प्रचण्डको दाबीः माओवादीको जनलहर फेरि उर्लियो

बाँके, असोज ८ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनआन्दोलनले उठाएका धेरै मुद्दा स्थापित भएको भन्दै माओवादीप्रति फेरि जनलहर उर्लिएको दाबी गरे ।

 

प्रदेश नं २ मा भएको स्थानीय तहको निर्वाचनको समिक्षा गर्दै उनले यस्तो बताएका हुन् । आइतबार बाँकेको कोहलपुरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले माओवादीले आगामी चुनावमा ०६४ सालकै नतिजा फर्काउने विश्वास व्यक्त गरे ।

 

कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले भने, ‘देशैभरी माओवादीप्रति ब्यापक जनलहर उर्लिंदैछ, जसको पछिल्लो उदाहरणका रुपमा २ नम्बर प्रदेशको चुनावलाई हेर्न सकिन्छ । अबको प्रदेश र केन्द्रीय निर्वाचनमा माओवादीले ०६४ सालकै नतिजा फर्काउनेछ ।’

 

प्रचण्डले पूर्व माओवादीहरुलाई माओवादी केन्द्रमा प्रवेश गराउने भेलाको क्रममा यस्तो बताएका हुन् । सो क्रममा उनले विभिन्न कारणले अन्य घटकमा पुगेका कार्यकर्ताहरु पनि अन्ततः माओवादी केन्द्रमै आउने जिकिर गरे ।

 

यस्तै उनले अबको केही दशकभित्रै नेपालमा साम्यवाद स्थापित गर्ने कार्यदिशा अनुसार माओवादी अगाडि बढिरहेको पनि बताए ।

 

 


त्यस क्रममा उनले हालै सम्पन्न २ नम्बर प्रदेशको निर्वाचनमा माओवादीले फुटको बावजुद सन्तोषजनक जीत हासिल गरेको बताए ।



Your Comment

थप समाचार

एनआरएन सल्लाहकार डा. शर्मा र कोषाध्यक्ष थापालाई युथ इन्स्पाइरेसन अवार्ड

  • 3 hours ago
एनआरएन सल्लाहकार डा. शर्मा र कोषाध्यक्ष थापालाई युथ इन्स्पाइरेसन अवार्ड

लण्डन । गैरआवासीय नेपाली संघका सल्लाहकार डा. हेमराज शर्मा र कोषाध्यक्ष हिक्मत थापा युथ इन्स्पाइरेसन अवार्डले सम्मानित भएका छन ।

परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

  • 9 hours ago
परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

 काठमाडौँ, माघ २ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल कात्तिक-मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोस्रो वर्ष २०७३ आंशिकको संस

अब वाम गठबन्धनको नेतृत्वले संविधान परिष्कृत गर्दै लैजान्छ

  • 10 hours ago
अब वाम गठबन्धनको नेतृत्वले संविधान परिष्कृत गर्दै लैजान्छ

काठमाडौँ, माघ २ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वामपन्थीको नेतृत्वमा संविधानलाई परिष्कृत गर्दै लगिने बताएका छन् ।   अनेरास्ववियूद्वारा आयोजित दुईदिने


Loading...

भिडियो

hamropatro

नेपाल

परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

 काठमाडौँ, माघ २ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल कात्तिक-मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोस्रो वर्ष २०७३ आंशिकको संस्कृति, पत्रकारिता तथा आमसञ्चार र इतिहास विषयको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

जीवनशैली

हरेक रातमा ३ देखि ५ बजेको बीचमा निन्द्रा खुल्छ ? हुनसक्छ अन्जान शक्तिको यस्तो इशारा

हरेक रातमा ३ देखि ५ बजेको बीचमा निन्द्रा खुल्छ ? हुनसक्छ अन्जान शक्तिको यस्तो इशारा

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ ? चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ ।

विचित्र विश्व

पढ्ने खर्च जुटाउन भर्जिनिटी लिलाममा !

पढ्ने खर्च जुटाउन भर्जिनिटी लिलाममा !

एजेन्सी–राम्रो शिक्षा लिन आजकल जोकोही चाहान्छ । तर, पैसाको अभावमा मानिसले राम्रो शिक्षा लिनबाट बञ्चित हुने गरेको छ । राम्रो शिक्षा पाउनका लागि धेरै समस्याहरुको सामना गर्न पनि केही मानिसहरु पछि पर्दैनन् ।