पुतलीबजारमा नेपालकै दोस्रो महिला नगर प्रमुखका रुपमा सिमा क्षेत्री विजयी, को हुन् क्षेत्री ?

  • शुक्रबार, ५ जेष्ठ, २०७४
  • 5 months ago
  • नेपाल

स्याङ्जा, जेठ ५ । स्याङ्जाको पुतलीबजार नगरपालिकाको मत परिणम सार्वजनिक भएको छ । करिब ४ दिन लगाएर भएको मतपरिणम अनुसार नेकपा एमालेका तर्फबाट सिमा क्षेत्री मेयरमा निर्वाचित भएकी हुन् । उक्त नगरपालिकाबाट क्षेत्रीले १०२४९ मत प्राप्त गरेकी हुन् ।

 

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार तुलसी राम रेग्मीले ९०२९ मत प्राप्त गरे ।

 

त्यस्तै उपमेयरमा पनि एमालेकै महेश पुरीले जीत हात पारेका छन् । पुरीले नेपाली कांग्रेसका तर्फबाट उपमेयरका उम्मेद्वार हिरादेबी शर्मालाई १९४४ मतले पराजित गरेका हुन् । पुरीले कूल १०३८८ मत प्राप्त गरे ।

 

को हुन् क्षेत्री ?

 

नेपाल शिक्षक संगठनकी पुर्व केन्द्रिय उपाध्यक्ष समेत भइसकेकी सिमा क्षेत्री भर्खरै पुतलीबजार नगरपालिका स्याङ्जाको मेयर पदमा निर्वाचित भएकी छिन् ।

 

यो जीतसँगै उनी नेपालकै दोस्रो महिला नगर प्रमुख बन्न पुगेकी छिन् ।

 

२०३९ सालदेखि विद्यार्थि राजनीतिमा लागेकी सिमा क्षेत्री २०४३ मा एमालेको संगठित सदस्य भएकी थिईन् । निकै सालिन र वौद्धिक नेतृको छवी बनाएकी क्षेत्री २०४३ सालमा राष्ट्रिय पञ्चायतको चुनावमा जनपक्षिय उम्मेद्वार उमेशचन्द्र थापाको चुनावि प्रचारका क्रममा उनलाई वारेन्ट समेत जारी गरिएको थियो । २०६२÷६३ को आन्दोलनमा स्याङ्जामा आन्दोलनको नेतृत्व गर्ने क्रममा प्रहरी गिरफ्तार गरि सोह्र दिन नियन्त्रणमा लिएको थियो ।

 

 

गाउं,इलाका,जिल्ला हुंदै क्षेत्री हाल नेकपा एमाले प्रदेश नम्बर ४ को सदस्य रहेकी छिन् ।

 

अखिल नेपाल महिला संघठनको केन्द्रिय सदस्य समेत रहेकी क्षेत्री सार्क वमेन प्रोजेक्ट कमिटिको सदस्य समेत हुन् ।

 

अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य समेत रहेकी क्षेत्री संघ अन्तर्गतकै पेशागत विभाग प्रमुख पनि हुन् ।

 

राजनीति,शैक्षिक क्षेत्र,र सामाजिक सेवालाई एकसाथ लिएर हिंड्न सक्ने योग्य र इमान्दार नेतृत्व भएका कारण क्षेत्रीले पुतलीबजारको विकास तथा परिवर्तनमा निकै महत्वपूर्ण योगदान दिनसक्ने भएकाले पुतलीबजारका स्थानीयले क्षेत्रीलाई आफ्नो नगर प्रतिनिधिका रुपमा निर्वाचित गरेको स्थानीय वुद्धिजिविहरु बताउँछन् ।

 



Your Comment

थप समाचार

निर्दयी सुनमाया : ७५ वर्षीय भूपू गोर्खा लिम्बुको घांटी अट्ठ्याएर गरिन् हत्या

  • 10 hours ago
निर्दयी सुनमाया : ७५ वर्षीय भूपू गोर्खा लिम्बुको घांटी अट्ठ्याएर गरिन् हत्या

लिम्बूको हत्या गरेको तथा नीजकी श्रीमतिलाई आक्रमण गरी बन्धक बनाएको लगायतका अभियोगमा मुद्धा खेपिरहेकी आरोपी ५० वर्षीया सुनमाया तामांगले भने अदालतसामु आफुमाथि लगाइएको अभिय

के साँच्चै प्रियंकाले पाएकै हुन् त जीवनसाथी ? एकसाथ दुवै यस्तो अवस्थामा भेटिए

  • 11 hours ago
के साँच्चै प्रियंकाले पाएकै हुन् त जीवनसाथी ? एकसाथ दुवै यस्तो अवस्थामा भेटिए

एजेन्सी । बलिउडदेखि हलिउडसम्म आफ्नो खास पहिचान बनाउन सफल अभिनेत्री प्रियंका चोपडा यी दिनहरुमा निकै चर्चामा रहेकी छिन् । 

बलिउड अभिनेता सलमान खानको साथमा ज्याकलिन नेपाल आउँदै

  • 12 hours ago
बलिउड अभिनेता सलमान खानको साथमा ज्याकलिन नेपाल आउँदै

मंसिर २ । बलिउड सुपरस्टार सलमान खान बलिउडमा चर्चित श्रीलंकाली अभिनेत्री ज्याकलिन फर्नान्डिसका साथमा नेपाल आउँदैछन् ।


Loading...

भिडियो

hamropatro

नेपाल

"वाम गठबन्धनको बहुमत पुग्नु भनेको भ्यागुताले धार्नी उचाल्ने जस्तै" - प्रम देउवा

बाजुरा, मंसिर २ । नेपाली काँग्रेसका सभापति एवँ प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले जनताको अधिकारलाई रक्षा गर्न नसक्ने बताएका छन् । 

जीवनशैली

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

एजेन्सी । नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ ।