देउवाका लागि वाम गठबन्धन सामान्य, यसकारण जित पक्का

डडेल्धुरा, कात्तिक २८ । आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चहलपहल प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा बढ्दै गएको छ ।

 

विसं २०४८ देखि लगातार निर्वाचन जित्दै आउनुभएका प्रधानमन्त्री देउवा छैटौँ पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । उनीसँग वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य खगराज भट्ट चुनावी प्रतिस्पर्धामा छन् ।

 

माओवादी नेता भट्ट प्रधानमन्त्री देउवासँग डडेल्धुरामा तेस्रो पटक चुनावी मैदानमा उत्रिएका हुन् । विसं २०६४ मा सम्पन्न संविधानसभाको पहिलो निर्वाचन तथा २०७० सालमा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा देउवासँग भट्ट पराजित भएका थिए । भट्ट विसं २०६४ मा एक हजार ३०० तथा २०७० मा आठ हजारभन्दा बढी मतअन्तरले देउवासँग पराजित भएका थिए ।

 

करिब तीन दशकदेखि डडेल्धुरामा पकड बनाएको काँग्रेसले केही समयअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा अमरगढी नगरपालिकामा हार ब्यहोरेको थियो । त्यसकारण पछिल्लो समय काँग्रेस पहिलाको भन्दा कमजोर हुन पुगेको आँकलन गरिएको छ । यद्यपि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्थानीय तहको नतिजाले कुनै असर नपार्ने काँग्रेसका स्थानीय नेता बताउँछन् ।

 

लामो समयदेखि जिल्लाको मात्र नभई समग्र सुदूरपश्चिमकै विकासमा प्रधानमन्त्री देउवाले अभिभावकको भूमिका निभाएको भन्दै डडेल्धुरा काँग्रेसका नेता तथा कार्यकर्ता मंसिर २१ गते उनी विजयी हुनेमा ढुक्क छन् । तर उनलाई विगतमा जस्तो सहज भने छैन । दुई ठूला पार्टीको गठबन्धनका कारण देउवाले निर्वाचन जित्न कडा मेहनत गर्नुपर्ने देखिन्छ ।

 

जिल्लाको प्रदेशसभा ‘ख’का उम्मेदवार तथा नेपाली काँग्रेस डडेल्धुराका पार्टी सभापति कर्ण मल्लले निर्वाचन जित्न कुनै समस्या नभएको बताए । “प्रधानमन्त्रीज्यू डडेल्धुराको मात्रै नभएर सुदूरपश्चिमकै अभिभावक हो ।” उनले भने– “यहाँका मतदाता कहिल्यै काँग्रेसको विपक्षमा हुदैनन् ।”

 

पार्टीभित्रको आन्तरिक किचलोका कारण केही स्थानीय तहमा हार ब्यहोरेको उनले स्विकारे । आसन्न निर्वाचनका लागि पार्टी पंक्ति एकढिक्का भएर लागेको मल्लको भनाइ छ ।

 

“म र रघुवर भट्टजी प्रदेशमा लड्दै छौँ ।” मल्लले भने– “जिल्लाभर सबै भ्रातृसंगठन चुनावीसभामा खटिएका छन् ।” उनले सभापति देउवाविरुद्ध गठबन्धनले विभिन्न अपवाह फैलाएको आरोपसमेत लगाए ।


“चार चार पटक प्रधानमन्त्री भएर यो देश हाँकिसकेका व्यक्तिले रोजगारी दिन सकेनन् भन्ने कुरो हुन्छ रु ।” उनले भने– “हेर्दै जानुस् गठबन्धनका उम्मेदवार नै केही दिनमा काँग्रेसमा आबद्ध हुँदैछन ।” उनले डडेल्धुरामा काँग्रेस १० हजारभन्दा बढी मतअन्तरले निर्वाचन जित्ने दाबीसमेत गरे ।

 

कात्तिक ३० गते प्रधानमन्त्री देउवा चुनावीसभालाई सम्बोधन गर्न डडेल्धुरा, बैतडी, दार्चुला, बझाङलगायतका जिल्लामा आउने कार्यक्रम रहेको मल्लले बताए ।


उनको पहिलो सम्बोधन जिल्लामा भएपछि विभिन्न जिल्लाका चुनावीसभामा भाग लिने कार्यक्रम तय भएको पार्टीको जिल्ला सभापति एवं उम्मेदवार मल्लले बताए ।

 

वाम गठबन्धनका नेता स्थानीय तहको जिल्लाको मत परिणामलाई आँकलन गर्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आफ्नो पक्षमा आउने दाबी गरिरहेका छन् ।


सातवटा स्थानीय तह रहेको जिल्लामा चारवटामा काँग्रेस, दुईवटामा एमाले र एउटा तहमा माओवादी केन्द्रले विजयी भएको थियो ।


वाम गठबन्धनका उम्मेदवार भट्टले चार÷चार पटक प्रधानमन्त्री भएका देउवाले जिल्लाको बेरोजगारी समस्या समाधान गर्न नसकेको र आवश्यक मात्रामा विकास निर्माणका कामसमेत नगरेकाले डडेल्धुरावासीले यस पटक उहाँको विकल्प खोज्ने बताए ।

 

सत्ताइस वर्षसम्म सत्ताको शिखरमा रहँदा पनि जिल्लामा उद्योगधन्दा खोल्न नसकेको, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिने प्राविधिक शिक्षालय र अस्पताल ल्याउन नसकेको उनको आरोप छ ।


“वाम गठबन्धनले यस पटक काँग्रेसलाई पराजित गर्छ,” उनले भने । देउवाले २७ वर्षमा गर्न नसकेको विकास आफूले पाँच वर्षमा गर्ने भट्टको दाबी छ ।


त्यसैगरी, वाम गठबन्धनबाट प्रदेशसभा ‘ख’ का उम्मेदवार तथा एमालेका जिल्ला अध्यक्ष डा तारा जोशीले डडेल्धुरामा यस पटक वाम गठबन्धन जित्ने बताए ।


“धेरै मान्छे तटस्थ र स्वतन्त्र छन्” उनले भने–“उनीहरुले गठबन्धनलाई सहयोग गर्छन् ।” गत स्थानीय तहको निर्वाचनमा काँग्रेसभन्दा आठ हजार मत बढी ल्याएकाले निर्वाचन जित्नेमा वाम गठबन्धनका उम्मेदवार डा जोशी ढुक्क छन् ।

 



Your Comment

थप समाचार

प्रदेश नम्बर २ काे सपथ ग्रहण कार्यक्रममा उठेकाे भाषा विवाद यसरी हल गरियाे

  • 9 hours ago
प्रदेश नम्बर २ काे सपथ ग्रहण कार्यक्रममा उठेकाे भाषा विवाद यसरी हल गरियाे

जनकपुर, माघ ७ । प्रदेश नम्बर २ मा आज भएका प्रदेशसभा सदस्यकाे सपथ ग्रहण कार्यक्रममा भाषाकाे कारण केही समय विवादित भयाे ।

चितवनलार्इ ‘आर्थिक राजधानी’ बनाउन हौसिए जिल्लावासी, प्रदेश राजधानी नपाए पनि छैन विस्मात

  • 9 hours ago
चितवनलार्इ ‘आर्थिक राजधानी’ बनाउन हौसिए जिल्लावासी, प्रदेश राजधानी नपाए पनि छैन विस्मात

चितवन, माघ ७ । ‘चितवन आर्थिक गतिविधिको राजधानी हुने कुरामा भने कसैले रोक्न सक्दैन’, गत पुस २१ गते भरतपुरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं चितवन क्षेत्र नं

तिनाउ विकास बैंकको शाखा कार्यालय स्थानान्तरण

  • 10 hours ago
तिनाउ विकास बैंकको शाखा कार्यालय स्थानान्तरण

चितवन, माघ ७ । तिनाउ विकास बैंक, नारायणगढ शाखाले आफ्नो कार्यालय भरतपुर–१, मेनरोडबाट भरतपुर–३, शहीदचोकमा स्थानान्तरण गरेको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

थापाथलीस्थित प्रसूतिगृहकाे क्यान्टिनमा अागलागी

थापाथलीस्थित प्रसूतिगृहकाे क्यान्टिनमा अागलागी

काठमाण्डौ, माघ ७ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आज अपराह्न ग्यास चुहिँदा चमेनागृहमा आगलागी भएको छ ।

जीवनशैली

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।