आफु पढेको क्याम्पस पुगेर प्रधानमन्त्री दाहालले भनेः निर्वाचनमा देशले जित्यो

काठमाडौं, जेठ ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र वा अरु कुनै दलले जिते पनि देशले जितेको बताएका छन् ।

 

कृषि तथा बन विज्ञान विश्वविद्यालय रामपुरको नवनिर्मित केन्द्रीय कार्यालय भवनको समुद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले भने, ‘निर्वाचन हुँदैन कि भन्ने आशङ्का थियो । निर्वाचन सम्पन्न गर्नु ठूलै चुनौति थियो । हामीले चुनौतिलाई पार लगाएर स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गरेका छौं । आजभोलि म निकै खुसी छु, टिभी पनि हेर्न छोडेको छु । कसले जित्यो वा हार्यो ? यसमा मलाई कुनै चिन्ता छैन । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र वा अरु कसैले जिते पनि देशले जितेको छ, नेपालले जितेको छ, यो हामी सबै नेपालीको जीत हो, हामी सबैले खुलेर उत्सव मनाऔं ।’

 

दोस्रो चरणको निर्वाचन चुनौतिपूर्ण भए पनि सम्पन्न गरेरै छोड्ने प्रधानमन्त्रीले बताउनु भयो । उनले भने, ‘पहिलो चरणको चुनावभन्दा दोस्रो चरणको चुनाव झन् चुनौतिपूर्ण छ । हामीले दोस्रो चरणको चुनावलाई पनि उत्सवका रुपमा सम्पन्न गर्नुछ । आज नै मैले प्रमूख दलका नेताहरुको बैठक बोलाएको छु । हामी दोस्रो चरणको निर्वाचनलाई पनि उत्सवका रुपमा मनाउन प्रतिवद्ध छौं ।’


प्रधानमन्त्रीले नेपालमा कृषि क्षेत्र नै जनताको समृद्धि र विकासको पूर्वाधार भएको बताए । केन्द्रीय कार्यालयको समुद्घाटनपूर्व प्रधानमन्त्रीले नवलपरासीमा रहेको शास्वतधामको अवलोकन भ्रमण गरेका थिए ।



    Your Comment

    थप समाचार

    बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

    • 4 hours ago
    बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

    लण्डन । बुद्ध फाउण्डेसन यूकेले लण्डनमा बुद्धसम्बन्धी एक प्रवचन कार्यक्रम आयोजना गर्ने भएको छ । त्यस अवसरमा विद्याधर आचार्य महायोगी श्रीधर राणा रिम्पोचेले प्रवचन दिनेछन् ।

    बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

    • 4 hours ago
    बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

    अस्पतालमा प्रवेशाज्ञा देखाउन नसक्दा एउटा गर्भवति महिलाले करिब ५५ सय देखि ६ हजार पाउण्ड सम्मको बिल तिर्नुपर्ने बाध्यता छ । कति महिलाहरु पैसा तिर्ने डरले जोखिम मोलेरै भएपनि घरमै सुत्केरी भएका घट्ना पनि

    समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

    • 6 hours ago
    समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

    काठमाण्डौ, माघ ४ । निर्वाचन आयोगले गत मङ्सिर २० र २१ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको समानुपातकितर्फको विजयी उम्मेदवारको सूचीमा चितवनबाट ७ ज


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

    साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

    बाजुरा, माघ ४ । साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटेमा रहेको सडकखण्ड आजदेखि तीन दिनका लागि सडक बन्द हुने भएको छ । 

    जीवनशैली

    उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

    उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

    काठमाडाैं । धेरैजसो पुरुषहरु महिलाको भावना बुझ्न निकै कठिन हुने बताउँछन् । यसो हुँदा हुँदै पनि माया प्रेममा रहेकाहरु भने एकअर्का प्रति नजिक हुन विभिन्न लक्षण र प्रतिक्रियाहरु व्यक्त गर्ने गर्छन ।