पूर्व राष्ट्रपति यादवले भने, 'अहिले मधेसको नेता पहाड जाँदैन, पहाडको नेता मधेस जान सक्दैन'

  • आइतबार, १६ फागुन, २०७२
  • 1 year ago
  • नेपाल

काठमाडौँ-पूर्वराष्ट्रपति डा रामवरण यादवले प्रमुख दलका नेता–कार्यकर्ताले हिमाल, पहाड र तराई–मधेसको भ्रमण गरेमा संविधान निर्माणपछिको जटिलता अन्त्य हुन सघाउ पुग्ने बताएका छन् । उनले हिमाल, पहाड र तरार्इका गाउँ घुमेर राष्ट्रिय एकता मजबुत बनाउन अाग्रह गरे ।


नेपाल अध्ययन केन्द्रले सञ्चालन गरेको अनलाइन न्युज पोर्टल ‘रिडर्स नेपाल’ आइतबार राजधानीमा सार्वजनिक गर्दै उनले बिपी कोइराला, मनमोहन अधिकारी आदि पहिलेका नेता हिमाल, पहाड र तराईका गाउँ गाउँमा घुमेर राष्ट्रिय एकता मजबुत पार्ने गरेको दृष्टान्त दिँदै अहिलेका नेताले त्यसो नगरेको गुनासो गरे ।

उनले भने, “पहिलेका नेता तराई–पहाड सबै पैदलै घुम्नुहुन्थ्यो, तर अहिले मधेसको नेता पहाड जाँदैन, पहाडको नेता मधेस जान सक्दैन ।”


राष्ट्रपति डा यादवले धेरैतिरको असन्तुष्टि सम्बोधन गर्दै जसरी भए पनि संविधान निर्माण गर्नुपरेको बाध्यता बताउँदै आवश्यकताअनुसार यसलाई सुधार्दै लागू गर्नुपर्नेमा जोड दिए ।


अनलाइन पत्रिकाका सल्लाहकार तथा नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले देशको सार्वजनिक नीतिबारे निरन्तर छलफल चलाउने माध्यम ‘नेपाल रिडर्स’ हुने बताए । केन्द्रका अध्यक्ष एवम् सम्पादक कोमल भट्टराईले संसारका हरेक कुनाका नेपालीलाई एकै ठाउँमा जोड्दै आर्थिक विकासको बहस चलाउने उद्देश्यले अनलाइन खोलिएको जानकारी दिए । रासस



    Your Comment

    Related Post

    यस्तो देखियो चन्द्रागिरी, हेर्नुहोस १४ फोटोमा

    • 3 months ago
    यस्तो देखियो चन्द्रागिरी, हेर्नुहोस १४ फोटोमा

    काठमाडौं नजिकै रहेर पनि धेरै लामो समयसम्म ओझेलमा परेको चन्द्रागिरी पहाडको टुप्पोमा पुग्ने गरि चन्द्रागिरी हिल्स प्रालि ले केबलकार सञ्चालनमा ल्याएपछि भने पर्यटकहरुको आवागमन धेरै बढेको छ ।चन

    ओलीको सरकारले मधेसको समस्या समाधान गर्न सक्दैन : गगन थापा

    • 1 year ago
    ओलीको सरकारले मधेसको समस्या समाधान गर्न सक्दैन : गगन थापा

    महोत्तरी, पुस २३/संविधान कार्यान्वयन गर्न मधेसको मागलाई सरकारले सम्मानपूर्वक संविधान संशोधन गरेर पूरा गर्नुपर्ने नेपाली कांग्रेसका युवा नेता गगन थापाले बताएका छन् । कार्यकर्ता भेटघाटका लागि बुधबार महो

    नारायणगढ– मुग्लिन सडक चौडा गर्न नयाँ प्रविधिको खोजी

    • 3 months ago
    नारायणगढ– मुग्लिन सडक चौडा गर्न नयाँ प्रविधिको खोजी

    चितवन, १९ माघ । नारायणगढ– मुग्लिन सडक खण्डअन्तर्गत मुग्लिन नजिकको सडक चौडा गर्न चट्टानको पहाड काट्ने काम कठिन भएपछि अहिले वैकल्पिक उपायको खोजी सुरु भएको छ ।


    भिडियो


    Loading...
    hamropatro


    नेपाल

    “ओबोर कार्यान्वयन भएको हेर्न नेपाली आतुर छन्”

    “ओबोर कार्यान्वयन भएको हेर्न नेपाली आतुर छन्”

    काठमाडौँ, जेठ ११ । अधिक मात्रामा वस्तु आयात र श्रमिक मात्र निर्यातले कमजोर बनेको नेपालको अर्थतन्त्रमा टेवा पु¥याउने ठानिएको ‘एकक्षेत्र एकमार्ग’ अवधारणा शीघ्र कार्यान्वयन भएको नेपाली जनताले हेर्न चाहेका छन् ।

    जीवनशैली

    विवाह गर्दा र घर बनाउँदा चाणक्यका यी कुराहरु सदैव ख्याल राख्नुहोस्

    विवाह गर्दा र घर बनाउँदा चाणक्यका यी कुराहरु सदैव ख्याल राख्नुहोस्

    एजेन्सी–धेरै युवायुवती विवाहको समयमा सुन्दरतालाई बढी महत्व दिने गर्छन् । यो गलत हो । चाणक्यका अनुसार धेरै सुन्दर केटीहरु विवाहका लागि योग्य हुदैनन् । समझदार व्यक्ति उच्च कुल अर्थात् संस्कारी परिवारमा जन्मिएकी युवतीसँग विवाह गर्छन् ।

    विचित्र विश्व

    पढ्ने खर्च नपुगेपछि भर्जिनिटी लिलाममा !

    पढ्ने खर्च नपुगेपछि भर्जिनिटी लिलाममा !

    एजेन्सी–राम्रो शिक्षा लिन आजकल जोकोही चाहान्छ । तर, पैसाको अभावमा मानिसले राम्रो शिक्षा लिनबाट बञ्चित हुने गरेको छ । राम्रो शिक्षा पाउनका लागि धेरै समस्याहरुको सामना गर्न पनि केही मानिसहरु पछि पर्दैनन् ।