गृहपृष्ठ ∕
खेल ∕
महिला भलिबलः नेपालले किर्गिस्तानलाई हरायो महिला भलिबलः नेपालले किर्गिस्तानलाई हरायो
काठमाडौँ । राजधानीमा सोमबारदेखि सुरु भएको काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले कीर्गिस्तानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलामा सोमबार भएको खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले किर्गिस्तानाई पहिलो सेट २५–११ दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–११ ले पराजित ग¥यो ।
यस जितसँगै नेपालले ३ अङ्क जोडेको छ । नेपालले आफ्नो दोस्रो खेल आज बङ्गलादेशसँग दिउँसो ३ बजे खेल्नेछ ।
सोही स्थानमा सोमबार नै भएको अर्को खेलमा भारतले बङ्गलादेशमाथि ३–० को सोझो सेटमा जित निकालेको छ ।
भारतले बङ्गलादेशलाई २५–३, २५–९ र २५–६ ले हरायो । यस जितसँगै भारतले ३ अङ्क जोड्यो । उक्त प्रतियोगितामा विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले
काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ
काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश
काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्
काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्