तेह्रौँ सागका पाँचभन्दा बढी खेल पोेखरामा हुने, फुटबलकाे लागि रंगशाला भत्काएर बनाउनुपर्ने

पोखरा, साउन २६। नेपालमा १३औँ दक्षिण एसियाली खेलकुद साग आयोजनाको तयारी भइरहँदा पर्यटकीय नगरी पोखरामा पाँचभन्दा बढी खेल हुने विषयले यतिखेर यहाँ चासो चर्चा बढाएको छ ।

 

अन्तर्राष्ट्रिय पर्यटनको आकर्षक गन्तव्य वन्दै गएको पोखरामा पहिलोपटक हुने क्षेत्रीयस्तरको साग प्रतियोगितालाई विशेष महत्वको कार्यक्रमका रुपमा पनि लिइएको छ ।

 

युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले गत मंगलबार पोखरा रंगशालाको स्थलगत निरीक्षण गरेर पूर्वाधार तयार गरिसक्न निर्देशनसमेत दिएका थिए ।

 

आगामी सागमा पोखरामा पाँचभन्दा बढी खेल खेलाउने सोचका साथ तयारी अघि बढाउन मन्त्रालयले खेलकुद विकास समितिका पदाधिकारीलाई निर्देशन दिइसकेको युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।

 

“हामीले पोखरालाई स्पोर्टस् सिटीका रुपमा विकास गराउन खोजेका छौँ”, थपलियाले भने, “उपलब्ध पूर्वाधारका आधारमा आगामी सागमा पाँचभन्दा बढी संख्याका प्रतियोगिता पोखरामा सञ्चालन हुन सक्छ ।”

 

राष्ट्रिय खेलकुद परिषद्ले पनि पोखरामा विभिन्न पाँचवटा खेल खेलाउने यसअघि नै प्रस्ताव गरिसकेको थियो । परिषद्का सदस्यसचिव केशवबहादुर विष्टका अनुसार पोखरामा भलिबल, ह्यान्डबल, महिला फुटबल, आर्चरी र ट्रायथोलनका प्रतियोगिता खेलाउने लगभग तय भइसकेको छ ।

 

यी खेलका अतिरिक्त ब्याडमिन्टन, लङ टेनिस खेल पनि पोखरामा गर्न सक्ने सम्भावना रहेको उनले जानकारी दिए ।

 

आगाामी सन् २०१९ को मार्चमा नेपालले १३औँ सागमा विभिन्न २५ प्रकारका खेल खेलाउने भएको सदस्य सचिव विष्टले जानकारी दिए ।भारतमा सम्पन्न १२औँ सागमा २३ प्रकारका खेल खेलाइएको थियो ।

 

पोखरामा भलिबल, ह्यान्डबल, आर्चरी, ट्रायथोलनका लागि पूर्वाधार लगभग तयारी अवस्थामा रहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए।

 

उल्लेखित खेलका संरचनालाई केही मात्रामा व्यवस्थित गरे हुने बताउँदै उनले महिला फुटबलका लागि भने विद्यमान संरचना भत्काएर वनाउनुपर्ने अवस्था रहेको बताए ।

 

पोखरा रंगशालाको ४१७ रोपनी क्षेत्रफलमा विभिन्न खेलका लागि संरचना निर्माण भइरहेका छन् । अहिले बनिरहेको कभर्ड हल साग लक्षित छ । कभर्ड हल निर्माण अन्तिम चरणमा पुगेको छ । सबैजसो इन्डोर गेम त्यसमा गर्न सकिन्छ ।

 

सम्भावना रहेर पनि आवश्यक पूर्वाधारकै अभावमा पोखराले यसअघि विभिन्न खेलका अवसर गुमाउने गरेको खेलकुद सम्बद्ध व्यक्तिको गुनासो थियो ।

 

दक्षिण एशियाली खेलकुदका केही प्रतियोगिता हुनु समग्र पोखराका लागि नै गौरवको विषय भएको बक्सिङका अन्तर्राष्ट्रिय खेलाडी गणेशबहादुर भट्टराईले बताए ।

 

“क्षेत्रीययस्तरका प्रतियोगिताले पोखरालाई चलायमान वनाउँछ”, उनले भने, “यसले यहाँको पर्यटकीय विकासका साथै प्रत्येक जनमानसमा खेलप्रतिको सकारात्मक भावनासमेत अभिवृद्धि गर्छ ।”


अन्तर्राष्ट्रिय खेलाडी बस्ने किसिमका स्तरीय होटल तथा अन्य पूर्वाधार पोखरामा रहेको पर्यटन व्यवसायी एवम् नेपाल पर्यटन बोर्डका पूर्व सदस्य भट्टराईले उल्लेख गरे ।

 

यसअघि सार्क मन्त्रिपरिषद्को बैठक सम्पन्न हुनुका साथै बेलायती राजकुमार ह्यारी, भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीजस्ता विशिष्ट व्यक्तिले औपचारिक भ्रमण गरेकोल पोखरामा दक्षिण एशियाली खेलकुदका केही प्रतियोगिता सञ्चालन हुनुले अन्तर्राष्ट्रियस्तरमा यहाँको महत्व अझ बढ्ने सम्बद्ध व्यक्तिले बताए । 



Your Comment

थप समाचार

मंसिर १० र २१ गते नै चुनाव हुन्छः प्रधानमन्त्री देउवा

  • 6 minutes ago
मंसिर १० र २१ गते नै चुनाव हुन्छः प्रधानमन्त्री देउवा

काठमाडौं, कात्तिक २ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर १० र २१ गते प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव गरिने बताएका छन् । र तोकिएकै मितिमा चुनाव हुने प्रधानमन्त्रीको प्रत

स्थायी सरकारका लागि दुवै गठबन्धन ठीकः मन्त्री थापा

  • 1 hour ago
स्थायी सरकारका लागि दुवै गठबन्धन ठीकः मन्त्री थापा

काठमाडौं, कात्तिक २ । उद्योगमन्त्री सुनिल थापाले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले स्थायी सरकार बन्ने सम्भावना बढेको बताएका छन् ।

यी हुन् स्तनको शल्यक्रिया गर्ने बलिउडका चर्चित नायिकाहरु

  • 3 hours ago
 यी हुन् स्तनको शल्यक्रिया गर्ने बलिउडका चर्चित नायिकाहरु

सेलिब्रटीहरुको चर्चा जति चुलिदै जान्छ त्यति नै उनीहरु सुन्दरता, लवाई खवाई लगायतका कुराहरुमा ध्यान दिन्छन् । यहाँ हामीले केही बलिउड नायिकाहरु जसले सेक्सी र बोल्ड देखिन स


Loading...

भिडियो

hamropatro

नेपाल

संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने

संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने

आसन्न मंसिर १० र २१ गते सम्पन्न हुने संघ र प्रदेशको चुनावका लागि जुम्ला क्षेत्र नं २ सिंजा भेकमा २० प्रतिशत मतदाता घट्ने देखिएको छ । तिहारलगत्तै सिंजा भेकका सबै पुरुष पारिवारिक जीविकोपार्जनका लागि व्यापार व्यवसाय गर्न वर्षेनी भारतीय भूमिमा जाने संस्कार छ । यो संस्कारलाई यसपटकको संघ तथा प्रदेशको चुनावले रोक्न सक्ने अवस्था नरहेको कनकासुन्दरी गाउँपालिका–१ बुम्रमाडीचौर जुम्लाका स्थानीय व्यापारी भीमबहादुर भण्डारीले जानकारी दिनुभयो । 

जीवनशैली

यस्ता ज्यानै जाने रोगबाट बचाउँछ मेवाको पातको जूसले

यस्ता ज्यानै जाने रोगबाट बचाउँछ मेवाको पातको जूसले

एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।

विचित्र विश्व

नगर्नुस् यस्ता १२ पाप जसलाई भगवानले कहिले माफी दिँदैनन्

नगर्नुस् यस्ता १२ पाप जसलाई भगवानले कहिले माफी दिँदैनन्

भगवान शिवलाई भोलेनाथ पनि भनिन्छ तर शिव जति ‘भोले’ (शान्त र सजिलै प्रसन्न हुने) देखिन्छन् उनको रिस त्यति नै प्रलयकारी छ । भनिन्छ, जुन दिन भगवान शिवले आफ्नो तेस्रो आँखा खोल्नेछन् त्यस दिन संसारको अन्त्य निश्चित छ ।