पुनम गुरुङले एनआरएन यूके उपाध्यक्षमा उम्मेदवारी दिने

  • सोमबार, २ साउन, २०७४
  • 2 months ago
  • युके

लण्डन । एनआरएन यूकेको उपाध्यक्षमा पुनम गुरुङले पनि उम्मेदवारी दिने भएकी छिन् ।

 

बेलायतमा व्यवसायका साथसाथै विभिन्न सामाजिक कार्यहरुमा समेत सक्रिय पुनमले एनआरएनमा आफ्नो उम्मेदवारीको घोषणा गरेकी छिन् ।

 

बेलायतको सबैभन्दा ठूलो मानिने संस्था तमु धि यूकेको आमा समुहकी संस्थापक अध्यक्ष हुन् पुनम । बेलायतस्थित विभिन्न च्यारिटी संस्थाहरुमा आबद्ध पुनमले नियमित रुपमा च्यारिटी दौडहरुमा भाग लिंदै आएकी छिन् ।

 

उनले कैयौं नेपाली दिदीबहिनीहरुलाई समेत विभिन्न बेलायती च्यारिटी संस्थामा आबद्ध र सहभागी गराउंदै आएकी छिन् ।

 

नेपालमा राधा पौडेलले सञ्चालन गरेको 'एक्सन वर्क्स नेपाल' नामक च्यारिटी संस्थाका लागि उनले बेलायतमा कोष संकलन गरेर  पठाएकी थिइन ।

 

नेप्लिज वुमन एशोसिएसन यूकेमा उपाध्यक्ष रहेकी पुनमले एनआरएनमा गएर पनि महिलाहरुकै हित र सहभागितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता गरेकी छिन् ।

 

'मैले अहिले यो गर्छु र त्यो गर्छु भनेर ठूलो गफ गर्न उचित ठान्दिन', नेपालीपत्रसंग आफ्नो उम्मेदवारीबारे बोल्दै पुनमले भनिन, 'विभिन्न क्षेत्रमा काम गरेको अनुभव र सिकेको ज्ञानलाई एनआरएनमा पनि सदुपयोग गरेर भने अवश्य काम गर्नेछु । '

 

आफ्नो उम्मेदवारी र जिम्मेवारी लिने आकांक्षामा बेलायतका नेपाली दिदीबहिनीसहित सम्पुर्ण नेपालीहरुको सहयोग रहने अपेक्षा पुनमले गरकी छिन् ।

 

पुनमले आफना पति तथा तमु धि यूकेका पूर्व अध्यक्ष कमल गुरुङसंगै मिलेर  बेलायतमा प्रपर्टी तथा रेष्टुरेन्ट व्यवसाय गर्दै आएकी छिन् ।



    Your Comment

    थप समाचार

    राणा र थापाको चेपुवामा कोमल वली, छिट्टै एमाले प्रवेश गर्ने

    • 5 minutes ago
    राणा र थापाको चेपुवामा कोमल वली, छिट्टै एमाले प्रवेश गर्ने

    काठमाडौं, असोज ७ । केही महिनाअघि राप्रपा नेपाल मार्फत राजनीतिमा सक्रिय बनेकी गायिका कोमल वली अब उक्त पार्टी परित्याग गरी एमाले प्रवेशको तयारीमा छन् ।

    आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

    • 1 hour ago
    आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

    एजेन्सी । शरीरका अंगबारे अध्यन गर्ने समुन्द्र शास्त्र ज्योतिष विज्ञानको एक हांगो हो । यसले हाम्रो शरीरका विभिन्न भागका बनौट र त्यसको अर्थबारे जानकारी दिन्छ ।

    पहिरो खस्दा कार र ट्रक पुरिए, २ यात्रुको मृत्यु

    • 1 hour ago
    पहिरो खस्दा कार र ट्रक पुरिए, २ यात्रुको मृत्यु

    बुटवल, असोज ७ । रुपन्देहीको सिद्धबाबा सडक अन्तरगत तिनाउ गाउँपालिकास्थित दोभानमा पहिरो खस्दा एउटा कार र ट्रक पुरिएका छन् । पहिरोका कारण यात्रामा रह


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

    त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

    नवलपरासी, असोज ७ । महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् ।

    जीवनशैली

    आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

    आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

    एजेन्सी । शरीरका अंगबारे अध्यन गर्ने समुन्द्र शास्त्र ज्योतिष विज्ञानको एक हांगो हो । यसले हाम्रो शरीरका विभिन्न भागका बनौट र त्यसको अर्थबारे जानकारी दिन्छ ।

    विचित्र विश्व

    एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

    एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

    मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ