Techie IT
२०८० चैत्र १५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालभरतपुर भ्रमण वर्ष सफल बनाउन नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरबीच सम्झौता

भरतपुर भ्रमण वर्ष सफल बनाउन नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरबीच सम्झौता


चितवन । नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच भरतपुर भ्रमण वर्ष २०२४ अभियान सञ्चालनको लागि सहकार्य गर्ने सम्झौता भएको छ ।
बुधबार भरतपुर महानगरपालिका सभाहलमा भरतपुर भ्रमण वर्ष २०२४ लाई प्रर्वद्धन गर्न दुई पक्षबीच सम्झौता भएको हो ।

भरतपुर भ्रमण वर्ष २०२४ को अभियान सञ्चालनमा लाग्ने कुल खर्च तीन करोड सत्तरी लाख मध्ये बोर्डले सत्तरी लाख रुपैयाँ बेहोर्ने छ ।

पर्या पर्यटन तथा मानव वन्यजन्तु द्धन्द्ध व्यवस्थापन कार्याशाला, ब्रसोर, स्टीकर, डिजिटल बोर्ड, होर्डिङ बोर्ड, वैदेशिक पर्यटन प्रर्वद्धन, विभिन्न सहरहरुमा प्रचारात्मक कार्यक्रम, नेचर गाईड तालिमलगायतका कार्यक्रम गर्न सो रकम खर्च गरिने सम्झौता पत्रमा उल्लेख छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षलाई सफल बनाउन बोर्ड गरेको सहयोगको उच्च प्रशंसा गरिन् । बोर्डले अभियानलाई सफल बनाउन अहिलेसम्म भएका प्रयोगलाई उच्चतम प्रयोग गरी नमुना काम गर्न अनुरोध पनि गरिन् । देशका भईरहेको आर्थिक मन्दी र त्यसबाट उत्पन्न निरासालाई उत्साहमा परिवर्तन भ्रमण वर्षले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आशावादी रहेको प्रमुख दाहालले बताइन् ।

कार्यक्रममा बोल्दै बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले भ्रमण वर्ष सफल बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे ।

भ्रमण वर्षको आयोजना भरतपुर महानगरपालिकाले गरेको भएपनि निजी क्षेत्रले ल्याउने प्याकेज, सेवा सुविधा, तत्परताले अभियान सफल हुने वरिष्ठ निर्देशक ऐरले बताए ।

भरतपुर भ्रमण वर्ष सफल बनाउन नेपाल पर्यटन बोर्डले निजी क्षेत्रसँग समवन्य तथा सहकार्य गरी विभिन्न प्रचारात्मक कार्यक्रम अगाडि बढाउने कार्य तालिका रहेको जानकारी दिए ।

भरतपुर भ्रमण वर्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार गर्न विदेशी पत्रकारलाई नेपालमा ल्याउने कार्यक्रम तय भएको उनको भनाई छ ।

भ्रमण वर्षको तयारी तीब्र
भरतपुर भ्रमण वर्ष २०२४ को तयारीलाई तीब्र पारिएको छ । यही फागनु १८ गते नारायणी किनारमा हुने उद्घाटन समारोहलाई व्यवस्थित र फलदायी बनाउन बुधबार सरोकारवालासँग छलफल भएको थियो । महानगरपालिकाले भ्रमण वर्षको तयारीका लागि दैनिक रुपमा सरोकारवालासँग निरन्तर छलफल गर्ने पनि जनाएको छ । उद्घाटनको दिनमा नारायणी किनारमा ५० हजार जना सहभागि गराउने गरी वडागत रुपमा तयारी भईरहेको छ ।

कार्यक्रमको नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उद्घाटन कार्यक्रमका लागि निस्किने ¥याली, झाकी, मञ्च व्यवस्थापन, शैचालय व्यवस्थापन, आकास्मिक उपचारलगायतका विषयमा विज्ञहरुसँग छलफल भएको थियो । महानगर प्रमुख दाहालले भ्रमण वर्षलाई सफल बनाउन सबैको हातेमालो अवश्यक रहेकाले यसमा सबैले अपन्त्व लिनुपर्ने बताउनुभयो । छलफलमा विषयगत समितिले अहिलेसम्म भइरहेको तयारीबारे बिफ्रिङ गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मन्त्री चौधरी र फिनल्याण्डका राजदूतबिच शिष्टाचार भेट

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबिच शिष्टाचार भेट

नयाँ दिल्लीमा आरजु देउवाको शल्यक्रिया

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले थाइराइडको शल्यक्रिया गरेकी छन् । आरजुले भारतको नयाँ

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बैठक

राष्ट्रिय मुद्दामा मिलेर जाऔंः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बिहान भेटवार्ता भएको छ । प्रचण्डले बोलाएपछि

प्रहरीका ८ डीएसपी एसपीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीमा जनपद समूहतर्फ ८ जना डीएसपीहरुलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस भएको छ । आईजीपी वसन्त

आजदेखि एसईई शुरु

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु भएको छ । आज पहिलो दिन विद्यार्थीहरुले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिंदैछन्

Techie IT