अनेसास सुप्रमा पुरस्कार २०१७ कवि पोखरेललाई

  • सोमबार, २ साउन, २०७४
  • 2 months ago
  • युके
कवि पोखरेल

लण्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूकेले कवि दुर्गाप्रसाद पोख्रेललाई अनेसास सुप्रमा पुरस्कार - २०१७ द्वारा पुरस्कृत गर्ने घोषणा गरेको छ।

 

कवि पोखरेलको 'अक्षरका पाइलाहरू´ कविता सङ्ग्रहलाई वर्षकै उत्कृष्ट कृति रहेको ठहर गर्दै उनलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो।

 

भानु जयन्तीको अवसर पारेर अनेसास बेलायतले यहि जुलाई २३ का दिन लण्डनको अल्पाटनमा गर्ने कार्यक्रममा कवि पोखरेललाई यो पुरस्कार प्रदान गरिनेछ ।

 

पुरस्कारस्वरूप नगद २ सय ५१ पाउण्ड नगद र प्रशंसापत्र प्रदान गरिने अनेसास यूकेले बताएको छ ।

 

बेलायतमा बस्दै आएका कवि पोखरेलका 'अमृतका थोपा' र 'अक्षरका पाइलाहरू' गरी दुई कृति प्रकाशित छन् ।

 

हरेक बर्ष बेलायतमा रहेर सृजना गरिएका कृतिहरू मध्ये एक उत्कृष्ट कृतिलाई पुरस्कृत गर्ने गरी स्थापित उक्त अनेसास-सुप्रमा पुरस्कार यस अघि २०१४ मा कवि मुकेश राईलाई , २०१५ मा कवि केदार सुनुवार `सङ्केत´ लाई तथा २०१६ मा कथाकार कृष्ण बजगाईलाई प्रदान गरिएको थियो ।


बेलायती नेपाली डायस्पोराका आदिकवि ईश्वर मानन्धरबाट सन् २०१२ मा वहाँको बुवा स्व. सुन्दर प्रसाद मानन्धरको स्मृतिमा स्थापित सो पुरस्कारलाई कवि मानन्धरको स्वर्गारोहणपछि उनकी धर्मपत्नी जानकी मानन्धर तथा परिवारबाट निरन्तरता दिईएको छ।



    Your Comment

    थप समाचार

    राणा र थापाको चेपुवामा कोमल वली, छिट्टै एमाले प्रवेश गर्ने

    • 6 minutes ago
    राणा र थापाको चेपुवामा कोमल वली, छिट्टै एमाले प्रवेश गर्ने

    काठमाडौं, असोज ७ । केही महिनाअघि राप्रपा नेपाल मार्फत राजनीतिमा सक्रिय बनेकी गायिका कोमल वली अब उक्त पार्टी परित्याग गरी एमाले प्रवेशको तयारीमा छन् ।

    आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

    • 1 hour ago
    आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

    एजेन्सी । शरीरका अंगबारे अध्यन गर्ने समुन्द्र शास्त्र ज्योतिष विज्ञानको एक हांगो हो । यसले हाम्रो शरीरका विभिन्न भागका बनौट र त्यसको अर्थबारे जानकारी दिन्छ ।

    पहिरो खस्दा कार र ट्रक पुरिए, २ यात्रुको मृत्यु

    • 1 hour ago
    पहिरो खस्दा कार र ट्रक पुरिए, २ यात्रुको मृत्यु

    बुटवल, असोज ७ । रुपन्देहीको सिद्धबाबा सडक अन्तरगत तिनाउ गाउँपालिकास्थित दोभानमा पहिरो खस्दा एउटा कार र ट्रक पुरिएका छन् । पहिरोका कारण यात्रामा रह


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

    त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

    नवलपरासी, असोज ७ । महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् ।

    जीवनशैली

    आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

    आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

    एजेन्सी । शरीरका अंगबारे अध्यन गर्ने समुन्द्र शास्त्र ज्योतिष विज्ञानको एक हांगो हो । यसले हाम्रो शरीरका विभिन्न भागका बनौट र त्यसको अर्थबारे जानकारी दिन्छ ।

    विचित्र विश्व

    एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

    एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

    मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ