रहर र लहडमा क्रान्ति नहुने भन्दै दिवास्वप्नबाट ब्यूँझन विप्लबलाई प्रचण्डको आग्रह

काठमाडौँ , फागुन १ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रहर र लहडमा क्रान्ति नहुने भन्दै विप्लवलाई दिवास्वप्नबाट ब्यूझन आग्रह गरेका छन् ।

 

भ्रातृ संस्था वाइसिएलले पेरिस डाँडामा आयोजना गरेको जनयुद्ध दिवस कार्यक्रममा प्रचण्डले विप्लव र आफ्ना गुरु भरेर चिनिएका मोहन बैद्यलाई एकता प्रक्रियामा आउन आहृवान गरेका हुन् ।


प्रचण्डले २३ पाउन्डको केक काटेर २३ औँ जनयुद्ध दिवस तीन वटा हिमालको चुचुरोको डिजाइन भएको केक काटेका थिए ।


तीन वटा हिमालमध्ये एउटा चुचरोमा रातो तारा अङ्कित थियो भने अर्को चुचुरोमा मैनबत्ती राखिएको थियो । बर्थ डेमा जस्तो मैनबत्ती फुकेर ननिभाई प्रचण्डले चुचुरो नबिगारी छेउतिरबाट केक काटेर टुक्रा बाँडेका थिए ।


प्रचण्डले हेडक्वार्टरमा केक काटेर मुस्कुराउँदै गर्दा उनीसँगै जनयुद्ध शुरु गरेका नेताहरु भने कोहि पनि उपस्थित थिएनन् । २३ वर्ष अघि जनयुद्धमा होमिएको तत्कालिन माओवादीलाई चार टुक्रामा विभाजित भइसकेको छ । मोहन वैद्य तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा दुई दल छन् ।

 

तत्कालीन द्वन्द्वका एक हिस्सा डा. बाबुराम भट्टराईले कम्युनिष्ट धारबाट अलग छन् ।


०५२ साल फागुन १ गतेबाट समाजलाई परिवर्तन गर्न सशस्त्र युद्धको सुरुवात गरेको माओवादीले जनयुद्ध दिवस मनाउँदै आएको छ । दशकभन्दा लामो जनयुद्धमा १६ हजारको भन्दा बढीले ज्यान गुमाएका थिए ।

 

समारोहलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्ना पूर्वसहकर्मी मोहन बैद्य र विप्लवलाई शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउन अभियानमा सहभागी हुन अपील गरेका छन् ।

 

 



Your Comment

थप समाचार

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

  • 5 hours ago
सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

  • 5 hours ago
कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । 

माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

  • 5 hours ago
माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओली र माधव नेपालले तोकेको बरियता कुनै पनि हालतमा नमान्ने बताएका छन् ।


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

जीवनशैली

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

तपाईले हारवर्ड विश्वविद्यालयको नाम सुन्नु भएको छ, प्रिन्सटन विश्वविश्वविद्यालयको नाम सुन्नु भएको छ । तर कहिल्यै यो विश्वविद्यालयको अवधारण कहाँबाट आएको हो त्यो बारे भने धेरै जना अनविज्ञ छन् ।

विचित्र विश्व

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एजेन्सी । बंगलादेशमा विश्वको त्यस्ता मुस्लिम राष्ट्रहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता दिइएको छ । बंगलादेशमा टंगेल जिल्लामा रहेको सबैभन्दा पुरा बेश्यालय हो कन्दापारा बेश्यालय ।