नाकाबन्दी लगाएका खाडी देशलाई कतारको गतिलो झापड, नेपालले पनि पाठ सिक्ने कि

अलखोर, कतार । छिमेकी देशहरुले नाकावन्दी लगाएको पाँच हप्तापछि कतारले दुध आपूर्तीलाई सहज बनाउन गाईको पहिलो बथान भित्र्याएको छ ।


कतारले दर्जनौ होलिस्टन गाईहरु हंगेरीको बुडापेस्टबाट भित्र्याएको हो र अगस्ट भरीमा चार हजार गाई भित्र्याउने लक्ष्य उसले राखेको छ ।


मंगलबार कतार एयरवेजबाट ल्याइएका ती गाईहरुलाई पत्रकारहरुको अत्याधिक चासोको बिच दोहाबाट ८० किलोमिटर टाढा रहेको गाई फार्ममा लगिएको छ ।


यसमा कतारले गर्व महसुस गरेको छ र अरब संकटको प्रतिरोध गरेको संकेत दिएको छ ।


‘हामीले एकदमै उन्नत जातका १६५ होलिस्टन गाई डेरी उत्पादनको लागि ल्याएका छौं’ बालाद्ना लाइस्टक प्रोडक्सनका सिनियर म्यानेजर जोन डोरले भने ‘यी मध्ये ३५ वटा दुधालु गाई छन् र बाँकी १३० आँउदो दुई तीन महिना भित्र ब्याउने छन् ।’


साउदी अरब, युएई, बहराइन र इजिप्टले कतारसँग आफ्नो सबै सम्बन्धहरु विच्छेद गर्दै एकमात्र स्थलनाका समेत बन्द गरेका छन् र कतारमा कुनै पनि खाद्यान्नहरु आपुर्ती गर्न बन्द गरेका छन् ।


यी खाडी देशहरुले कतारलाई आतंकवादी संस्थाहरुलाई सहयोग र समर्थन गरेको आरोप लगाएका छन्, जसको कतारले खण्डन गर्दै आएको छ ।


कतार संकटभन्दा पहिले कतार दुध र दुग्धजन्य सामग्रीको आयातको लागि मुख्यगरि साउदी अरबसँग भर पर्ने गथ्र्यो ।


यो देशमा रहेका २७ लाख मानिसहरु खाद्यान्नको लागि तीनै खाडी देशहरुमा आश्रित थिए, जसले यो देशको आयातको आधाभन्दा धेरै हिस्सा धानेको थियो ।


तर, राजनीतिक संकट सुरु हुँदै गर्दा कतारले इरान, मोरक्को र टर्की जस्ता देशहरुबाट खाद्यान्न आयात सुरु गरेको थियो ।


संकटपछि कतारले आफ्नो पशुपालनमा पाँच गुणा बढाउने लक्ष्य राखेको छ र खाद्यान्नको लागि अरु देशसँगको निर्भरता घटाउने तयारी गरेको छ ।


डोरले भने ‘ती चौपायाहरु कतारले बिफमा आत्मनिर्भर हुनको लागि गरेको कदममा पहिलो पाइला हो’


कतारले देशमा चौपायाको संख्या अहिलेको ५ हजारबाट बढाएर २५ हजार पुर्याउने लक्ष्य राखेको छ । अहिले बुडापेस्टबाट ल्याइएका गाईहरु दुध र मासुको लागि पालन गरिनेछ ।


‘स्थानीय आपुर्तीले अहिले हाम्रो १० देखि १५ प्रतिशतमात्रै माग धान्छ’ डोरले फार्ममा उपस्थित पत्रकारहरुलाई यस्तो बताइ रहँदा ती गाई उनीहरुलाई राख्न बनाइएको विशेष ठाँउ नजिकै राखिएको घाँस खाँदै फार्ममा सुस्ताइरहेकाथिए ।

 

 स्वस्थ छन् सबै गाईहरु


तीन हजार सात सय किलोमिटर भन्दा धेरै लामो यात्रा र ४१ डिग्री सेल्सियसको कडा गर्मीमा पनि कुनै पनि गाईहरु अस्वस्थ भएका छैनन् । ती गाईहरु नयाँ वातावरणमा चिन्तित थिएनन् र पक्कै पनि उनीहरुको राजनीतिक महत्वको बारेमा पनि उनीहरुलाई थाहा थिएन ।


‘पहिले कतारको लागि धेरैजसो दुध युएईबाट आयात गरिन्थ्यो’ डोरले भने ‘अहिलेको अवस्थामा त्यसको अभाव टर्कीबाट गरिने आयातले धानेको छ जसलाई अहिलेको लागि राम्रो मान्नु पर्छ तर त्यसको गुणस्तर यहिँको उत्पादनसँग दाँज्न सकिँदैन ।’


गाई आयातपछि कतारी अधिकारीहरुले गर्वकासाथ दाबी गरेका छन्, उनीहरुलाई ती देशहरुले सँधै नाकाबन्दी गरेपनि केही फरक पर्दैन । ती गाईहरु कतार एयरवेजको कार्गो प्लेनमा गत मंगलबार ल्याइएको थियो ।


ती आयातित गाईहरु ल्याएको कतारी फर्म पावर इन्टरनेशनलका अध्यक्ष मौताज अल खाएतले मिडियालाई बताए,‘जब सबै चार हजार गाई कतार आइपुग्नेछन् त्यसले देशको ३० प्रतिशतभन्दा धेरै दुग्धजन्य उत्पादनको माग धान्नेछ ।’


उनले भने, ‘सबै गाईहरुलाई कतार ल्याउनको लागि कतार एयरवेजले अझै ६० उडानहरु गर्नेछ ।’

 



Your Comment

थप समाचार

बेलायतको सर्वोच्च अदालतमा पहिलोपटक महिला प्रमुख

  • 9 hours ago
बेलायतको सर्वोच्च अदालतमा पहिलोपटक महिला प्रमुख

लण्डन । बेलायतकै इतिहासमा पहिलोपटक यहांको सर्वोच्च अदालतको प्रमुखमा एक महिला नियुक्त भएकी छिन् । 

एनआरएनए यूकेमा चुनावी सरगर्मी

  • 11 hours ago
एनआरएनए यूकेमा चुनावी सरगर्मी

अहिलेसम्म अध्यक्षको दौडमा हिराधन राई, योगकुमार फगामी र कृष्ण तिमल्सेना नै मुख्य प्रतिस्पर्धी देखिएका छन् ।

प्रेम गरेकाे भन्दै युवतीलाई निर्घात कुटपिट गर्ने पाँचजना विरद्ध मुद्दा दायर

  • 12 hours ago
प्रेम गरेकाे भन्दै युवतीलाई निर्घात कुटपिट गर्ने पाँचजना विरद्ध मुद्दा दायर

बुटवल, साउन ६। रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा अन्तरजातीय प्रेम गरेको भन्दै युवतीमाथि निर्घात कुटपीट गर्ने पाँच जनाविरुद्ध रुपन्देही प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको छ ।



भिडियो

hamropatro

नेपाल

प्रेम गरेकाे भन्दै युवतीलाई निर्घात कुटपिट गर्ने पाँचजना विरद्ध मुद्दा दायर

बुटवल, साउन ६। रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा अन्तरजातीय प्रेम गरेको भन्दै युवतीमाथि निर्घात कुटपीट गर्ने पाँच जनाविरुद्ध रुपन्देही प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको छ ।

जीवनशैली

खाली पेटमा गाँजरको जुस पिएमा मिल्छ यस्ता फाइदा

खाली पेटमा गाँजरको जुस पिएमा मिल्छ यस्ता फाइदा

हाम्रो ठिक तरिकाले खानपिन गर्ने बानीले स्वास्थको लागि धेरै अर्थ राख्छ । आजकालको कुरा गर्ने हो भने बेकारको जीवनशैली र खानपानको कारणले धेरै मानिसहरुले विभिन्न खालका मानसिक र शारीरिक समस्याहरुको सामना गरिरहनु परेको छ ।