पोर्चुगलमा नेपालीको छुरा प्रहारबाट अर्का नेपालीको मृत्यु

  • बुधबार, २८ भदौ, २०७४
  • 4 months ago
  • युके
मृतक हरिबहादुर जिसी ( तस्बिर : फेसबुक )

लण्डन । पोर्चुगलमा एक नेपालीले छुरा प्रहार गर्दा अर्का नेपालीको मृत्यु भएको दुखद खबर छ । 

 

मंगलबार राती मध्यरातमा भएको घटनामा पर्वतको मल्लाज घर भएका अन्दाजी ४५ वर्षीय हरिबहादुर जिसीको मृत्यु भएको हो ।


छुरा प्रहार गर्ने व्यक्ति धादिंगको खहरे घर भएका अन्दाजी ३० वर्षीय अर्जुन सापकोटा रहेको स्थानीय नेपालीहरुले बताएका छन् । यस विषयमा आधिकारिक जानकारी आउन भने बांकी नै छ ।


एनआरएन पोर्चुगलका निवर्तमान अध्यक्ष भिम कमल केसीले दिएको जानकारी अनुसार मध्य लिस्बोनको क्याम्पो पिकेनो भन्ने ठाउंमा मृतक हरिबहादुरका भाई ओमबाहदुरले एक रेष्टुरेन्टमा काम गर्थे । मंगलबार राती भाइको काम सकिने समय दाजु हरिबहादुर भाइलाई लिन गएका थिए । दाजुभाई घर फर्किरहेको समयमा एक्कासी भाईमाथि छुरा प्रहार भएपछि भाईलाई जोगाउन खोज्दा दाजु हरिबहादुरमाथि पनि छुरा प्रहार भएको थियो ।

 

पेटमा छुरा लागेका हरिबादुरको घटनास्थलमै मृत्यु भएको थियो भने टाउकोमा चोट लागेका भाई घाइते भएका थिए । घाइते भाई स्थानीय अस्पतालमा उपचारपछि घर फर्किसकेका छन् ।


घटनामा संलग्न भनिएका सापकोटाले मृतक हरिबाहदुरका भाई ओमबहादुरसंगै काम गर्ने गरेको र केहि दिनअघि मात्रै काम छोडेर गएको बताइएको छ । संगै काम गर्ने क्रममा भएको सामान्य विवादको कारण केहि दिनपछि फर्किएर उनले ओमबादुरलाई छुरा प्रहार गरेको स्थानीयले बताएका छन् । भाईमाथि आक्रमण भएपछि जोगाउन भन्दै अघि सरेका हरिबादुरलाई पनि छुरा हानेपछि उनको घटनास्थलमै मृत्यु भएको हो ।


मृतक हरिबादुर श्रीमति र छोरीसंगै पोर्चुगलमा बस्दै आएका थिए । घटनापछि पोर्चुगलबासी नेपाली शोकमा डुबेका छन् ।



    Your Comment

    थप समाचार

    राष्ट्रिय पुरुष फुटबल प्रतियाेगिताको उपाधी पुलिस क्लबलाई

    • 5 minutes ago
    राष्ट्रिय पुरुष फुटबल प्रतियाेगिताको उपाधी पुलिस क्लबलाई

    दाङ, माघ ७ । दाङमा गत माघ २ गतेदेखि सञ्चालन भएको २८ औं राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ ।

    गोरखा उवासंघको अध्यक्षमा जिवनज्योतीले गरे उम्मेदवारी घोषणा

    • 16 minutes ago
    गोरखा उवासंघको अध्यक्षमा जिवनज्योतीले गरे उम्मेदवारी घोषणा

    गोरखा, माघ ७ । गोरखा उद्योग वाणिज्य संघको आगामी कार्यकालको लागि जिवनज्योती श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

    एकाएक किन फिर्ता भयो दाङको आम हड्ताल ?

    • 36 minutes ago
    एकाएक किन फिर्ता भयो दाङको आम हड्ताल ?

    दाङ, माघ ७ । सरकारले सात वटै प्रदेशका अस्थायी मुकाम तोक्नुभन्दा पहिलेदेखि नै दाङमा चर्किएको आन्दोलन अन्ततः बिना निष्कर्ष टुङ्गिएको छ । प्रादेशिक राजधानी सरोकार समिति हुँदै र


    Loading...

    भिडियो

    hamropatro

    जीवनशैली

    पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

    पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

    एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

    विचित्र विश्व

    यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

    यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

    विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।