प्रदेश नं २ को सभामुखमा सरोजकुमार यादव निर्विरोध निर्वाचित

 

जनकपुरधाम । प्रदेश नं २ को प्रदेशसभाको सभामुखमा राष्ट्रिय जनता पार्टी नेपालका सरोजकुमार यादव निर्विरोध निर्वाचित भएका छन् । 

प्रदेशसभाको पहिलो अधिवेशनअन्तर्गत आज भएको तेस्रो बैठकमा सो जानकारी दिइएको हो । निर्धारित समयभन्दा ४५ मिनेट ढिलो शुरू भएको बैठकमा अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य लगनलाल चौधरीले प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ र नेपालको संविधानको धारा १८२ को उपधारा (३) उपदफा (२) बमोजिम प्रस्तावको सूचना एउटा मात्र प्राप्त भएको जनाउदै यादवलाई निर्विरोध घोषणा गरेका थिए। 

बैठक १ः४५ देखि १ः५५ सम्म बसेको थियो । बैठकमा ज्येष्ठ सदस्य चौधरीले सभामुखको निर्वाचनको प्रस्तावका लागि प्रदेशसभा सदस्य एंव राष्ट्रिय जनता पार्टी नेपालका संसदीय दलका नेता जीतेन्द्रप्रसाद सोनारलाई अनुमति दिएपछि उनले यादवलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभयो, भने संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता लालबाबु राउतले सो प्रस्तावको समर्थन गरेका थिए । 

बैठकले प्रदेशसभा अन्तरिम कार्यविधि,२०७४को दफा ७ को उप दफा (१) बमोजिम प्रदेशसभाको उपसभामुखको निर्वाचन यही फागुन ४ गते निर्धारण गरेको छ । प्रदेशसभाको अर्को बैठक यही फागुन ४ गते दिउँसो १ः०० बजे बस्ने छ । 

निर्विरोध निर्वाचित भएका सभामुख यादवले पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै सबैको सहयोग लिई कार्य सम्पादनलाई प्रभावकारी बनाउने बताए । आफू निष्पक्ष, कानूनसम्मत् ढंगले कार्य गर्ने बताउदै उनले प्रदेशलाई समृद्ध बनाउने अभियानमा सबै पक्षको अग्रसरतामा जोड दिए । स्थायी राजधानीका बारेमा सभाले यथाशीध्र निर्णय गर्ने विश्वाससमेत व्यक्त गरे । 



Your Comment

थप समाचार

मोबाइल, ल्यापटपसम्बन्धी प्राविधिक बन्ने युवाहरुलाई समेट्दै एलाइन्स

  • 6 minutes ago
मोबाइल, ल्यापटपसम्बन्धी प्राविधिक बन्ने युवाहरुलाई समेट्दै एलाइन्स

काठमाडौं । विगत ८ वर्षदेखि काठमाडौंको पुतलीसडकमा रहेर बेरोजगारीको समस्याले जरा गाडेको अवस्थामा युवाहरुलाई दक्ष बनाई रोजगारीको अवसर प्रदान गर्दै आएको एलाइन्स ल्यापटप एण्

प्रचण्डको प्रष्टोक्तिः पाँच वर्ष ओली नै प्रधानमन्त्री

  • 7 minutes ago
प्रचण्डको प्रष्टोक्तिः पाँच वर्ष ओली नै प्रधानमन्त्री

काठमाडौं, फागुन ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पाँच वर्षका लागि केपी शर्मा ओली नै प्रधानमन्त्री हुने बताएका छन् । एक कार्यक्रममा सहभागी हुन चितवन पुगेका

यी बलिउड अभिनेत्रहरुले बिकिनी पोज नदिएकै राम्रो !

  • 14 minutes ago
यी बलिउड अभिनेत्रहरुले बिकिनी पोज नदिएकै राम्रो !

एजेन्सी । बलिउड अभिनेत्रीहरुको फिल्मी उद्योगमा लामो यात्रा गरिसकेका छन् । अब उनीहरु फिल्ममा बोल्ड सिन दिन पनि पछि पर्दैनन् ।


Loading...

भिडियो

hamropatro

जीवनशैली

वैज्ञानिकले गरे भविष्यवाणी, यति वर्षपछि पृथ्वीबाट हराउने छ मानव अस्तित्व

वैज्ञानिकले गरे भविष्यवाणी, यति वर्षपछि पृथ्वीबाट हराउने छ मानव अस्तित्व

उनले यसको विकल्प स्वरुप अर्को ग्रह खोज्नुपर्ने बताएका छन् । हकिङ्सले भनेका छन्,‘मलाई लाग्दैन कि अर्को ग्रह नखोजी पृथ्वीमा एक हजार सालसम्म मानिसहरु जीवित रहन सक्छन् ।’

विचित्र विश्व

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

एजेन्सी । अमेरिकी राष्ट्रपतिहरु कतिपय राजनैतिक चर्चाभन्दा पनि सेक्स स्क्याण्डलका कारण चर्चामा आए । उनीहरुको यही चर्चाले कतिपय राष्ट्रपतिहरु आलोचित छन् । सेक्स स्क्याण्डलको रहस्य खुलेपछि