यसरी मनाइयो लण्डनमा पृथ्वीजयन्ती

  • बुधबार, २७ पुष, २०७३
  • 1 year ago
  • युके
तस्बिर : एभरेष्ट गौतम


लण्डन । २ सय ९५ औं पृथ्वीजयन्ती बुधबार लण्डनमा एक विशेष कार्यक्रम गरी मनाइएको छ । संयुक्त राष्ट्रवादी नेपाली संगठनको आयोजनामा विभिन्न क्षेत्रसम्बद्ध बेलायतस्थित नेपालीहरुको उल्लेख्य सहभागितामा कार्यक्रम सम्पन्न भयोे ।


संगठनका अध्यक्ष भरत क्षेत्रीले सभापतित्व गरेको कार्यक्रमका सहभागीहरुले पृथ्वीनारायणको तस्बिरमा माल्यार्पण गर्दै राष्ट्र निर्माताका रुपमा उनको सम्झना गरे ।


कार्यक्रमका वक्ताहरुले राजनीतिक व्यवस्था परिवर्तन भएपनि राष्ट्रको इतिहास कहिल्यै परिवर्तन हुन नसक्ने भन्दै पृथ्वीनारायण शाहको योगदानलाई बिर्सिन नहुने धारणा राखे ।


प्रमुख अतिथी बुद्धिजिवी डा राघव धितालले पृथ्वीनारायण शाहको सांस्कृतिक तथा राजनीतिक दुरदर्शिताको चर्चा गर्दै देशमा राजनीतिक संक्रमण विद्यमान रहंदा विदेशमा बस्ने नेपालीहरु थप जिम्मेवार बन्नुपर्ने विचार व्यक्त गरे ।

 

लेखक तथा बुद्धिजिबी विकलचन्द्र आचार्यले पृथ्वीनारायण शाहको एकिकरणदेखिका विभिन्न ऐतिहासिक पक्षहरुको चर्चा गर्दै पृथ्वी जयन्ती मनाउनुको सान्दर्भिकताबारे बताए ।

 

कार्यक्रममा एनआरएन युरोपका संयोजक कुल आचार्य, शिबजी श्रेष्ठ, कृष्ण भट्ट, चिरञ्जिबी ढकाल, बाचस्पति रेग्मी, ध्रुव केसी, खगेन्द्र नेपाली र नेपालबाट आएका प्राज्ञ रमेशचन्द्र अधिकारी लगायतले पृथ्वीनारायणको योगदान र पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउनुको महत्वबारे आ आफना विचार राखे । उनीहरुले पृथ्वी जयन्तीको दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनुपर्ने भन्दै यस दिनलाई सार्वजनिक बिदा घोषणा गर्न माग गरे ।

 

सोहि अवसरमा नृपेश उप्रेती, चेतमान केसी, हरिसिंह थापा, कृष्ण भट्ट लगायतले पृथ्वीजयन्तीको सन्दर्भमा रचित कविता सुनाए ।

 

कार्यक्रमको सञ्चालन बेलायतमा पृथ्वी जयन्ती मनाउन पहल थाल्ने युवा बुद्धिजिवी नारायण अधिकारीले गरेका थिए ।

 

गणतन्त्र स्थापनापछि नेपालमा सरकार समेतले मनाउन छोडेको पृथ्वी जयन्ती तथा एकता दिवस संयुक्त राष्ट्रवादी संगठनको आयोजनामा बेलायतमा सन् २०१० देखि नै हरेक वर्ष मनाउंदै आइएको छ ।


पछिल्लो वर्षमा यहांस्थित विभिन्न नेपाली राजनीतिक दलनिकट संगठनका प्रतिनिधी, व्यवसायी, एनआरएन अगुवा समेतको उल्लेख्य उपस्थिति रहदै आएको यो कार्यक्रममा स्वस्फुर्त सहभागी हुन आउनेहरु पनि कैयौं देखिने गरेका छन् ।





    Your Comment

    थप समाचार

    नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा

    • 19 minutes ago
    नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा

    मे १३ तारिख आइतबार लण्डनको एक्टनस्थित एबिआई कलेजमा परिषदको अधिवेसन हुंदैछ । अधिवेसनबाट संस्थाको नयां नेतृत्व चयन गर्न कृष्ण भट्टको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

    महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने

    • 56 minutes ago
    महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने

    कमलनवेल्थ अन्तर्गतका ५३ मुलुकहरुको यो नेटवर्कको प्रमुखमा अहिले बेलायती महारानी एलिजावेथ द्धितिया छन् । महारानी स्वयमले पनि आफ्नो यो जिम्मेवारी आफुपछि युवराज चार्ल्सलाई नै दिने ईच्छा जाहेर गरेको बताइएक

    बेलायत नेपाल प्रज्ञा परिषद अध्यक्षमा डा. अधिकारी निर्वाचित

    • 1 hour ago
    बेलायत नेपाल प्रज्ञा परिषद अध्यक्षमा डा. अधिकारी निर्वाचित

    परिषदको हालै सम्पन्न निर्वाचनबाट आगामी ४ बर्षको लागि डा. अधिकारीको नेतृत्वमा तीन जना मुख्य कार्यकारी पदाधिकारीहरूको निर्विरोध चयन भएको हो । 


    Loading...
    The British College

    भिडियो

    hamropatro

    जीवनशैली

    अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

    अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

    एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।

    विचित्र विश्व

    २७ वर्ष काटेपछि बुढीकन्ये !

    २७ वर्ष काटेपछि बुढीकन्ये !

    एजेन्सी । २७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजमा ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।