लगातार पाँचौँ दिन शेयर बजार घट्यो
काठमाडौँ । लगातार पाँचौँ दिन आज सोमवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव ७५ अङ्कले घटेर दुई हजार ६० दशमलव १५ विन्दुमा झरेको हो ।
आज बैंकिङ, विकास बैंक, उत्पादन र व्यापार समूहको शेयर सामान्य बढेकोमा अरू समूहको शेयर सामान्य घटेको छ । सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीको शेयर आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज सीईडीबी हाइड्रोपावर विकास कम्पनी, चिरख्वा हाइड्रो, नेपाल वेयरिङ हाउस, हाथवे इन्भेस्टमेन्ट कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
आज एक करोड १८ लाख कित्ता शेयर चार अर्ब ४८ करोड ३९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्ट र सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २० करोड रुपैयाँभन्दा धेरैको शेयर खरिद÷बिक्री भएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ
काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।
काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १
काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय
काठमाडौँ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको
काठमाडौँ । आज सोमवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कले