Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियदिल्लीस्थित अफगानी दूतावास बन्द हुँदै

दिल्लीस्थित अफगानी दूतावास बन्द हुँदै


एजेन्सी । नयाँ दिल्लीमा रहेको अफगान दूतावास आज (शनिबार)देखि बन्द हुने भएको छ । भारत सरकारको असहयोगका कारण दूतावास बन्द गर्नुपरेको दूतावासका एक जना सञ्चार अधिकृतले बताएका छन् ।

सन् २०२१ को अगष्टमा तालिबानले सत्ता कब्जा गर्नुअघि अफगान सरकारको प्रतिनिधित्व गरेका अधिकांश कूटनीतिक कर्मचारी स्वदेश फर्किएको महिनौँ भएको छ भने रिक्तस्थानमा नयाँ नियुक्ति गरिएको छैन ।

भारतले अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिएको छैन । त्यहाँ तालिबान सरकार सत्तामा फर्किएपछि भारत सरकारले आफ्नो कूटनीतिक उपस्थिति निलम्बन गरेको छ । जुन २०२२ मा नयाँ दिल्लीले अफगानिस्तानको राजधानीमा भारतीय मानवीय सहायता समन्वय गर्न एउटा प्राविधिक टोलीमात्र परिचालन गरेको छ ।

यही असोज ८ गते भारतीय विदेश मन्त्रालयलाई एक पत्र पठाउँदै अफगानिस्तानको राजदूतावासले भारत सरकारबाट कूटनीतिक व्यवहार र संरचनागत सहयोगको अभावमा यही सेप्टेम्बर ३० देखि दूतावास बन्द हुने जानकारी दिइएको छ ।

गत जुनमा भारतका लागि अफगान राजदूत फरीद मामुन्दजाई नयाँ सत्तासँग आफ्नो कुनै राजनीतिक सम्बन्ध नभएको बताउँदै भारतबाट बेलायततर्फ प्रस्थान गरेका थिए ।

अफगान दूतावासले शिक्षा, कन्सुलर सेवा, मानवीय सहायता र अफगान व्यापारीहरूलाई व्यापार– वाणिज्यका मुद्दामा मद्दत गर्न नसकेको, भारतका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा अध्ययनको प्रतीक्षा गरिरहेका अफगान विद्यार्थीलाई सहयोग गर्न नपाएकोलगायत भारत सरकारका सम्बन्धित निकायको प्रशासनिक एवम् कूटनीतिक असहयोगका कारण दूतावास बन्द गर्न बाध्य भएको भारतीय विदेशमन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ । उक्त पत्र नयाँ दिल्ली र काबुलस्थित सञ्चारमाध्यमलाई पनि उपलब्ध गराइएको छ ।

अफगानिस्तानमा शासन परिवर्तनपछि भारतले विद्यार्थी भिसा जारी गर्न बन्द गरेपछि भारतका शैक्षिक संस्थाहरूमा भर्ना भएकाहरूलाई नयाँ दिल्ली फर्कन असम्भव बनाएको थियो । यससम्बन्धमा भारतीय विदेश मन्त्रालयले जवाफ दिन अस्वीकार गरेको छ । रासस एपी




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु

काठमाडौँ । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १ जना घाइते भएका

भारतले प्याज निर्यातमा लगायो अनिश्चितकालीन प्रतिबन्ध

काठमाडौँ । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको छ । यस अघि भारतले मार्च ३१ सम्म प्याजको

आयरल्याण्डमा ३७ वर्षिय साइमन ह्यारिस प्रधानमन्त्री बन्ने निश्चित

लण्डन । आयरल्याण्डमा ३७ वर्षीय युवा नेता सिमोन ह्यारिस प्रधानमनत्री बन्ने भएका छन् । सत्तारुढ दल ‘फाइन गेल’को नयाँ नेता

मस्को आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुग्यो

काठमाडौँ । रुसको राजधानी मस्कोको मस्को कन्सर्ट हल आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुगेको छ । बन्दुकधारीहरुको गोलावारीका क्रममा लागेको

दिल्लीका मुख्यमन्त्री केजरीवाल गिरफ्तार

काठमाडौँ । भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्ली रक्सीः घोटाला प्रकरणमा त्यहाँका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । उनी

भियतनामको कार्यवाहक राष्ट्रपतिमा जुआन नियुक्त

काठमाडौँ । भियतनामका उपराष्ट्रपति भो थि एन्ह जुआन कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका छन् । भियतनामका राष्ट्रपति भो भान थुहाङले राजीनामा

Techie IT