँ छन ?
जनताको घर नै हाम्रो घर,हाम्रो सम्पत्ति नै पार्टीको सम्पत्ति भन्नेहरु
आज,कोही सानेपा,कोही लैनचौर अनी कोही ठमेलमा घर किनीरहेको देख्छु
हिजो अनुशासन र सासंस्कृती क्रान्तिको रटान गर्नेहरु
साझ नपर्दै वेश्यालय,डिस्को र दोहरीमा भेटिन्छन् ?
हिजा मसंगै लडेको राधे गाउँमा पजरो लिएर जान्छ
भोजभतेर गर्छ,पैसा बाड्छ अनि गुट बनाउदै नेता हुन्छ
अनी फेरि मेरी आमा सोध्छिन्
बाबु तिम्रो यस्तो दिन कहिले आउछ ?


म आमालाई कसरी भनु,आमा हाम्रै दाजुको रगत बेचेर
हाम्रै स्वाभिमान लिलामी गरेर,गाउका सारा सपना बेचेर
उनीहरु नेता हैनन्,ठेकेदार भए भनेर
त्यसैले कमरेड,
जनयुद्ध अब जनयुद्ध रहेन
धनयुद्ध भैसक्यो
हिजोको क्रान्ति,अनी सपना एकादेशको कथाजस्तै
सुन्नेलाई प्रिय लाग्ने तर भोग्नेलाई
कसरी भनु कमरेड,
जनमुक्ती सेनाका अयोग्य भनेर निकालिएका योद्धाहरु
आज अरबका खाडीमा छन्
उनीले देखेको क्रान्ति त्यो थिएन,चाहेको त्यो परिवर्तन थिएन
शरीरमा छर्रा भएकाहरुको हिसाब कसले गर्ने
कमरेड,हिजोआज सबै परिर्वतन भइसक्यो
जनयुद्ध धनयुद्ध भयो


युद्धको व्याज खाएर कोही व्वासा भए,कोही सुँगुर भए
तिमी आफै भन उनीहरुले जनयुद्ध जिन्दावाद भनेर
जनयुद्ध दिवस मनाउँदै गर्दा
म मेरी आमा,भाउजु र बहिनीले के भनेर सम्झाउ
त्यसैले कमरेड,मलाई माफ गर
म जनयुद्ध दिवस मनाउन सक्दिनँ ।



Your Comment

थप समाचार

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

  • 1 hour ago
सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

  • 2 hours ago
कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । 

माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

  • 2 hours ago
माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओली र माधव नेपालले तोकेको बरियता कुनै पनि हालतमा नमान्ने बताएका छन् ।


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

जीवनशैली

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

तपाईले हारवर्ड विश्वविद्यालयको नाम सुन्नु भएको छ, प्रिन्सटन विश्वविश्वविद्यालयको नाम सुन्नु भएको छ । तर कहिल्यै यो विश्वविद्यालयको अवधारण कहाँबाट आएको हो त्यो बारे भने धेरै जना अनविज्ञ छन् ।

विचित्र विश्व

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एजेन्सी । बंगलादेशमा विश्वको त्यस्ता मुस्लिम राष्ट्रहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता दिइएको छ । बंगलादेशमा टंगेल जिल्लामा रहेको सबैभन्दा पुरा बेश्यालय हो कन्दापारा बेश्यालय ।