यसरी दश पुरुषसँग एक्लै भीड्दै छिन् रामेश्वरी

रौतहट, भदौ २८ । असोज दुईको स्थानीय तहको निर्वाचनमा गुजरा नगरपालिकाको नगर प्रमुख एमालेकी रामेश्वरी चौधरी दश पुरुष उम्मेदवारसँग भिड्नु भएको छ । एक थारु समुदाय कि महिला चौधरीलाई नेकपा एमालेले उम्मेदवार वनाएको हो । नगर प्रमुखको उमेदवार बनेकी रामेश्वरी चौधरीले अन्य दश पुरुष नगर प्रमुखका उमेदवारलार्इ निर्वाचनमा हराएर नगर प्रमुख पदमा निर्वाचित हुने ठोकुवा समेत गरेकी छन् ।

 

रौतहटमा ५ जना महिलाहरुले नगर प्रमुखमा उमेदवारी दिएका छन् । तर, यहाँ भने चौधरीले झण्डै एक दर्जन पुरुष संग भिड्नु पर्छ । नगरवासीकै आग्रहमा चुनावमा उम्मेदवार वनेका कारण पनि सवैले आफूलाई सहयोग गर्नेमा चौधरी ढुक्क छिन् । महिलाहरु वुर्का र घरमा मात्र सिमित हुने ठाउँमा महिलाले पनि नगरपालिका सञ्चालन गर्न सक्छ भन्ने उदाहरण पेश गर्नुपर्ने चुनौती रहेको चौधरीले वताइन् ।

 

नगरपालिकाकोमा धेरै समस्याहरु भएका र यसको भौतिक विकासका लागि नै आफू उम्मेदवार वनेको उनले वताइन् । नगरपालिकामा हुने न्यूनतम मापदण्ड पुरा गर्ने पहिलो लक्ष्य लिएकी चौधरीले नेकपाएमालेको नीति र सिद्धान्तका कारण पनि विकासका काम गर्न सजिलो हुने प्रतिकृया दिइन् ।

 

नगरबासीले पाउने पर्ने सम्पूर्ण सेवा सुबिधा ब्यबस्था गर्नुलाई प्रमुख लक्ष्य लिएकी चौधरीले आफ्नो विजयमा ईतिहास निर्माण हुने दाबी गरिन् । यो गाउँ नै गाउँको नगरपालिका भएको हुँदा किसानहरुको आर्थिकस्तर उकास्न लाग्नु पर्ने उनले योजना छ ।

 

गुजरा नगरपालिकामा अधिकांश थारु समुदायको बसोबास भएको र यहाँका थारु समुदाय धेरै पछि पारिएको कारण तिनीहरुको उत्थानमा आफ्नो विजय आवश्यक भएको चौधरीको भनाई छ ।



Your Comment

थप समाचार

युरोपेली संघ सम्झौताका लागि तयार हुन आवश्यक : बेलायत

  • 2 hours ago
युरोपेली संघ सम्झौताका लागि तयार हुन आवश्यक : बेलायत

लण्डन । बेलायतका ब्रेक्जिट मामिलाका मन्त्री (ब्रेक्जिट सेक्रेटरी) डेभिड डेभिसले ब्रेक्जिटको प्रक्रियामा आवश्यक सम्झौता गर्न युरोपेली संघ तयार हुनुपर्ने बताएका छन् ।

सगुनमा लगानीको अवसर नोभेम्बर ३० सम्म मात्रै

  • 3 hours ago
सगुनमा लगानीको अवसर नोभेम्बर ३० सम्म मात्रै

गत अगस्ट १८ मा सुरु गरिएको दोस्रो फेजको लगानीको अवसर यहि नोभेम्बर ३० तारिखमा बन्द गर्न लागिएको सगुनले जनाएको छ ।

"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

  • 5 hours ago
"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

काठमाडौँ, मंसिर १ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको उलंघन गरिरहेको आरोप लगाएका छन् । 


Loading...

भिडियो

hamropatro

नेपाल

"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

काठमाडौँ, मंसिर १ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको उलंघन गरिरहेको आरोप लगाएका छन् । 

जीवनशैली

ह्याण्डसम देखिन चाहानुहुन्छ ? जान्नुहाेस् यी ५ उपाय

ह्याण्डसम देखिन चाहानुहुन्छ ? जान्नुहाेस् यी ५ उपाय

जोकोही पुरष ह्याण्डसम लुकमा हिड्न चाहान्छन् । तर, पुरुषहरुको छाला महिलाको तुलनामा रफ हुन्छ । यसकारण उनीहरुलाई आफ्नो छालाको हेरचाह गर्नु आवश्यक पर्छ ।