पोखरामा सुदूरपश्चिम गुन्जिने

हेमन्त विवशको एकल कविता वाचन

काठमाडौं, भदौ २७ । डोट्याली कवि हेमन्त विवशको असोज ५ गते घटस्थापनाका दिन पोखरामा एकल कविता वाचन हुने भएको छ । कवितामा मानवीय पीडाका गहिराईभित्र आस्था अड्याउने ठाउँ खोज्दै हिँडेका कविले उक्त अबसरमा सुदूरका साँस्कृतिक नाचगान, पर्व र मिथकबारे समेत बोल्ने छन् ।


एकल वाचनको मेसो अलमियाँ लोक वाङमय प्रतिष्ठानले मिलाएको हो । नेपाल पर्यटन बोर्डको हल पार्दिमा बिहान आयोजना हुने कार्यक्रममा विवशले छन्द र गद्यका डेढ दर्जन कविता सुनाउने भएका छन् । उनलाई कविहरु अमृत सुवेदी र विर्सना बस्नेतले सघाउने छन् । र, अन्त्यमा कविहरु प्रकट पगेनी शिव र पद्मराज ढकालले विवशको प्रस्तुतिमाथि टिप्पणी गर्नेछन् ।

 

प्रतिष्ठानका तर्फबाट प्रमूख अतिथि शिक्षाविद् जोर्ज जोनले कविलाई पोखराको साँस्कृतिक कोसेली सारंगी हस्तान्तरण गरेसँगै एकल वाचन शुभारम्भ हुनेछ । ‘कवितामा सुदूरपश्चिम बोकेर हिँडेका कविको सम्मानमा हामीले कार्यक्रम गर्न लागेका हौं‘, प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले भने, ‘पोखरामै बसेर सुदूरपश्चिमको स्वाद चाख्न पाइनेछ ।’

 

विवश सुदूरपश्चिमको साँस्कृतिक अध्येता पनि हुन् । उनका खोजमुलक रचनाहरु राष्ट्रिय दैनिक पत्रिकाहरुमा प्रकाशन हुँदै आएका छन् । उनको एकल वाचनलाई खिचेर युट्युव भिडियो बनाउने आयोजकले जनाएका छन् ।

 

पोखरामा जीवनकै पहिलो एकल वाचनको तयारीमा जुटेका विवश उत्साहित छन् । ‘कविशिरोमणि लेखनाथ पौड्याल, जनकविकेशरी धर्मराज थापा, लोककवि अलिमियाँदेखि सरुभक्त, हरिदेवी कोइराला, दूर्गा बराल जस्ता महान स्रष्टाको जन्मथलोमा कविता सुनाउन पाउनु ठूलो अबसर होे’, उनी भन्छन्, ‘पोखरेली सुवासले साहित्यिक जीवनमा नयाँ उर्जा थपिनेमा आशावादी छु ।’

 

विवशका स्रमाई, असौजको जून र यादै जनमभरि गरी तीन वटा गीति एल्बम, आफ्नै मनसँग र सैपालको आँगन कवितासँग्रह, तथा कथा एउटै तिम्रो मेरो प्रकाशित छन् । रेडियो नेपालबाट विसं २०६८ सालका लागि उनले उत्कृष्ट गीतकारको पुरस्कार पाएका थिए । उनका तीन दर्जन गीत रेर्कडेड भैसकेका छन् ।

 

कार्यक्रम सपल बनाउन रैका ट्राभल्स, नेपाल पर्यटन बोर्ड पोखरा, गजल सन्ध्या पोखरा, डोट्याली समाज पोखरा, कन्सेप्ट नेपाल र हेलो इन गेष्ट हाउस पोखराले प्रतिष्ठानसँग सहकार्य गर्दैछन् ।

 



Your Comment

थप समाचार

राष्ट्रिय पुरुष फुटबल प्रतियाेगिताको उपाधी पुलिस क्लबलाई

  • 5 minutes ago
राष्ट्रिय पुरुष फुटबल प्रतियाेगिताको उपाधी पुलिस क्लबलाई

दाङ, माघ ७ । दाङमा गत माघ २ गतेदेखि सञ्चालन भएको २८ औं राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ ।

गोरखा उवासंघको अध्यक्षमा जिवनज्योतीले गरे उम्मेदवारी घोषणा

  • 17 minutes ago
गोरखा उवासंघको अध्यक्षमा जिवनज्योतीले गरे उम्मेदवारी घोषणा

गोरखा, माघ ७ । गोरखा उद्योग वाणिज्य संघको आगामी कार्यकालको लागि जिवनज्योती श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

एकाएक किन फिर्ता भयो दाङको आम हड्ताल ?

  • 36 minutes ago
एकाएक किन फिर्ता भयो दाङको आम हड्ताल ?

दाङ, माघ ७ । सरकारले सात वटै प्रदेशका अस्थायी मुकाम तोक्नुभन्दा पहिलेदेखि नै दाङमा चर्किएको आन्दोलन अन्ततः बिना निष्कर्ष टुङ्गिएको छ । प्रादेशिक राजधानी सरोकार समिति हुँदै र


Loading...

भिडियो

hamropatro

जीवनशैली

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।