युवासंघ अध्यक्ष पहारीको वडामा कांग्रेस विजयी

पोखरा, जेठ ३ । नेकपा एमाले निकट युवा संघका अध्यक्ष रजिव पहारीको आधार क्षेत्रमा नेपाली काँग्रेसले झन्डा गाडेको छ । वितगमा एमालेको पकड मानिएको उक्त क्षेत्रमा यसपालि कांग्रेस विजयी भएको हो ।

 

पहारी पोखरा लेखनाथ महानगर पालिका वडा नम्बर ६ लेकसाईडमा उनको घर छ । उनी त्यहींका मतदाता समेत हुन् । एमालेको आधार मानिने उक्त वडामा कांग्रेसले वडाअध्यक्षमा जित निकालेको हो । त्यसैगरी मेयर पद र उपमेयर पदमा समेत उक्त वडाबाट कांग्रेसले धेरै मत प्राप्त गरेको छ ।

 

३ हजार २ सय मतदाताले मतदान गरेको वडा नम्बर ६मा कांग्रेसका वडाध्यक्ष पदका उम्मेद्वार जगत पहारी १४ सय ६४ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका हेम कुमार श्रेष्ठलाई जगतले १ सय ९५ मत अन्तरले जिते । एमाले वडाध्यक्ष पदका उम्मेद्वार श्रेष्ठल १२ सय ६९ मत पाए ।

 

त्यसैगरी मेयर पदमा नेपाली कांग्रेसका उम्मेद्वार रामजी कुँबरले १६ सय ७६ मत ल्याउँदा एमालेका उम्मेद्वार मानबहादुर जिसीले उनले भन्दा ४ सय २३ मत कम अर्थात जम्मा १२ सय ५२ मत पाए ।

 

युवासंघका अध्यक्ष पहारी युवाको विचमा लोकप्रिय नेता मानिन्छन् । उनी स्वयम नेकपा उमालेको तर्फबाट मेयरका आकांक्षी थिए । एमालेमा मेयर पदमा आकांक्षी धेरै भएपछि मतदान हुँदा उनी मेयर आकाँक्षीको रिङ बाहिर परेका हुन् ।

 



Your Comment

Related Post

एमालेको युवासंघ अध्यक्ष पहारीको वडामा कांग्रेस विजयी

  • 1 week ago
एमालेको युवासंघ अध्यक्ष पहारीको वडामा कांग्रेस विजयी

पोखरा, जेठ ४ । नेकपा एमाले निकट युवा संघका अध्यक्ष राजिव पहारीको वडामा नेपाली काँग्रेसले झन्डा गाडेको छ ।

तनहुँको ऋषिङमा आठवटै वडामा काँग्रेसको क्लिनस्वीप

  • 1 week ago
तनहुँको ऋषिङमा आठवटै वडामा काँग्रेसको क्लिनस्वीप

दमौली, जेठ ४ । स्थानीय तहको निर्वाचनमा ऋषिङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित आठवटै वडामा काँग्रेसको प्यानल भारी मतले विजयी भएको छ ।

मेलम्ची नगरपालिकाः काँग्रेस र एमाले दुई दुई वटा वडामा विजयी, प्रमुखमा एमाले अगाडी

  • 1 week ago
मेलम्ची नगरपालिकाः काँग्रेस र एमाले दुई दुई वटा वडामा विजयी, प्रमुखमा एमाले अगाडी

मेलम्ची, जेठ २। पछिल्लो मत परिणामअनुसार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ३ र ४ मा नेपाली काँग्रेस विजयी भएको छ भने सोही नगरपालिकाको वडा नं– २ र ५ मा नेकपा एमाले विजयी भएको छ ।


भिडियो


Loading...
hamropatro


नेपाल

राष्ट्रपतिको चियापानमा जे देखियो, हेर्नुहोस् ८ रोचक तस्वीरः

राष्ट्रपतिको चियापानमा जे देखियो, हेर्नुहोस् ८ रोचक तस्वीरः

काठमाडौँ, जेठ १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले दशौं गणतन्त्र दिवसका अवसरमा चियापान समारोहको आयोजना गरेकी छिन् ।

जीवनशैली

यो हो विश्वकै सबैभन्दा महँगो कार

यो हो विश्वकै सबैभन्दा महँगो कार

एजेन्सी–उक्त बलिस्टिक मिसाइल ४५० किलोमिटर उडेको र पुर्वी समुन्द्रमा खसेको थियो जुन पेनिसुला र जापानको बीचमा रहेको छ ।

विचित्र विश्व

विचित्र विचित्रका विवाहः कसैले कोब्रा सर्पसँग त कसैले आइफल टावरसँग गरे विवाह

विचित्र विचित्रका विवाहः कसैले कोब्रा सर्पसँग त कसैले आइफल टावरसँग गरे विवाह

संसारमा धेरै नै अजिव किसिमका मानिसहरु देख्न पाइन्छ । यस्ता अजिव किसिमका मानिसहरुले कहिलेकाँहि यस्ता अजिव हर्कतहरु गर्छन् कि त्यस्ता हर्कतहरु थाहा पाएर हामी अाश्चर्यचकित हुन्छाै ।