गृहपृष्ठ ∕
खेल ∕
दक्षिण अफ्रिका उत्कृष्ट लयमा, न्यूजिल्याण्डको लगातार तेस्रो हार दक्षिण अफ्रिका उत्कृष्ट लयमा, न्यूजिल्याण्डको लगातार तेस्रो हार
एजेन्सी । सन् २०२३ को विश्वकपमा दक्षिण अफ्रिकाले सानदार खेल प्रदर्शन गरिरहेको छ । इंग्ल्याण्ड र अष्ट्रेलिया जस्ता टिमलाई नराम्रोसँग पराजित गरेपछि टेम्बा बाभुमाको टोलीले उपाधिको दावेदार मानिने न्यूजिल्याण्डलाई पनि हराएको छ ।
नोभेम्बर १ मा पुणेमा भएको खेलमा दक्षिण अफ्रिकाले फेरि विस्फोटक ब्याटिङका आधारमा ३५७ रनको ठूलो स्कोर बनाएको थियो र त्यसपछि चुस्त बलिङको मद्दतले न्युजिल्यान्डलाई १६७ रनमा अलआउट गर्दै १९० रनले जित हासिल गर्न सफल भयाे ।
यस खेलमा क्विन्टन डी कक र रस्सी भान डेर डुसेनले उत्कृष्ट शतक प्रहार गरे भने पेसर मार्को जान्सन र स्पिनर केशव महाराज फेरि उत्कृष्ट बलिङ गर्न सफल भए ।
न्युजिल्याण्डका कप्तान टम लाथमले टस जितेर दक्षिण अफ्रिकालाई पहिले ब्याटिङ गर्न निम्तो दिएका थिए ।
प्रतियोगितामा अन्तिम ६ खेलमध्ये ४ खेलमा दक्षिण अफ्रिकी टोलीले पहिले ब्याटिङ गरेको छ । ती सबै खेलमा ३०० भन्दा बढी रन बनाएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।
काठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न
काठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन
काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले
काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ
काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश