बाढिपहिरो पीडितको उद्धार र राहतका लागि प्रधानमन्त्रीको निर्देशन

  • शनिबार, २८ साउन, २०७४
  • 6 months ago
  • नेपाल

काठमाडौँ, साउन २८ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न भागमा बाढी र पहिरोको चपेटामा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न र पीडितलाई राहत उपलब्ध गराउन सम्बन्धित जिल्लाका स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

 

शुक्रबार रातिदेखि अविरल रुपमा परेको भीषण बर्षाका कारण आएको बाढीले तराईका विभिन्न जिल्लामा दुई दर्जन भन्दा बढीले ज्यान गुमाएका छन् । सिन्धुलीमा पहिरोमा परी एकैपरिवारका चारको मृत्यु भएको छ ।

 

प्रधानमन्त्री देउवाले शुक्रबार बिहानै बाढिपहिरो प्रभावित जिल्लाका प्रशासन प्रमुखलाई सम्पर्क गरी विपत्को चपेटामा परेका नागरिकलाई उद्धार, राहत र सुरक्षित स्थानमा स्थानान्तरणलगायत सबै प्रकारको सहयोग प्रदान गर्न निर्देशन दिए ।

 

बाढी र पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि र तिनका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै प्रधानमन्त्री देउवाले यो विपत्को घडीमा एक ढिक्का हुन सम्पूर्ण देशवासीलाई आग्रह गरेका छन् ।



Your Comment

थप समाचार

एनआरएन यूकेको सल्लाहकार परिषद बैठकमा आए यस्ता 'सल्लाह र सुझाव'

  • 1 hour ago
एनआरएन यूकेको सल्लाहकार परिषद बैठकमा आए यस्ता 'सल्लाह र सुझाव'

लण्डन । गैरआवासीय नेपाली संघ एनआरएन यूकेको सल्लाहकार परिषदको बैठक आइतबार फार्नबरोस्थित भिलेज होटेलमा सम्पन्न भएको छ । झण्डै दुई सय सल्लाहकार सहभागी बैठकमा विभिन्न सल्लाह तथा सुझावहरु संकलन गरिएको छ ।

ईनास युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिताका लागि बेलायतबाट छानिए ६ प्रतियोगी

  • 5 hours ago
ईनास युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिताका लागि बेलायतबाट छानिए ६ प्रतियोगी

शनिबार प्लमस्टिडमा सम्पन्न अडिसनबाट गायन तथा नृत्य दुवै विधामा ३ / ३ जना प्रतियोगी छनौट भएका छन् ।

नाइटोले खाेल्छ महिलाको यस्ताे राज

  • 11 hours ago
नाइटोले खाेल्छ महिलाको यस्ताे राज

एजेन्सी । महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको ।


Loading...

भिडियो

hamropatro

विचित्र विश्व

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

एजेन्सी । अमेरिकी राष्ट्रपतिहरु कतिपय राजनैतिक चर्चाभन्दा पनि सेक्स स्क्याण्डलका कारण चर्चामा आए । उनीहरुको यही चर्चाले कतिपय राष्ट्रपतिहरु आलोचित छन् । सेक्स स्क्याण्डलको रहस्य खुलेपछि